कोशी प्रदेश
लेटाङको कमलपुर सामुदायिक वन देशभरमै उत्कृष्ट, सरकारद्वारा सम्मानित
लेटाङः मोरङको लेटाङ नगरपालिका ३ मा रहेको कमलपुर सामुदायिक बन यस बर्षको गणेशमान सिह सामुदायिक बन प्रथम राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको छ ।
सामुदायिक बन दिवस २०८० को अवसरमा नेपाल सरकार बन तथा बातावरण मन्त्रालय, बन तथा भूसंरक्षण विभागद्वारा नगद १ लाख रुपैयाँसहित सो वन समूह पुरस्कृत भएको हो ।
विभागले देशभरका २२ हजार ५ सय सामुदायिक बनमध्ये सामुदायिक बनको संरक्षण, सम्बद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवंम गरिवी न्यूनीकरणमा समेत पुर्याएको योगदानको मूल्याङ्कन गर्दै बनलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा बन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, बन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले संयुक्त रुपमा कमलपुर सामुदायिक बनका अध्यक्ष गोपाल श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरे ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login