Connect with us
Advertisement

पर्यटनमा नेपालको हालसम्मको अवस्था

Published

on

हुन त पर्यटनलाई विश्वका प्रायः सबै मुलुकले उद्योगको रुपमा मान्यता दिइसकेको अवस्था छ । तर दुःखको के छ भने हाम्रो देश नेपालले भने यस सम्बन्धमा धेरै ढिला गरिरहेको छ । अभैm पनि नेपाल सरकारलाई नेपाली पर्यटनका अगुवाहरुले ‘नेपालको पर्यटन र होटल क्षेत्रलाई पनि उद्योग सरहको मान्यता देऊ !’ भनेर माग गरिरहनुपरेको अवस्था छ । जे होस्, विश्वका अधिकांश मुलुकका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा खोलिने वा भनौं सुरु गरिने र आम्दानीको राम्रो स्रोतको रुपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई । २७ सेप्टेम्बरका दिन ४४ औं विश्व पर्यटन दिवस परेको थियो ।

सन् १०७९ मा भएको संयुक्त राष्ट्र संघ (संरासं–युएन) को साधारण सभाको भेलाले १९८० को सेप्टेम्बर २७ मा ‘विश्व पर्यटन दिवस’ मनाउने निर्णय गरेको थियो । त्यसपछि लगातार संयुक्त राष्ट्र संघ (संरासं–युएन) को मातहतमा विश्वभर ‘विश्व पर्यटन दिवस’ मनाउने गरिन्छ । त्यसैले यो वर्ष (गएको २७ सेप्टेम्बर) ४४ औं विश्व पर्यटन दिवस मनाइयो । ‘विश्व पर्यटन दिवस’ मनाउनुको खास कारण चाहिँ पर्यटनको महत्व विश्वका सर्वसाधारण जनताहरुलाई पनि बुझाउने, पर्यटनबाट हुने आम्दानीको हिस्सा तलतलका जनताहरुमा पुर्याउने, पर्यटनबाट पनि मनग्य आम्दनी गर्न सकिन्छ भन्ने महत्व बुझाउने, विश्वभरिका देशहरुमा रहेका सुन्दर ठाउँहरु चिनाउने, तिनको प्रचारप्रसार गर्ने, विश्वका विभिन्न जातजातिहरु, भाषाभाषीहरु, वेशभुषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता, प्राचीन स्मारक, युद्घस्थल, ऐतिहासिक स्थल, पुराना मानव बस्तीहरु, प्रकृतिले बनाएका आश्चर्यलाग्दा ठाऊँहरुको चिनारी र प्रचारप्रसार गर्ने, मानव निर्मित कृत्रिम पर्यटकीयस्थलहरुको दृश्यावलोकन गराउने र तिनको प्रचारप्रसार गर्ने लगायत कयौं उद्देश्यहरु राखेर ‘विश्व पर्यटन दिवस’ मनाउन सुरु गरिएको थियो । अहिले त धेरै जसो देशहरुले ‘दिगो र जिम्मेवार पर्यटन’ भन्ने नीति र नारा पनि ल्याएका छन् । हुन पनि यसो विचार गर्दा आगामी दिनमा पर्यटन क्षेत्रमा कुनै पनि देशले दिगोपना र जिम्मेवारीपनलाई सँगसँगै कार्यान्वयन गर्न नसकेमा पर्यटनबाट हुने आम्दानीको स्रोत घट्दै गएर आम्दानीको स्रोत नै नरहने सम्भावना पनि प्रवल रहेको देखिन्छ ।

त्यसो त विश्वमा औपचारिक रुपमा पर्यटन व्यवासाय सुरु भएको इतिहास हेर्दा लगभग एक सय ८३ वर्षको भइसकेको छ । विश्वमा पर्यटन व्यवासाय औपचारिक रुपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र सङ्गठित रुपका साथै निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरुलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेहरुले अनेक खालका भ्रमणहरु गर्थे÷गरेका थिए । तर, ती मान्छेहरुले गर्ने भ्रमणहरु फरक–फरक उदेश्य लिएर हुने गथ्र्यो । जस्तै धार्मिक, व्यापारिक, जासुसी लगायत अनेकखाले खोज–अनुसन्धानका लागि धेरै मान्छेहरु त्यो बेला पनि अन्य देशको भ्रमणमा निक्लन्थे । तर, त्यसमा केही न केही निहित उद्देश्य त हुन्थ्यो नै ।

त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै किन पहिलो पर्यटकीय टोली मानियो ? थोमस कुकले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकहरुलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकको रुपमा भ्रमण व्यवसायको सुरुवात गरे । जसको पर्यटकीय वा भनौं घुम्ने÷विदा मनाउनेबाहेक अरु कुनै उद्देश्य थिएन । यसरी कुनै उद्देश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकाले उक्त भ्रमण टोलीलाई ‘पर्यटकीय टोली’ मानियो । यसरी स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा उन (थोमस कुक) लाई पर्यटनको सुरुवातकर्ता मात्रै होइन, पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ ।

तर सुरुमा उनले पनि दीर्घकालीन योजना बिना नै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । यसरी उनले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । यसरी आन्तरिक रुपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा १० जना बेलायती नागरिकहरुलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशहरुमा भ्रमण गर्न निस्किए । यसरी लगभग एक सय ८१ वर्षअघि थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किए । यता विश्वका अधिकांश मुलुकका अरबौं÷खरबौं मानिसहरुले विश्वका अधिकांश मुलुकका पर्यटकीय स्थलको भ्रमण गरे, पर्यटकीय उद्देश्यका साथ ।

यता, हाम्रो देश नेपालमा भने लामो समयसम्म (१०४ वर्षे राणा शासनकालमा) विदेशीलाई (कूटनैतिक उद्देश्य बाहेक) नेपालको भ्रमण गर्न नै बन्देज लगाएकोले पयर्टनले छिटो र राम्रोसँग फस्टाउने अवसर पाएन । जसको असर हालसम्म पनि परिरहेको छ । त्यसो त वि.सं. २००७ सालमा आएको राजनीतिक परिवर्तनदेखि वि.सं. २०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रुपमा पर्यटनले फस्टाउने अवसर पाएन ।

तत्कालीन राजा महेन्द्रले विसं २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका भने केही विदेशीहरु अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरुवात गरे । (हुन त यसो भन्दा राजावादी भएको आरोप पनि लाग्न सक्छ) त्यसमा पनि बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरुले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा योगदान गरेको देखिन्छ, सुरुका दिनमा । ती विदेशीहरु, जो नेपाल आएर बसेका थिए, उनीहरु सुरुमा शुद्घ पर्यटन व्यवसायीको रुपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल आएर बसेका थिए । जे भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा विदेशीहरुबाटै सुरु भएको हामीले स्वीकार्नुपर्ने हुन्छ ।

३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन । उता सन् १९८९\९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरुको संख्याले पनि बल्ल लाखको संख्या नाघ्न थाल्यो । यसरी सन् १९८९\९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । यसबीचमा प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट खासै गर्व गर्नलायक काम गरेन, शिवाय हिमाल आरोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्याफ्टिङ) मा जाने पर्यटकहरुलाई अनुमति दिएबापत उनीहरुबाट मनग्गे शुल्क असुल्ने, नियन्त्रित क्षेत्रबाट त झनै महङ्गो शुल्क लिने गरिन्थ्यो भने अभैm पनि नियन्त्रित क्षेत्रबाट केही महङ्गो शुल्क लिने गरिेन्छ । त्यो बाहेक तत्कालीन श्री ५ को सरकारले केही गरेको थिएन त ? स्वाभाविक प्रश्न उठ्छ । हो, पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले गरेको काम हामीले गर्वका साथ भन्न सक्ने र बाहिरबाटै देखिने भनेको ‘पर्यटन बोर्ड’को गठन पनि एक हो । तर, त्यही बोर्ड पनि कहिलेकाहीँ (राजनीतिक कारणले) वषौंसम्म काम गर्न असमर्थ नै किन नहोस् ।

जे होस्, समग्रमा हेर्दा २०६२÷०६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकहरुको सङ्ख्या लगातार बढिरहेको भए तापनि ती पर्यटकहरुले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाइ भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यसैले हामीले नेपाल आउने पर्यटकहरुको संख्या मात्रै होइन, उनीहरुले गर्ने दैनिक खर्च र नेपाल बसाईमा पनि कसरी बढोत्तरी ल्याउने ? यसतर्फ पनि विषेश ध्यान दिनु पर्ने जरुरी देखिन्छ । उता सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीले नेपालका पर्यटन अरु थिलथिलिएको थियो । सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीको असर स्वरुप सन् २०१४ को तुलनामा सन् २०१५ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या ३२ प्रतिशतले कमी आएको थियो । अर्थात् सन् २०१४ मा सातलाख ९० हजार ११८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा पाँचलाख ३८ हजार ९७० जना विदेशी मात्रै नेपाल आएका थिए ।

हन त नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६, २०१७, २०१८ र २०१९ मा लगातार बढिरहेको थियो । तापनि सन् २०१९ को अन्तिममा सुरु भएको कोरोना महामारीका क्रम (सन् २०२०, २०२१ र २०२२) मा चाहिँ धेरै कम संख्यामा विदेशी पर्यटकहरु नेपालमा भ्रमण गर्न आए । यस बीचमा जति पनि विदेशी पर्यटक आए, उनीहरुको समग्र नेपाल बसाइ अवधि र उनीहरुले नेपाल आएर घुम्ने क्रममा गर्ने गरेको दैनिक खर्च गर्ने क्षमता पनि बढ्दो क्रममा होइन कि (सन्२०२०मा बाहेक) घट्दो क्रममा रहेको देखिन्छ ।
[email protected]

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज बजेट पारित गरिँदै,

Published

on

प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।

त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।

सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।

रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।

रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।

Continue Reading

Banner

नोबेलमा आधुनिक छाला उपचार सेवा

Published

on

 

नोबेलमा आधुनिक छाला उपचार सेवा

नोबेल अस्पतालमा अत्याधुनिक प्रविधिद्वारा छाला तथा सौन्दर्य उपचार

विराटनगरस्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालन गरिरहेको छ । यहाँ छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिन्छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा आएका रौं हटाउने तथा आवश्यक स्थानमा रौं उमार्नेसम्मका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनीष प्रधानका अनुसार छाला उपचारलाई मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ । एउटा कन्भेन्सनल र अर्को कस्मेटिक डर्माटोलोजी । नोबेल अस्पतालमा यी दुवै प्रकारका सेवा उपलब्ध छन् । कन्भेन्सनल डर्माटोलोजी रोगको पहिचान तथा उपचारमा केन्द्रित क्षेत्र हो । यसअन्तर्गत एलर्जी, छालामा आउने ¥यास, डण्डिफोर, लुतो, पिलो तथा घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको उपचार गरिन्छ ।
त्यसैगरी कस्मेटिक डर्माटोलोजी छालाको सौन्दर्य अभिवृद्धि तथा आकर्षण बढाउने उपचारसँग सम्बन्धित छ । यसअन्तर्गत लेजर, बोटोक्स, फिलर तथा छालाको सौन्दर्य बढाउने विभिन्न उपचार पर्छन् । डा. प्रधानका अनुसार सौन्दर्यप्रति चासो बढ्दै जाँदा यस्ता सेवा लिन आउनेहरूको संख्या पनि उल्लेखनीय रूपमा बढिरहेको छ । यहाँ आउने धेरैजसो व्यक्तिहरू रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि सेवा लिन आउने गर्दछन् । विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर आउने गरेका छन् । कतिपय अवस्थामा यस्तो समस्या कुनै रोगका कारण पनि हुनसक्छ । यहाँ ती रोगको पहिचान गरेर उपचार गरिन्छ ।
नोबेल अस्पतालमा छाला रोगको उपचार सेवा सुरु भएको करिब दुई दशक भइसकेको छ । उपचारपछि धेरैजना सन्तुष्ट हुने र अरूलाई पनि सिफारिस गरेर ल्याउने गरेको अनुभव डा. प्रधानको छ । धेरैजसो उपचार एकपटक मात्र गरेर पुग्दैन, आवश्यकता अनुसार पटक–पटक गर्नुपर्ने हुन्छ । यहाँ आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सीसमेत गरिन्छ । साथै अत्याधुनिक प्रविधिमार्फत कार्बन पिलिङ र हाइड्राफेसियलद्वारा छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि उपलब्ध छ । टाटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिन्छ । त्यसैगरी कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाइअक्साइड लेजर वा आवश्यक परे शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । डण्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग गरिन्छ । कपालसम्बन्धी विभिन्न समस्याको उपचारका लागि पनि यहाँ विशेष सेवा उपलब्ध छ । सेवाग्राहीहरू कपाल झर्ने वा कपाल नउम्रिने समस्या लिएर उपचारका लागि आउने गर्छन् । लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने डा. प्रधान बताउँछन् । साथै बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचार पनि गरिन्छ । दुबी (सेतो दाग) को उपचारका लागि औषधि तथा फोटोथेरापी विधि प्रयोग गरिन्छ ।
नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास बढाउन आधुनिक प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्दै आएको डा. प्रधानको भनाइ छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक