शिक्षा / स्वास्थ्य
लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्ट पेशा बदनाम भएकोमा चिन्ता
विराटनगरः लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्ट पेशा नै बदनाम भएको मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाइड हेल्थ साइन्स स्कुलअन्तर्गत स्नातक तहमा बीफार्मेसी अध्ययन गरिरहेका विद्यार्थी र शिक्षकहरुले बताएका छन् ।
लाइसेन्स दक्ष फर्मासिस्टहरु गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकाले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुने शिक्षक र अध्यनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकाले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्ने उनीहरुले बताएका छन् । फर्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाहीविजय रिजालले दक्षता र ज्ञान नभएकाहरुले गर्दा फर्मेसी पेशा बदनाम भइरहेकाले अनुगनमन गरी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनु भनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई बिरामीको ज्यान लिनुसरह भएको बताए ।
रजिष्ट्रार डा दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्याबलाई आफैले औषधी परीक्षण गर्न सक्ने मेघा ल्याबमा स्तरोन्नति गर्न लागेको बताए । उनले देशमा दक्ष फर्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले बीफार्मेसीको पठनपाठन शुरु गरेको र चाँडै ब्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी विषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए ।
मनमोहनमा अध्ययन गरिरहेका बीफार्मेसीका विद्यार्थीहरु दक्ष फर्मासिस्ट बनेर सेवा दिन सक्षम हुने रजिष्ट्रार फुँयालले विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरुबिना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने भएकाले फार्मेसी पेशाको विकृति नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । निमित्त परीक्षा नियन्त्रक भीम काफ्लेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै समयमै परीक्षाफल प्रकाशित गर्न आफूहरु निरन्तर लागिपरिरहने बताए ।
हरेक वर्षको २५ सेप्टेम्बरका दिनलाई विश्व फर्मासिस्ट दिवसका रुपमा मनाउने गरिन्छ । मनमोहनमा बीफार्मेसीमा अध्ययनरत विद्यार्थीहरुले कविता र वक्तृत्वकला प्रस्तुत गरेर सोमबार २५ औ विश्व फर्मासिस्ट दिवस मनाएका थिए ।

Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login