सुदुर पश्चिम प्रदेश
यी हुन् हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी
काठमाडौंः सुदूर पश्चिम विश्वविद्यालयबाट १ महिना अघि इजरायल गएका ४९ जना विद्यार्थीमध्ये १० जनाको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गएको छ ।
राजदूत कान्ता रिजालका अनुसार इजरायलमा भएको उक्त आक्रमणमा परी घाइते भएका तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस्तै, अन्य ३ जना सुरक्षित अवस्थामा रहेका छन् । अर्का एकजनाको अवस्था भने हालसम्म अज्ञात रहेको छ ।
ज्यान गुमाउनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार,पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।
स्थानीय अस्पतालमा उपचार हुनेमा शारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल रहेका छन् । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, त्रिवेणी–१ सल्यानका प्रमोद केसी र भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी सुरक्षित रहेको दूतावासले जानकारी दिएको छ ।
कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्।
Facebook Comment
Banner
राष्ट्रिय प्रजातन्त्र दिवस आज, देशभर कार्यक्रम आयोजना
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।
यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।
प्रजातन्त्रकै जगमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । यही असन्तुष्टिकैबीच गएको भदौ २३ र २४ गते नवयुवाहरुले विद्रोह गरेका थिए । भदौको नवयुवाको विद्रोहपछिको विशेष परिस्थितिमा आउँदो २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ ।
Banner
टी–२० विश्वकप : आज तीन रोमाञ्चक भिडन्त
आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो खेलमा सुपर आठ प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्दैछ। यसअघि तीन खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ भने इटालीले दुई अंक जोडेको छ। इटालीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा भारतको इडेन गार्डेनमा हुनेछ। दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका श्रीलंका र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा कोलम्बोमा सुरु हुँदैछ। बिहीबार नै हुने तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको चेन्नईमा सुरु हुँदैछ।
Banner
कांग्रेसले ल्यायो १० ‘भिजन’सहित प्रतिज्ञापत्र
नेपाली कांग्रेसले आउँदो चुनावका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्रका रूपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो ।
कांग्रेसले चुनावको घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको हो । प्रतिज्ञापत्रको विस्तृत अंश भने भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सार्वजनिक गर्ने नेपाली कांग्रेसले जनाएको छ । भोलि हुने कार्यक्रममा सभापति थापाले घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ ।
प्रतिज्ञापत्रमा कांग्रेसले युवाहरूका लागि स्वदेशमै मर्यादित र आकर्षक अवसर सिर्जना गर्ने, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई मातृभूमिको पुनर्जागरणमा जोड्ने तथा लगानी र रोजगारी सिर्जनामा राज्यले साथ दिने वाचा गरेको छ ।
यस्तै किसान र कृषि क्षेत्रमा सिँचाइ र मलको अभाव अन्त्य गर्ने, बीमा र भन्सार नीतिमा सुधार गर्ने तथा नेपाली कृषि उत्पादनलाई विश्व बजारमा ब्रान्ड बनाउने प्रतिबद्धता व्यक्त गरेकोे छ ।
स्वास्थ्य क्षेत्रमा उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा मान्यता दिँदै विकसित देशको स्तरको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।
यस्तै प्राथमिकदेखि विश्वविद्यालयसम्मको शिक्षालाई प्रविधिसँग जोड्ने वाचा पनि कांग्रेसको छ । सुशासनका सन्दर्भमा दलीयकरणको अन्त्य गर्ने, ’डिजिटल नेपाल’ को अवधारणा साकार पार्दै भ्रष्टाचार र ढिलासुस्तीको जरैबाट अन्त्य गर्ने र नागरिकले घरमै बसेर सरकारी सेवा पाउने वातावरण बनाउने कांग्रेसको प्रतिबद्धता छ ।
परराष्ट्र नीतिका सम्बन्धमा नेपाललाई विश्व समुदायमा एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने तथा छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित राख्ने प्रतिज्ञा गरिएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login