Connect with us
Advertisement

चाडपर्वलाई सुरक्षित बनाउन थप प्रहरी परिचालन

Published

on

विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ ।

चाडपर्व सुरक्षा कार्ययोजनाअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशमा ७ हजार ५ सय १५ जना प्रहरी जनशक्ति परिचालन गरेको छ । जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुत बनाई आम नागरिकमा सुरक्षित र भयरहित तवरबाट चाडपर्व हर्ष र उल्लासका साथ मनाउने वातावरण सृजना गर्न, बैङ्क तथा वित्तीय संघ संस्थाहरुमा हुने कारोवार सुरक्षित बनाउन, बिभिन्न गन्तब्यसम्म जाने यात्रुहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाडपर्व सुरक्षा योजना तयार गरी दुरुस्त र योजनाबद्ध रुपमा प्रहरी परिचालन गरेको हो ।

चाडपर्वको समयमा हुन सक्ने अवान्छित र आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण र विगतको घटनालाई विश्लेषण गरी चाडपर्वलक्षित सुरक्षा योजना अनुसार प्रदेश स्तरीय कमाण्ड पोष्ट स्थापना गरी १४ वटै जिल्लाहरुमा जिल्ला कमाण्ड पोष्ट स्थापना गरी प्रहरी परिचालन गरिएको बताइएको छ ।

यसैगरी प्रदेश रिजर्भ टोली ४ वटा र जिल्ला रिजर्भ टोली २६ वटा तथा जिल्लाहरुमा १७ वटा स्ट्राईकिङ टोली तयार गरी परिचालन गरिएको छ । जिल्लाहरुमा शान्ति सुरक्षाको निम्ति बिशेष चेकिङ, नियमित चेकिङ, रात्रीकालीन चेकिङ, ट्राफिकसहित संयुक्त चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती, साइकल गस्ती तथा विभिन्न स्थानमा पिकेट ड्युटी खटाई सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

बजार क्षेत्र, बैङक, वित्तीय संघ संस्था, एकान्त ठाउँ, मानिसको बढी भीड हुने स्थानहरुमा शान्तिसुरक्षाको निम्ति पैदल तथा मोबाइल गस्ती र सादा पोशाकमा परिचालन गरिएको छ । चोक बजार लगायत विभिन्न स्थानमा रहेका सीसी टीभीको निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सीमानाका तथा अन्तर जिल्लाका नाकाहरुमा अवैध सामान तथा बिष्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा शंकास्पद स्थानहरुमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी शंकास्पद व्यक्ति तथा सवारी साधनहरुमा कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरण, यात्रु सहजीकरण तथा यात्रुहरु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरी सञ्चालनमा ल्याइनुको साथै राजमार्गहरुमा २४ सै घण्टा संयुक्त रुपमा ट्राफिक प्रहरी सहितको विशेष चेकिङ गरिँदै आइएको जनाइएको छ ।

सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक स्थल, उद्योग, कलकारखानाहरुको सुरक्षाको निम्ति आवश्यक पैदल तथा मोबाइल गस्ती सहित थप प्रहरी परिचलान गरिनुका साथै पहाडी भेगहरुमा शान्ति सुरक्षाको निम्ति लामो तथा छोटो ग्रामीण गस्ती, बजार गस्ती, खबर सङ्कलन समेत गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको जनाइएको छ । बजारमा खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुको बिक्री सहज बनाउन सरोकारवाला निकायसँग समन्वय गरी बजार अनुगमन समेत गरिँदै आइरहेको बताइएको छ ।

चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि लगायत विभिन्न घटना तथा दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति न्यूनीकरणको लागि कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालयहरु समेतले सचेतनाको लागि रेडियो, टेलिभिजन तथा विभिन्न पत्रपत्रिका मार्फत सुरक्षा सम्बन्धी सचेतनामूलक जानकारीसमेत गराउँदै आइरहेको जनाइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक