Connect with us
Advertisement

बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गर्न २५ वटा प्रश्न अनिवार्य मिलाउनुपर्ने

Published

on

विराटचोकः नेपाल बीमा प्राधिकरणले यही कात्तिक १ गतेदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ ।

प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।

प्राधिकरणका अनुसार परीक्षा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । अभिकर्ताले प्राधिकरणले लिएको परीक्षा उत्तीर्ण गरेमात्रै अभिकर्ताको लाइसेन्स प्राप्त गर्नेछ । प्राधिकरणका अनुसार परीक्षाको अंकभार १०० र उत्तिर्णाङ्क ५० हुनेछ ।

प्राधिकरणका अनुसार परीक्षा प्रश्नपत्र वस्तुगत रहनेछ । कुल ५० वटा प्रश्नको अंकभार १०० हुनेछ ।

यस्तो छ बीमा अभिकर्ताको परीक्षाको पाठ्यक्रम
इकाई–१ जोखिम र जोखिम व्यवस्थापन
जोखिमको अर्थ, जोखिमको वर्गीकरण, बीमा योग्य जोखिम, संकट, खतरा र नोक्सानी, जोखिम व्यवस्थापन जोखिम व्यवस्थापनको तरिका ।

इकाई–२ बीमाको परिचय
बीमा, जीवन र निर्जीवन बीमाको उद्देश्य, बीमाको प्रकार, बीमाको फाइदा, बीमाको कार्य प्रणाली, बीमा र सम्भाव्यता ।

इकाई–३ बीमा अभिकर्ता
बीमा अभिकर्ताको परिचय, बीमा अभिकर्ताको प्रकार, बीमा अभिकर्ताको बीमकप्रतिको दायित्व, बीमा अभिकर्ताको बीमितप्रतिको दायित्व, बीमा अभिकर्ताको बीमकप्रतिको दायित्व, बीमकको बीमा अभिकर्ताप्रतिको दायित्व, बीमा अभिकर्ता बन्ने तरीका, बीमा अभिकर्ताको पेशागत महत्व, बीमा अभिकर्ताको खारेजी ।

इकाई–४ बीमाको सिद्धान्त
परम–सत्विश्वासको सिद्धान्त, बीमायोग्य हितको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, प्रत्यासनको सिद्धान्त, योगदानको सिद्धान्त, जीवन बीमामा आंशिक वा पूर्ण रुपमा लागू हुने बीमाका सिद्धान्त ।

इकाई–५ बीमालेख
परिचय, जीवन बीमालेखहरुको प्रकार, बीमालेखको शब्दावली, शर्त तथा सुविधा, व्यक्तिगत तथा सामुहिक बीमा, पूरक करार, नाफामा सहभागी हुने र नहुने प्रकारको बीमा, बीमाशुल्क गणना तरीका ।

इकाई–६ जीवन बीमासम्बन्धी कागजात
प्रस्ताव फाराम, केवाइसी फारम, बीमाशुल्क भुक्तानी रसिद, बीमालेखको मूल कागज, सम्पुष्टि, राइडर, बीमाशुल्क भुक्तानी गर्ने वा नवीकरण गर्ने सूचना, बीमालेख पुनर्जागरण गर्ने फाराम, अन्य कागजात ।

इकाई–७ बीमाशुल्क र बोनस
बीमाशुल्क र बीमाशुल्क गणना, बोनस र बोनस गणना, चुक्ता मूल्य र चुक्ता मूल्य गणना, समपर्ण मूल्य र समर्पण मूल्य गणना, बीमालेखको धितोमा लिइने ऋण, बीमालेखको जफत, मृत्युदर तालिका ।

इकाई–८ जोखिमाङ्कन
परिचय, जोखिमाङ्कनको आधारमा जोखिमको वर्गीकरण, प्रारम्भिक जोखिमाङ्कन, वित्तीय र मेडिकल जोखिमाङ्कन, जोखिमाङ्कन प्रक्रिया, अभिकर्ताको गोप्य प्रतिवेदन, बीमित र अभिकर्ताको अनुगमन, आम्दानीको स्रोत, बीमितको पेशागत जोखिम, जोखिमाङ्कनमा प्रभाव पार्ने तत्वहरु, जोखिमाङ्कन निर्देशिका वा म्यानुअल, नोमिनेसन तथा एसाइन्मेन्ट ।

इकाई–९ दाबी
परिचय दाबी गर्ने प्रक्रिया, दाबीसम्बन्धी कागजात, दाबी भुक्तानीको प्रक्रिया, बीमा दाबी भुक्तानीमा अभिकर्ताको भूमिका, दाबी भुक्तानी निर्देशिका वा म्यानुअल, दाबीको प्रकार, मृत्यु दाबी, परिपक्व दाबी, सर्भाइभल दाबी, राइडर (पुरक करार) दाबी ।

इकाई–१० जीवन बीमाको बजारीकरण
अभिकर्ताको पेशा, ग्राहक सेवा, बीमालेख बिक्री पछिको सेवा, बीमा दाबी पर्दाका बखतको सेवा, जीवन बीमाको बजारीकरण, उपभोक्ता व्यवहार, नैतिक बजारीकरण र यसको चुनौती, बीमालेखको गलत बिक्री (मिससेलिङ), सर्वसाधारणप्रति बीमा अभिकर्ताको दायित्व ।

इकाई–११ बीमा अभिकर्ता र कर
जीवन बीमामा कर छुटको दायरा, बीमा अभिकर्ताको पारिश्रमिकमा लाग्ने कर, बीमा अभिकर्ता र कर दर्ता प्रमाणपत्र ।

इकाई–१२ बीमा सम्बन्धी कानूनी व्यवस्था
बीमा ऐन, २०७९, बीमा नियमावली, २०४९, बीमा अभिकर्ताको आचारसंहिता, सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका, बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था ।

इकाई १३ बीमा बजार
नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेय, तेस्रो पक्ष, सहजकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमा सूचना केन्द्र, बीमित हित संरक्षण कोष, बीमा पुल, बीमा विकास कोष ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक