शेयर
आजदेखि माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री शुरु
विराटचोकः माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज २२ गते हुनेछ भने ढिलोमा कात्तिक २ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।
Facebook Comment
Banner
नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा बाबुराम निरौला
नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा सुन्दरहरैंचाका बाबुराम निरौला सर्वसम्मत चयन हुनुभएको छ । यसअघि उहाँ प्रदेश परिषद्को उपाध्यक्ष पदमा हुनुुहुन्थ्यो । परिषद्को कोशी प्रदेश कार्यालय सुन्दरहरैंचामा भएको भेलाबाट निरौला अध्यक्षमा चयन हुनुभएको हो ।
कोशी प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछाने केन्द्रीय महासचिव पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदमा वरिष्ठ उपाध्यक्ष सन्तोष पोखरेललाई यसअघि कार्यवाहक अध्यक्ष चयन गरिएको थियो । कार्यवाहक अध्यक्षले ६ महिनाभित्रमा चुनाव गराउनुपर्ने प्रावधानअनुसार कार्यसमितिलाई पूर्णता दिन आज भएको प्रदेशको कार्यसमितिको भेलामा निरौला अध्यक्षमा चयन हुनुभएको हो । परिषद्का केन्द्रीय महासचिवको संयोजकत्वमा बनेको निर्वाचन समितिले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । हाल कार्यरत पोखरेलले नै निरौलालाई अध्यक्ष पदको उम्मेद्वारका रुपमा प्रस्ताव गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष निरौलाको अध्यक्षतामा आज बसेको पहिलो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष निरौलाका अनुसार प्रमुख सल्लाहकारमा सन्तोष पोखरेललाई चयन गरिएको छ । शिक्षा तथा अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पनि पोखरेललाई नै दिइएको छ ।
नवग्रह अनुसन्धान केन्द्र निर्माण गर्न भारतका अनुसन्धनात्मक संस्थाहरुले चासो देखाएको हुँदा उक्त कार्यका लागि प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशका सबै जिल्लामा पालैपालो प्रदेश समितिको बैठक बस्ने निर्णय पनि गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।
Banner
तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै
आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।
भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।
समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् ।
तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । काठमाण्डौको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा आज विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
Banner
महाकुम्भमा भागदौड, कम्तीमा ३० जनाको मृत्यु
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा कम्तीमा ३० जनाले ज्यान गुमाएका छन् । ६० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको महाकुम्भका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स्ले जनाएको छ ।
भागदौड बुधबार बिहानै भए पनि भारतीय अधिकारीहरूले साँझमात्रै ज्यान गुमाउनेको संख्याबारे आधिकारिक जानकारी दिएका हुन् ।कुम्भमेलाका अवसरमा श्रद्धालुहरूले भारतका सबैभन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । बुधबार मौनी अमावास्य अर्थात् माघ कृष्ण औंसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला भागदौड भएको हो ।
केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । बुधबार ८ करोडले स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दाबी छ । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्ममा ३ करोडले स्नान गरिसकेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ । यसमा आफ्ना प्रियजन गुमाउने श्रद्धालुप्रति म गहिरो समवेदना व्यक्त गर्छु,’ मोदीले लेखेका छन् । घटनाबारे आफू राज्य सरकारसँग सम्पर्कमा रहेको उनको भनाइ छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login