धर्म / संस्कृति
लालीगुराँस भजनकीर्तन समूहले नाटक र साङ्गीतिक कार्यक्रमका साथ मनायो तीज
विराटचोकः लालीगुराँस भजनकीर्तन समूह सुन्दरहरैंचाले तीजको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा तीज नाटक प्रस्तुत गरेर तीज विशेष कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
पञ्चायत माविको प्राङ्गणमा भएको कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ११, ७ र ८ का विभिन्न टोल विकास संस्था, आमा समूह, भजन समूहले एकल र सामुहिक रुपमा विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कलाकार तुलसा आचार्य, राजु पोखरेललगायतले अभिनय गरेको तीज विशेष प्रहसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो ।
तुलसा आचार्यले लेखेको र कैलाश पोखरेलले निर्देशन गरेको नाटकमा आमाको भूमिकामा देवीकुमारी भट्टराई रहेकी थिइन् । छोराबुहारीको भूमिकामा राजु पोखरेल र तुलसा आचार्य रहेका थिए । छोरीहरुको भूमिकामा सुनिका कटुवाल र भगवती नेपाल रहेका थिए ।
सुरक्षाकर्मीको भूमिकामा पोष्टकुमार श्रेष्ठ, अर्पण तिम्सिना र मिलन लुइँटेल रहेका थिए । गायकमा अम्बिका श्रेष्ठ, सरिता भट्टराई र अञ्जना कोइराला रहेका थिए । हारमोनियम वादनमा पोष्टकुमार श्रेष्ठ र मादल वादनमा अर्पण तिम्सिना रहेका थिए ।
वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ११ र ७ का वर्तमान तथा पूर्व जनप्रतिनिधि, विभिन्न टोल विकास र सामाजिक संस्थाका प्रतिनिधि, सहकारीकर्मी, शिक्षक, विद्यार्थीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सह आयोजकको रुपमा कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, कादम्बिनी कृषि सहकारी संस्था, सहायता सामाजिक संस्था रहेका थिए ।
कार्यक्रममा सहायता सामाजिक संस्थाकी सचिव लक्ष्मी केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । आयोजक संस्थाकी सचिव तुलसा आचार्यले सञ्चालन गरेको कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष पोष्टकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login