सूचना / प्रविधि
आज विश्व हुलाक दिवस
विराटचोकः आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । सन् १८७४ मा जापानको टाकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ देखि विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।
पहिले सञ्चारको माध्यम हुलाक भए पनि अहिले टेलिफोन, मोबाइल, सामाजिक सञ्जाल र इमेललगायतका माध्यमबाट खबरको आदानप्रदान हुने गर्दछ ।
एक समय लोकप्रिय रहेको भए पनि सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घटेको छ । यद्यपि, सरकारी कामकाजका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको छ ।
पछिल्लो समय हुलाक सेवा विभागले वित्तीय क्षेत्रमा बैंकमार्फत् हात हालेको थियो । हुलाक बैंक सञ्चालनमा ल्याएको भए पनि सो सेवा प्रभावकारी भने हुन सकेन ।
Facebook Comment
Banner
जिन्दगीभर ह्वीलचेयरमा पुुर्याउनसक्ने ‘स्पाइनल कर्ड इन्जुरी’:सावधानी, उपचार र पुनःस्र्थापना
हामीले दुर्घटनाबाट मेरुदण्डमा चोट लागेर जिन्दगीभर ह्वीलचेयरको सहारामा बाँचिरहेका धेरै व्यक्ति देखिरहेका छौं । सडक दुर्घटना, लडेर, अग्लो स्थान जस्तै रुख, भीर वा घरको छतबाट खसेर, पौडी खेल्दा डाइभिङ नमिलेर वा कुनै कारणले ढाडको हड्डीमा दबाब परेर स्पाइनल कर्ड इन्जुरी हुनसक्छ । यस्तै सांघातिक आक्रमण, गोली लागेर वा विस्फोटमा पर्दा पनि स्पाइनल कर्ड इन्जुरी हुनसक्छ । स्पाइनल कर्ड इन्जुरीका घटनामा स्पाइन (मेरुदण्ड) मा मात्रै चोट लागेको हुँदैन । अरू सहायक इन्जुरी पनि हुनसक्छन् । स्पाइनल कर्ड इन्जुरीमा छाती, पेट, आन्द्रा, मुख र दाँतमा पनि चोट लाग्ने सम्भावना बढी हुन्छ ।
जटिल समस्याको कारक
स्पाइनल कर्डको माध्यमबाट सम्पूर्ण शरीरसँग मस्तिष्कको सम्पर्क–समन्वय हुन्छ । शरीरको कुनै भाग चलाउन स्पाइनल कर्डबाट सेन्सेसन मस्तिष्कसम्म आउँछ । स्पाइनल कर्ड इन्जुरी हुँदा यस्तो सेन्सेसन मस्तिष्कसम्म लैजान र ल्याउने इन्द्रीय विफल भइदिन्छन् । पूर्णरूपमा चोट लागेको अवस्थामा तल्लो शरीर नचल्ने हुनसक्छ । जस्तोः घाँटीमा चोट लागेमा घाँटीभन्दामुनी हातखुट्टा नचल्ने र सास फेर्न गाह्रो हुनसक्छ । पिठ्युको ढाडमा चोट लागेमा खुट्टा चल्दैन । यसमा आधा शरीर प्यारालाइसिस पनि हुनसक्छ । यसको ‘ए’ देखि ‘इ’ सम्म ग्रेड छुट्याइएको हुन्छ । ‘ए’ ग्रेडमा पूर्णरूपमा केही थाहा नपाउने र ‘इ’ भनेको चोट लागेको तर ‘न्युरल स्ट्रक्चर ड्यामेज’ नभएको भन्ने बुझिन्छ ।
स्पाइनमा चोट लागेको बेलामा घटनास्थलबाटै उपचार सुरू गर्नुपर्छ । कहिलेकाहीँ नसा चलिरहेको अवस्थामा बिरामीलाई सावधानीपूर्वक हस्पिटल पुुर्याउनुपर्छ। अन्यथा गम्भीर इन्जुरीमा जाने सम्भावना रहन्छ । बेहोस बिरामीलाई पानी खुवाउन हुँदैन किनभने पानी सर्किएर एस्पिरेसन हुनसक्छ । त्यस्तै बिरामीको खुट्टा चलिरहेको अवस्थामा हिँडाइ हाल्नुहुँदैन । बिरामीलाई कडा सतह जस्तैः काठको पटेरा, कडा टिन वा फलाम बिछ्याएर घाँटीको दुबैपट्टी कडा वस्तु राखेर घाँटीलाई चलाउन नमिल्नेगरी राख्नुपर्छ ।
