कला / साहित्य
रामकृष्ण ढकाललाई गायन शिरोमणिको उपाधि दिँदा हुन्छः केपी घिमिरे
विराटचोकः रेडियो कार्यक्रम प्रस्तोता तथा सुन्दरहरैंचा कला साहित्य विकास समितिका सदस्य केपी घिमिरे गायक रामकृष्ण ढकाललाई गायन शिरोमणिको उपाधि दिन उचित हुने बताउँछन् । घिमिरे सुन्दरहरैंचाको विराटचोकबाट सञ्चालित रेडियो सुसेलीमा समाचार वाचन गर्नुका साथै कलासम्बन्धी कार्यक्रम उत्पादन पनि गर्छन् ।
रेडियो कार्यक्रम नझरेका फूलहरुका प्रस्तोता घिमिरेले सोही कार्यक्रमको नामबाट ‘नझरेका फूलहरू’ नाम दिएर पलेँटी साँझ र साङ्गीतिक साँझका साथै साहित्यिक कार्यक्रम गर्ने गरेका छन् । हालै सामाजिक सञ्जालमा फेसबुक स्टाटस लेख्दै घिमिरेले गायक ढकाललाई गायन शिरोमणि उपाधि दिनुपर्ने राय व्यक्त गरेका हुन् । यस्तो छ उनले लेखेको स्टाटसः
‘‘पूर्वी नेपालको मोरङबाट नझरेका फूलहरुको प्रस्तोताका हैसियतले मैले यसपटक नेपाली साङ्गीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायक श्री रामकृष्ण ढकालज्यूलाई “गायन शिरोमणि“ उपाधिद्वारा सम्बोधन गरेँ ।
भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण र संवर्द्धनका निम्ति विविधः क्रियाकलाप गरिरहेको नझरेका फूलहरूले जीवित छँदाछँदै स्रष्टाहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गर्ने मुख्य अभिभारा वहन गर्दै आइरहेको छ ।
स्रोता, दर्शकका निम्ति स्रष्टा सर्वाधिक पूज्य व्यक्ति हुन् । स्रष्टा राष्ट्रकै गरिमा, निधि र पहिचान हुन् । स्रष्टालाई हरेक मानिसले देख्न, भेट्न वा साक्षात्कार गर्न पाउनुपर्छ भन्ने उद्देश्यले नै अभिप्रेरित भएर साथै प्रेरणास्रोतका रूपमा सदा अजर, अमर सर्जकलाई सम्मान गर्नुपर्छ भनेर मैले व्यक्तिगत तवरले ‘नझरेका फूलहरू’ नामक ब्यानर तयार गरी यस प्रकारको कार्य गर्दै आइरहेको छु ।
विगत ९ वर्षदेखि निरन्तर अहिलेसम्म मैले झण्डै सयभन्दा बढी स्रष्टालाई नझरेका फूलहरूमार्फत् सम्मान गरिसकेको छु ।
यस पटक मैले वरिष्ठ गायक रामकृष्ण ढकालको नेपाली साङ्गीतिक क्षेत्रमा लामो समयदेखिको सङ्घर्ष, योगदान र सफलतालाई नजिकबाट नियालेर “गायन शिरोमणि“ उपाधिले सम्बोधन गरेँ । उनी नेपालको इतिहासमा “गायन शिरोमणि“को उपाधिका लागि योग्य गायक हुन् ।
अन्त्यमा गायन शिरोमणि ढकालको सदैव साङ्गीतिक जीवनको सफलताको कामना गर्दछु ।
स्मरण रहोस् , महान् गायक नारायणगोपाल गुरुवाचार्यलाई पनि एक दिन जनताले ‘स्वरसम्राट’को उपाधि दिएका थिए ।
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login