Connect with us
Advertisement

काठमाडौंको फोहोर व्यवस्थापनमा एनआरएनएको चासो

Published

on

काठमाडौंः गैर आवसीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंको फोहोर व्यवस्थापनमा चासो व्यक्त गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल थालिएको छ ।

अध्यक्ष कुँवरसहित कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र प्रोडुसर जोङ होउसहितका प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ । प्रतिनिधि मण्डलले स्थानीय र कर्मचारीहरूसँग फोहोर व्यवस्थापनबारे छलफल गरेको छ ।

एनआरएनएका अध्यक्ष कुँवरसहितको टोलीले फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा मन्त्री सीता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि छलफल गरेको छ ।

अध्यक्ष कुँवरका अनुसार कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरेको थियो । उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पूँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए ।

छलफलको क्रममा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले विभिन्न किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर कार्य अगाडि बढाउने बताए ।

एनआरएनए र कोरियन कम्पनीले चासो देखाएपछि सिसडोलबासीले फोहोर व्यवस्थापन हुने अपेक्षा गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

Published

on

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ ।

युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ ।

एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको पर्दाफास भएको बताउँदै उनीहरूले जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ ।

एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ ।

फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् ।

माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा अगस्ट २०२३ मा पक्राउ गरिएको थियो । उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो ।

Continue Reading

Banner

च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

Published

on

यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब बोरुसिया डर्टमन्ड फाइनलमा पुगेको छ । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । उसका म्याट्स हुमेल्सले खेलको ५० औँ मिनेटमा गोल गरे ।

यसअघि भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० को अग्रता लिएको थियो । समग्रमा २–० को जितसहित डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अर्काे सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा हुनेछ ।

Continue Reading

Banner

आज – २५ बैशाख २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक