खेलकुद
वर्ल्ड ओलम्पियन्स फोरममा स्कुल टु ओलम्पिकको प्रशंसा

काठमाडौंः नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सञ्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले उच्च प्रशंसा गरेका छन् ।
टर्कीको इस्तानबुलमा गत शनिबार र आइतबार भएको दुई दिने वर्ल्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले बताएका छन् । फोरममा अन्य देशका सहभागीले पनि आ–आफ्नो गतिविधिका बारेमा जानकारी गराएका थिए ।
देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको जनाउँदै विष्टले भने, ‘हामीले नेपाल ओलिम्पक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्दै स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गरिरहेको छौं, त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौं ।’
फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहेको विष्टले बताए । सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको विष्टले जनाए । वल्र्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउले आफूहरुले संघको उच्च मूल्याङ्कन गरेको बताएका थिए । अध्यक्ष बोउजोउलाई विष्टले नेपाल आउन नियन्त्रणासहित मायाको चिनोको रुपमा संघको तर्फबाट मयुर अंकित काठको आँखीझ्याल हस्तान्तरण गरेको बताए ।
वर्ल्ड ओलम्पियन संघका अध्यक्षले समय मिलाएर नेपाल आउने वाचा गरेको बिष्टले जानकारी दिए ।
Facebook Comment
Banner
शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला नफर्किने चेतावनी उनीहरूको छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।
पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।
तस्वीरहरू :
Banner
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login