तर स्पाइनल कर्ड इन्जुरी भएका सबैलाई शल्यक्रियाको जरूरत पर्दैन । ग्रेड ‘ए’ ग्रेडको इन्जुरीमा शल्यक्रिया गरेर पनि फाइदा हुँदैन । बी, सी, डी, र इ ग्रेडको इन्जुरीलाई शल्यक्रियाले फाइदा गर्नसक्छ । यदि चोट नभएमा शल्यक्रिया गर्नुपर्दैन । यदि हड्डीको उचाइ घटेको, हड्डीहरू डिस्ट्रक्सन भएर स्पाइनल कर्ड वा स्पाइनल क्यानल, दिसापिसाब नियन्त्रण गर्ने ठाउँमा आएको वा हातखुट्टा चलाउने ठाउँमा असर पुर्याएको अवस्थामा तुरून्त शल्यक्रियाको जरूरत पर्छ । स्पाइनल कर्डभित्र ट्युमरले पहिले नै नसा च्यापिएको र दुर्घटना भएर स्पाइनल इन्जुरी भएर डिस्ट्रक्सन भएको अवस्थामा शल्यक्रिया गर्दा सुधार हुन सक्दैन । तर सामान्य कुरकुरे हड्डी खिइएर नसा च्यापिएको र ढाड दुखेको समस्यामा शल्यक्रिया गर्दा पूर्णरूपमा प्यारालाइसिस हुन पाउँदैन ।
पुनःस्र्थापना केन्द्रमा मनोचिकित्सक, फिजियोथेरापिष्ट, न्युरो सर्जन, न्युरोफिजिसियन, फर्मासिष्ट, पोषणविद आदि सबै मिलेर मल्टिडिसिप्लिनरी एप्रोचबाट उपचार गर्नुपर्छ । नेपाल सरकारले स्पाइनल इन्जुरी र हेड इन्जुरी भएका बिरामीलाई उपचारवापत् १ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । त्यसैगरी स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीले स्थानीय वडा कार्यालयबाट पाँच हजार रुपैयाँ निर्वाह भत्ता पाउँछन् ।
(लेखक नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत हुनुहुन्छ ।)
Banner
टी–२० विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख पुरस्कार दिने
नेपालमा जारी टी–२० विश्वकपमा घरेलु टोलि (नेपाल) छनोट भए नोबेल मेडिकल कलेज हस्पिटलले १५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । मेडिकलले एक सूचना जारी गर्दै उक्त पुरस्कारको घोषणा गरेको हो ।
टी–२० विश्वकप छनोट प्रतियोगिता जिते थप ५ लाख दिने कलेजका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एसिया कपबाट अर्ना बियरले नेपाली खेलाडीहरुलाई पुरस्कार राशी प्रदान गर्न थालेको थियो। टी–२० विश्वकप छनोटमा समेत अर्नाले आकर्षक पुरस्कार घोषणा गरी सकेको छ । अन्य कम्पनीहरुपनि थपिदैं गएका छन् ।
Banner
विराटनगरको नोबेल मेडिकल कलेज सामाजिक सुरक्षा कोषमा उत्कृष्ट भएर सम्मानित
काठमाडौँ मेडिकल कलेज केएमसी काठमाडौँ र नोबेल मेडिकल कलेज मोरङ सम्मानित भएका छन् ।
छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै नोबेल मेडिकल कलेजलाई प्रशंसापत्र प्रदान गरिएको हो ।
त्यस्तै बागमती प्रदेश अन्तर्गत कोषमा सूचीकृत योगदानकर्तालाई स्वास्थ्य सेवा प्रवाह गरेको संख्याको आधारमा उत्कृष्ट दुईभित्र रहन सफल भएको भन्दै केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।
काठमाडौँमा विशेष कार्यक्रम गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई मेडिकल कलेजलाई सम्मान गरेको हो ।
केएमसीका तर्फबाट क्षितिज निरौला र नोबलको तर्फबाट नारायणप्रसाद दाहालले सम्मानपत्र ग्रहण गरेका थिए ।
दुवै मेडिकल कलेज नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माका हुन् । शर्माले सम्हालेपछि दुवै अस्पतालले नागरिकलाई सहुलियतमा सेवा दिइरहेका छन् ।
हालसम्म कति छन् सामाजिक सुरक्षा कोषमा ?
सामाजिक सुरक्षा कोषमा हालसम्म नौ लाख २८ हजार ४५३ व्यक्ति र १८ हजार ४३९ संस्थाहरु आवद्ध भएका छन् ।
सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ । सोहीअनुसार आज सामाजिक सुरक्षा दिवस मनाइएको हो ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, अतिरिक्त योगदान र प्रतिफल गरी ६ सुरक्षा योजना मानिसहरू जोडिएको बताएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login