अर्थ
बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गर्न २५ वटा प्रश्न अनिवार्य मिलाउनुपर्ने
विराटचोकः नेपाल बीमा प्राधिकरणले यही कात्तिक १ गतेदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ ।
प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।
प्राधिकरणका अनुसार परीक्षा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । अभिकर्ताले प्राधिकरणले लिएको परीक्षा उत्तीर्ण गरेमात्रै अभिकर्ताको लाइसेन्स प्राप्त गर्नेछ । प्राधिकरणका अनुसार परीक्षाको अंकभार १०० र उत्तिर्णाङ्क ५० हुनेछ ।
प्राधिकरणका अनुसार परीक्षा प्रश्नपत्र वस्तुगत रहनेछ । कुल ५० वटा प्रश्नको अंकभार १०० हुनेछ ।
यस्तो छ बीमा अभिकर्ताको परीक्षाको पाठ्यक्रम
इकाई–१ जोखिम र जोखिम व्यवस्थापन
जोखिमको अर्थ, जोखिमको वर्गीकरण, बीमा योग्य जोखिम, संकट, खतरा र नोक्सानी, जोखिम व्यवस्थापन जोखिम व्यवस्थापनको तरिका ।
इकाई–२ बीमाको परिचय
बीमा, जीवन र निर्जीवन बीमाको उद्देश्य, बीमाको प्रकार, बीमाको फाइदा, बीमाको कार्य प्रणाली, बीमा र सम्भाव्यता ।
इकाई–३ बीमा अभिकर्ता
बीमा अभिकर्ताको परिचय, बीमा अभिकर्ताको प्रकार, बीमा अभिकर्ताको बीमकप्रतिको दायित्व, बीमा अभिकर्ताको बीमितप्रतिको दायित्व, बीमा अभिकर्ताको बीमकप्रतिको दायित्व, बीमकको बीमा अभिकर्ताप्रतिको दायित्व, बीमा अभिकर्ता बन्ने तरीका, बीमा अभिकर्ताको पेशागत महत्व, बीमा अभिकर्ताको खारेजी ।
इकाई–४ बीमाको सिद्धान्त
परम–सत्विश्वासको सिद्धान्त, बीमायोग्य हितको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, प्रत्यासनको सिद्धान्त, योगदानको सिद्धान्त, जीवन बीमामा आंशिक वा पूर्ण रुपमा लागू हुने बीमाका सिद्धान्त ।
इकाई–५ बीमालेख
परिचय, जीवन बीमालेखहरुको प्रकार, बीमालेखको शब्दावली, शर्त तथा सुविधा, व्यक्तिगत तथा सामुहिक बीमा, पूरक करार, नाफामा सहभागी हुने र नहुने प्रकारको बीमा, बीमाशुल्क गणना तरीका ।
इकाई–६ जीवन बीमासम्बन्धी कागजात
प्रस्ताव फाराम, केवाइसी फारम, बीमाशुल्क भुक्तानी रसिद, बीमालेखको मूल कागज, सम्पुष्टि, राइडर, बीमाशुल्क भुक्तानी गर्ने वा नवीकरण गर्ने सूचना, बीमालेख पुनर्जागरण गर्ने फाराम, अन्य कागजात ।
इकाई–७ बीमाशुल्क र बोनस
बीमाशुल्क र बीमाशुल्क गणना, बोनस र बोनस गणना, चुक्ता मूल्य र चुक्ता मूल्य गणना, समपर्ण मूल्य र समर्पण मूल्य गणना, बीमालेखको धितोमा लिइने ऋण, बीमालेखको जफत, मृत्युदर तालिका ।
इकाई–८ जोखिमाङ्कन
परिचय, जोखिमाङ्कनको आधारमा जोखिमको वर्गीकरण, प्रारम्भिक जोखिमाङ्कन, वित्तीय र मेडिकल जोखिमाङ्कन, जोखिमाङ्कन प्रक्रिया, अभिकर्ताको गोप्य प्रतिवेदन, बीमित र अभिकर्ताको अनुगमन, आम्दानीको स्रोत, बीमितको पेशागत जोखिम, जोखिमाङ्कनमा प्रभाव पार्ने तत्वहरु, जोखिमाङ्कन निर्देशिका वा म्यानुअल, नोमिनेसन तथा एसाइन्मेन्ट ।
इकाई–९ दाबी
परिचय दाबी गर्ने प्रक्रिया, दाबीसम्बन्धी कागजात, दाबी भुक्तानीको प्रक्रिया, बीमा दाबी भुक्तानीमा अभिकर्ताको भूमिका, दाबी भुक्तानी निर्देशिका वा म्यानुअल, दाबीको प्रकार, मृत्यु दाबी, परिपक्व दाबी, सर्भाइभल दाबी, राइडर (पुरक करार) दाबी ।
इकाई–१० जीवन बीमाको बजारीकरण
अभिकर्ताको पेशा, ग्राहक सेवा, बीमालेख बिक्री पछिको सेवा, बीमा दाबी पर्दाका बखतको सेवा, जीवन बीमाको बजारीकरण, उपभोक्ता व्यवहार, नैतिक बजारीकरण र यसको चुनौती, बीमालेखको गलत बिक्री (मिससेलिङ), सर्वसाधारणप्रति बीमा अभिकर्ताको दायित्व ।
इकाई–११ बीमा अभिकर्ता र कर
जीवन बीमामा कर छुटको दायरा, बीमा अभिकर्ताको पारिश्रमिकमा लाग्ने कर, बीमा अभिकर्ता र कर दर्ता प्रमाणपत्र ।
इकाई–१२ बीमा सम्बन्धी कानूनी व्यवस्था
बीमा ऐन, २०७९, बीमा नियमावली, २०४९, बीमा अभिकर्ताको आचारसंहिता, सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका, बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था ।
इकाई १३ बीमा बजार
नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेय, तेस्रो पक्ष, सहजकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमा सूचना केन्द्र, बीमित हित संरक्षण कोष, बीमा पुल, बीमा विकास कोष ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login