Connect with us
Advertisement

राष्ट्रिय महिला तथा पुरुष युथ र जुनियर खुल्ला बक्सिङ प्रतियोगिताको सेमीफाइनलका खेलहरु सम्पन्न

Published

on

काठमाडौंः अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोस्थित बक्सिङ हलमा शुक्रबारबाट जारी राष्ट्रिय महिला तथा पुरुष युथ तथा जुनियर बक्सिङ प्रतियोगिताअन्तर्गत सेमीफाइनल बाउटहरु सम्पन्न भएका छन् ।

पुरुष क्वार्टर फाईनल खेलहरुमा ५४ किलो तौल समूहमा दमकका दिपेश विश्वकर्मालाई एचटुओका आशीस बेगाले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समूहमा भाटभटेनी हेल्थ क्लबका लेन्डुप लामालाई बक्समाण्डुका प्रबल उप्रेतीले ५ः० अंकको आधारमा जीत हासिल गरे । ५७ किलो तौल समूहमा मकवानपुरका ओम लामालाई अल्फाका रेमन पुनले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समूहमा एक्स बक्सिङका हुमबहादुर अधिकारीलाई दमकका योयल राईले ३ः२ अंकको आधारमा जीत हासिल गरे ।

त्यसैगरी ६० किलो तौल समूहमा भाईबका युनिक तामाङलाई बक्समाण्डुका आशुष थापाले वाक ओभरको आधारमा जीत हासिल गरे । सोही तौल समूहमा मकवानपुरका अभिषेक रानामगरलाई स्वीटसाईन्सका युगल रोकामगरले ४ः१ अंकको आधारमा जीत हासिल गरे भने सोही तौल समूहमा टोटल फिजिकल फिटनेशका सुजिन पलान्चोकीलाई भाटभटेनी हेल्थ क्लबका निमा शेर्पाले ४ः१ अंकको आधारमा जीत हासिल गरे ।

जुनियर पुरुषतर्फ ४६ के.जी. तौल समूहमा अल्फाका लालबहादुर घर्तीलाई ३ ः ० अंकको आधारमा नक्सालका सक्षम लामाले जीत हासिल गरे । सोही तौल समूहमा एच टु ओका खेलाडी शुभ लामालाई ५ः० अंकको आधारमा बाँकेका चन्दन शाहीले जीत हासिल गरे । ४८ के.जी. तौल समूहमा ललितपुरका अर्ज सिलवाललाई ५ः० अंकको आधारमा रोल्पाका रजिन पुन मगरले जीत हासिल गरे । ५० केजी तौल समूहमा च्याम्पियन बक्सिङ क्लबका खेलाडी मोहन केसीलाई आरएसीको आधारमा रोल्पाका खेलाडी विप्लव घर्तीले जीत हासिल गरे । ५२ के.जी. तौल समूहमा झापाका रोशन विश्वकर्मालाई ५ः० को अंकको आधारमा अल्फा, दाङका विजय घर्तिमगरले जीत हासिल गरे । सोही तौल समुहमा च्याम्पियन, दाङका करुण बुढामगरलाई ५ः० अंकको आधारमा फाईट प्रमोशन काठमाडौका मोहित विष्टले जीत हासिल गरे ।

५७ किलो तौल समूहमा एक्स बक्सिङ्ग क्लबका कास्कीका शाहील लिम्बूलाई ५ः० अंकको आधारमा स्वीट साईन्स बक्सिङ्ग काठमाडौका रोशीकी शाही खड्गीले जीत हासिल गरे । सोही तौल समूहमा भाईब बक्सिङ क्लब नुवाकोटका आशिष रिजाललाई नकआउटका आधारमा झापाका खेलाडी निक्मा तामाङले जीत हासिल गरे ।

