Connect with us
Advertisement

लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्ट पेशा बदनाम भएकोमा चिन्ता

Published

on

विराटनगरः लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्ट पेशा नै बदनाम भएको मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाइड हेल्थ साइन्स स्कुलअन्तर्गत स्नातक तहमा बीफार्मेसी अध्ययन गरिरहेका विद्यार्थी र शिक्षकहरुले बताएका छन् ।

लाइसेन्स दक्ष फर्मासिस्टहरु गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकाले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुने शिक्षक र अध्यनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकाले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्ने उनीहरुले बताएका छन् । फर्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाहीविजय रिजालले दक्षता र ज्ञान नभएकाहरुले गर्दा फर्मेसी पेशा बदनाम भइरहेकाले अनुगनमन गरी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनु भनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई बिरामीको ज्यान लिनुसरह भएको बताए ।

रजिष्ट्रार डा दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्याबलाई आफैले औषधी परीक्षण गर्न सक्ने मेघा ल्याबमा स्तरोन्नति गर्न लागेको बताए । उनले देशमा दक्ष फर्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले बीफार्मेसीको पठनपाठन शुरु गरेको र चाँडै ब्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी विषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए ।

मनमोहनमा अध्ययन गरिरहेका बीफार्मेसीका विद्यार्थीहरु दक्ष फर्मासिस्ट बनेर सेवा दिन सक्षम हुने रजिष्ट्रार फुँयालले विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरुबिना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने भएकाले फार्मेसी पेशाको विकृति नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । निमित्त परीक्षा नियन्त्रक भीम काफ्लेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै समयमै परीक्षाफल प्रकाशित गर्न आफूहरु निरन्तर लागिपरिरहने बताए ।

हरेक वर्षको २५ सेप्टेम्बरका दिनलाई विश्व फर्मासिस्ट दिवसका रुपमा मनाउने गरिन्छ । मनमोहनमा बीफार्मेसीमा अध्ययनरत विद्यार्थीहरुले कविता र वक्तृत्वकला प्रस्तुत गरेर सोमबार २५ औ विश्व फर्मासिस्ट दिवस मनाएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक