धर्म / संस्कृति
इन्द्रजात्रामा असोज ११, १२ र १५ गते काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने
काठमाडौंः इन्द्रजात्राका कारण असोज ११, १२ र १५ गते काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सडकमा सवारी साधन चलाउन नपाइने महानगरपालिकाले एक सूचना जारी गरी जनाएको छ ।
बिहीबार (असोज ११ गते) वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै वसन्तपुरसम्म रथयात्रा हुने हुँदा ती क्षेत्रमा सवारी साधन चलाउन नपाइने भएको हो ।
शुक्रबार (असोज १२ गते) वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुरसम्म रथयात्रा हुने भएकाले ती सडकमा सवारी साधन चलाउन रोक लगाइएको हो ।
असोज १५ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुरसम्म रथयात्रा हुने भएकाले ती सडकमा सवारी साधन चलाउन नपाइने भएको हो । ती क्षेत्रमा सवारी आगमन प्रभावित हुने भएकाले महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login