६० किलो तौल समूहमा अल्फा दाङ्गका समिर खवासलाई ५ः० अंकको आधारमा एक्स बक्सिङ्ग कास्कीका समुन्द्र थापाले जीत हासिल गरे । सोही तौल समुहमा बक्समाण्डु, काठमाडौका खेलाडी देव थिङ्ग तामाङ्गलाई ५ः० अंकको आधारमा दाङ्गका नयन सिंह भण्डारीले जीत हासिल गरे । ७० किलो तौल समूहमा फाईट प्रो काठमाण्डौका उर्गेन शेर्पालाई स्वीट साईन्सका नोर्वु शेर्पाले आरएससीको आधारमा पराजित गरे । ८० प्लस किलो तौल समूहमा दमकका ग्याल्बो आङ्गदाम्बेलाई आर्यन फिटनेश क्लब, भक्तपुरका श्रीयान्स सिवाकोटीले आरएससीको आधारमा जीत हासिल गरे ।

जुनियर महिलातर्फ ५० किलो तौल समूहमा उदयपुरका मुस्कान तुलाधरलाई झापाका प्रतिमा राईले स्पिलट डिसिजनको आधारमा जीत हासिल गरिन् । त्यसैगरी युथ केटागोरीमा महिला ५० किलो तौल समूहमा नक्सालका दिव्या लिम्बूलाई मकवानपुरका रोशनी घलानले अंकको आधारमा जीत हासिल गरिन् । सोही तौल समूहमा स्वीट साईन्सका शितास्मा खडकालाई एचटुओका बृषा श्रेष्ठले आरएससीको आधारमा जीत हासिल गरिन् । युथ तर्फकै ५४ किलो तौल समूहमा अल्फाका पुष्पाकुमारी थापालाई झापाका स्मारिका राईले ५ः० अंकको आधारमा जीत हासिल गरिन् । ६० किलो तौल समूहमा उदयपुरका चन्दन राईलाई एक्स बक्सिंगका निकिशा गुरुङ्गले आर एससीको आधारमा जीत हासिल गरिन् । सोही तौल समूहमा आर्यनका अन्शु केसीलाई भूमी, चितवनका बबिता गोदार क्षेत्रीले ५ः० अंकको आधारमा जीत हासिल गरिन् ।

त्यसैगरी युथ पुरुषतर्फका सेमीफाइनल खेलहरुमा ४८ किलो तौल समूहमा नक्सालका मानव लामालाई एचटुओका अप्रिल रानाले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समूहमा आर्यनका दार्विन कोइरालालाई अल्फाका गिर्वान केसीले ५० अंकको आधारमा जीत हासिल गरे ।

५१ किलो तौल समूहमा बक्समाण्डुका विक्की अर्याललाई भक्तपुरका विकल व्वयोधाले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समूहका झापाका प्रज्ज्वल खड्कालाई बाँकेका शुभम्जंग शाहले आरएससीका आधारमा जीत हासिल गरे ।

५७ किलो तौल समूहमा एच टु ओका छेवाङ तामाङलाई बक्समाण्डुका छिरिङ वाङ्गदी शेर्पाले जीत हासिल गरे ।

नेपाल बक्सिङ महासंघका महासचिव तथा प्रतियोगिता संयोजक मानबहादुर भण्डारीका अनुसार देशैभरिबाट युथ महिलातर्फ १६ जना, पुरुषतर्फ ५२ जना र जुनियर महिलातर्फ ७ जना, पुरुषतर्फ ४३ जना गरी जम्मा १ सय १८ जना खेलाडीहरु सहभागी छन् ।

प्रतियोगिताको संयोजक तथा महासचिव भण्डारीका अनुसार प्रतियोगितामा प्रथम हुन सफल उत्कृष्ट खेलाडीहरु मध्येबाट उत्कृष्टताको आधारमा काजकिस्तानको राजधानी आस्ताना शहरमा आयोजना हुने एएसबिसि एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिप २०२३ अक्टोबर २१ देखि नोभेम्बर ०४ मा सहभागीता जनाउनेछ ।

नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, उपाध्यक्षहरु सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र शोभाजंग केसी, महासचिव मानबहादुर भण्डारी, सचिव तथा आईटिओ पुष्करराज पन्त, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु सुमन कुमार के।सी।,मिलनध्वज राना, दुर्गा गहतराज, नवीन तण्डुकार, निवर्तमान बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, आईबिए थ्री स्टार कोच किरण थापा लगायत खेलाडीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक