अहिले खेल जगतमा एसियाली खेलकुद २०२३ सर्वाधिक चर्चित छ । जसअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता यही सेप्टेम्बर २७ देखि अक्टोबर ७ सम्म चलिरहेको छ । सो खेल चीनको हागझाउमा रहेको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भइरहेको छ । १३४७ दर्शक क्षमताको क्रिकेट फिड सम्पूर्ण सहभागी टिमको लागि हुनेछ । प्रतियोगितामा सिधै प्रवेश र छनोट चरण गरी दुई चरणमा खेल हुनेछन् । छनोट चरणमा ९ देश सहभागी रहनेछन् ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जुन १ २०२३ सम्मको आईसीसी टी २० वरियतामा शीर्ष पाँच वरीयता हुन् । उनीहरूलाई पुरुष क्रिकेट प्रतियोगितामा क्वार्टर फाइनलमा प्रत्यक्ष प्रवेश दिइएको छ । बाँकी नौ टोलीलाई प्रारम्भिक चरणका लागि तीन–तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ । एकल–लेग राउन्ड–रोबिन खेलहरू पछि समूह विजेताहरू क्वार्टरमा ठूलो पाँचमा सामेल हुनेछन् । नेपाल छनोट चरणको समूह ए मा रहेको छ ।
समूह ए मा नेपालसहित मङ्गोलिया र मालदिभ्स रहेका छन् । समूह चरणको पहिलो खेल अन्तर्गत नेपाल र मङ्गोलियाबीचको खेल नेपाली टोलीको लागि नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल मात्र भएन उक्त खेल अहिले विश्व क्रिकेट जगतमा सर्वाधिक चर्चाको खेल बन्यो । सो खेल सेम्टेम्बर २७ मा झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी खेलमैदानमा भएको थियो । सामान्य सुरुवात गरेको नेपाली टिमले ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल र अरिफ सेक क्रमशः व्यक्तिगत १९ रन र १६ रन जोड्दै पभेलियन फर्किए । त्यसपछि आएका ३ ब्याट्सम्यान कुशल मल्ल, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी खेल मैदानमा रनको वर्ष गर्दै झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी स्टुडियमलाई विश्व क्रिकेट इतिहासको साक्षी बनाए ।
भारतका आक्रामक ब्याट्सम्यानको टि २० फर्मेटको सर्वाधिक छिटो अर्धशतक युवराज सिंहको कीर्तिमानलाई दीपेन्द्र सिंह ऐरीले तोडेर कीर्तिमान विश्व क्रिकेटमा आफनो नाम दर्ज गर्न सफल भए । अर्का आक्रामक ब्याट्सम्यान कुशल मल्लले विश्व क्रिकेट टि २० इतिहासकै सबैभन्दा छिटो ३४ बलमा शतक पूरा गरी अर्को कीर्तिमान नेपाली खेलाडीको नाममा पार्न सफल बन्दै टि २० क्रिकेटमा सर्वाधिक ३१५ रनको उच्च स्कोरको इतिहास रच्न सफल भए ।
समूह चरणको दोस्रो खेलमा नेपाली टिमले अक्टोबर १ मा मालदिभ्सको सामना गर्ने छ । ३ समूहमा विभाजित टिममध्ये समूह विजेताले सेमीफाइनलमा सीधै प्रवेश गरेका टिमहरूको सामना गर्नेछन् ।
एसियाली खेलकुदः पुरुष क्रिकेटमा नेपालको कीर्तिमानी जीत
You must be logged in to post a comment Login