खेलकुद
राष्ट्रिय महिला तथा पुरुष युथ र जुनियर खुल्ला बक्सिङ प्रतियोगिताको सेमीफाइनलका खेलहरु सम्पन्न
काठमाडौंः अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोस्थित बक्सिङ हलमा शुक्रबारबाट जारी राष्ट्रिय महिला तथा पुरुष युथ तथा जुनियर बक्सिङ प्रतियोगिताअन्तर्गत सेमीफाइनल बाउटहरु सम्पन्न भएका छन् ।
पुरुष क्वार्टर फाईनल खेलहरुमा ५४ किलो तौल समूहमा दमकका दिपेश विश्वकर्मालाई एचटुओका आशीस बेगाले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समूहमा भाटभटेनी हेल्थ क्लबका लेन्डुप लामालाई बक्समाण्डुका प्रबल उप्रेतीले ५ः० अंकको आधारमा जीत हासिल गरे । ५७ किलो तौल समूहमा मकवानपुरका ओम लामालाई अल्फाका रेमन पुनले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समूहमा एक्स बक्सिङका हुमबहादुर अधिकारीलाई दमकका योयल राईले ३ः२ अंकको आधारमा जीत हासिल गरे ।
त्यसैगरी ६० किलो तौल समूहमा भाईबका युनिक तामाङलाई बक्समाण्डुका आशुष थापाले वाक ओभरको आधारमा जीत हासिल गरे । सोही तौल समूहमा मकवानपुरका अभिषेक रानामगरलाई स्वीटसाईन्सका युगल रोकामगरले ४ः१ अंकको आधारमा जीत हासिल गरे भने सोही तौल समूहमा टोटल फिजिकल फिटनेशका सुजिन पलान्चोकीलाई भाटभटेनी हेल्थ क्लबका निमा शेर्पाले ४ः१ अंकको आधारमा जीत हासिल गरे ।
जुनियर पुरुषतर्फ ४६ के.जी. तौल समूहमा अल्फाका लालबहादुर घर्तीलाई ३ ः ० अंकको आधारमा नक्सालका सक्षम लामाले जीत हासिल गरे । सोही तौल समूहमा एच टु ओका खेलाडी शुभ लामालाई ५ः० अंकको आधारमा बाँकेका चन्दन शाहीले जीत हासिल गरे । ४८ के.जी. तौल समूहमा ललितपुरका अर्ज सिलवाललाई ५ः० अंकको आधारमा रोल्पाका रजिन पुन मगरले जीत हासिल गरे । ५० केजी तौल समूहमा च्याम्पियन बक्सिङ क्लबका खेलाडी मोहन केसीलाई आरएसीको आधारमा रोल्पाका खेलाडी विप्लव घर्तीले जीत हासिल गरे । ५२ के.जी. तौल समूहमा झापाका रोशन विश्वकर्मालाई ५ः० को अंकको आधारमा अल्फा, दाङका विजय घर्तिमगरले जीत हासिल गरे । सोही तौल समुहमा च्याम्पियन, दाङका करुण बुढामगरलाई ५ः० अंकको आधारमा फाईट प्रमोशन काठमाडौका मोहित विष्टले जीत हासिल गरे ।
५७ किलो तौल समूहमा एक्स बक्सिङ्ग क्लबका कास्कीका शाहील लिम्बूलाई ५ः० अंकको आधारमा स्वीट साईन्स बक्सिङ्ग काठमाडौका रोशीकी शाही खड्गीले जीत हासिल गरे । सोही तौल समूहमा भाईब बक्सिङ क्लब नुवाकोटका आशिष रिजाललाई नकआउटका आधारमा झापाका खेलाडी निक्मा तामाङले जीत हासिल गरे ।
६० किलो तौल समूहमा अल्फा दाङ्गका समिर खवासलाई ५ः० अंकको आधारमा एक्स बक्सिङ्ग कास्कीका समुन्द्र थापाले जीत हासिल गरे । सोही तौल समुहमा बक्समाण्डु, काठमाडौका खेलाडी देव थिङ्ग तामाङ्गलाई ५ः० अंकको आधारमा दाङ्गका नयन सिंह भण्डारीले जीत हासिल गरे । ७० किलो तौल समूहमा फाईट प्रो काठमाण्डौका उर्गेन शेर्पालाई स्वीट साईन्सका नोर्वु शेर्पाले आरएससीको आधारमा पराजित गरे । ८० प्लस किलो तौल समूहमा दमकका ग्याल्बो आङ्गदाम्बेलाई आर्यन फिटनेश क्लब, भक्तपुरका श्रीयान्स सिवाकोटीले आरएससीको आधारमा जीत हासिल गरे ।
