प्रवास
प्रधानमन्त्रीलाई इजरायलमा फसेका विद्यार्थीको पत्रः ‘नखाउ भने भोक र प्यास लाग्छ, खाउ भने बाहिर शौचालय जान डर लाग्छ’
मिति : २०८०/०६/२२
श्रीमान प्रधानमन्त्री ज्यू,
नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविध्यालयबाट स्नातक सकिन लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको युद्धको चपेटामा फसेका छौं। ११ महिनामा यस देशबाट केही शीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गै राखेको छ । हाम्रो आत्माबल घट्टै गैराखेको छ। हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं । अब धेरै सोच्ने परिस्थिती पनि बाँकि रहेन ।
आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्की राखेको देखेर त्रसित छौं। बंकरमा लुक्यो भन्ने बंकर भित्रै छिरेर आक्रमण भैराखेको छ । हामी हाम्रा सुदुर पश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ ।
हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुटनुपरेको छ । नखाउ भने भोक र प्यास लाग्छ, खाउ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भैराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो या हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।
आदरणीय प्रधानमन्त्री ज्यू, अवको हाम्रो आशा पनि तपाई नै हो। भरोसा पनि तपाईने हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमाने रमाउने छौ ।
हामी नेपालको तीन विश्वविध्यालयबाट यहाँ आएका छौ । कृषि तथा वन विज्ञान विश्वविध्यालय, त्रिभुवन विश्वविध्यालय र सुदुरपश्चिम विश्वविध्यालय संगै यहाँ अन्य विध्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ । छिटो भन्दा छिटो नेपाल सरकार र प्रधानमन्त्रीको प्रत्याभूति तपाईले अवश्य गराउनुहुनेछ। यो हाम्रो तपाई प्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको छ ।
युद्धको चपेटामा परेको नेपाली
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविध्यालय
हाल ठेगाना
kadesh barnea, israel
+9725122825166
Hello Nepal and dear nepali![]()
Shobha paswan from shorashim nursery, Mevtahim. It’s been more than 48 hours we are here in bunker. Its a small room and we are total 18 nepali students , 15-Agriculture and forestry university , 3- Far Western University.
We are safe till now but the environment is fearful. We have never experienced this in our real life , we just used to watch in movies. Look how scary it is , the sound of bomb blast and back to back firing by terrorist in our area along with the bad news of our friends from Far Western University being killed by terrorist, we are just breathing, it doesn’t feel like living. Its 3rd day today , bombarding in each second can be heard from this morning we are quite helpless.
We can’t even sleep, of course we haven’t taken proper food from long time but it feels like no hunger, no thirst , we just want to go back to nepal with all our nepali friends. Hope everything will be better soon. Nothing except prayers can save us right now. But still requesting our country for some help , and hope they are trying to take us into more safer place by contacting RNIT and also to take us back to nepal as soon as the situation will be less dangerous or normal.

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login