जुनियर महिलातर्फ ५० किलो तौल समूहमा उदयपुरका मुस्कान तुलाधरलाई झापाका प्रतिमा राईले स्पिलट डिसिजनको आधारमा जीत हासिल गरिन् । त्यसैगरी युथ केटागोरीमा महिला ५० किलो तौल समूहमा नक्सालका दिव्या लिम्बूलाई मकवानपुरका रोशनी घलानले अंकको आधारमा जीत हासिल गरिन् । सोही तौल समूहमा स्वीट साईन्सका शितास्मा खडकालाई एचटुओका बृषा श्रेष्ठले आरएससीको आधारमा जीत हासिल गरिन् । युथ तर्फकै ५४ किलो तौल समूहमा अल्फाका पुष्पाकुमारी थापालाई झापाका स्मारिका राईले ५ः० अंकको आधारमा जीत हासिल गरिन् । ६० किलो तौल समूहमा उदयपुरका चन्दन राईलाई एक्स बक्सिंगका निकिशा गुरुङ्गले आर एससीको आधारमा जीत हासिल गरिन् । सोही तौल समूहमा आर्यनका अन्शु केसीलाई भूमी, चितवनका बबिता गोदार क्षेत्रीले ५ः० अंकको आधारमा जीत हासिल गरिन् ।
त्यसैगरी युथ पुरुषतर्फका सेमीफाइनल खेलहरुमा ४८ किलो तौल समूहमा नक्सालका मानव लामालाई एचटुओका अप्रिल रानाले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समूहमा आर्यनका दार्विन कोइरालालाई अल्फाका गिर्वान केसीले ५० अंकको आधारमा जीत हासिल गरे ।
५१ किलो तौल समूहमा बक्समाण्डुका विक्की अर्याललाई भक्तपुरका विकल व्वयोधाले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समूहका झापाका प्रज्ज्वल खड्कालाई बाँकेका शुभम्जंग शाहले आरएससीका आधारमा जीत हासिल गरे ।
५७ किलो तौल समूहमा एच टु ओका छेवाङ तामाङलाई बक्समाण्डुका छिरिङ वाङ्गदी शेर्पाले जीत हासिल गरे ।
नेपाल बक्सिङ महासंघका महासचिव तथा प्रतियोगिता संयोजक मानबहादुर भण्डारीका अनुसार देशैभरिबाट युथ महिलातर्फ १६ जना, पुरुषतर्फ ५२ जना र जुनियर महिलातर्फ ७ जना, पुरुषतर्फ ४३ जना गरी जम्मा १ सय १८ जना खेलाडीहरु सहभागी छन् ।
प्रतियोगिताको संयोजक तथा महासचिव भण्डारीका अनुसार प्रतियोगितामा प्रथम हुन सफल उत्कृष्ट खेलाडीहरु मध्येबाट उत्कृष्टताको आधारमा काजकिस्तानको राजधानी आस्ताना शहरमा आयोजना हुने एएसबिसि एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिप २०२३ अक्टोबर २१ देखि नोभेम्बर ०४ मा सहभागीता जनाउनेछ ।
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, उपाध्यक्षहरु सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र शोभाजंग केसी, महासचिव मानबहादुर भण्डारी, सचिव तथा आईटिओ पुष्करराज पन्त, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु सुमन कुमार के।सी।,मिलनध्वज राना, दुर्गा गहतराज, नवीन तण्डुकार, निवर्तमान बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, आईबिए थ्री स्टार कोच किरण थापा लगायत खेलाडीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login