Connect with us
Advertisement

यसरी जङ्गिइन् एनआरएनएसँग रामकुमारी झाँक्री

Published

on

काठमाडौंः काठमाडौंमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन अन्तर्गत ‘नागरिकता र मताधिकार’ विषयको ‘प्यानल डिस्कसन’मा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिले यतिबेला चर्चा पाइरहेको छ । एनआरएनका कतिपय सदस्यहरूले नागरिकता विधेयकको विरोध गर्दै प्लेनरी सेसनमा सहभागी राजनीतिक नेतृत्वको आलोचना गरेपछि उनले जवाफमा आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।

यस्तो छ झाँक्रीको भनाइ जस्ताको तस्तैः

यो कुरा मैले कुल दाइलाई पनि याद छ । किनकि यो डायस्पोरामा म धेरै दाइहरुसँग इङ्गेज थिएँ पहिलेदेखि । अहिले औंलो हालेपछि डुँडुलोसम्म छिराउने मामिला हो भन्ने त हामीलाई पनि थाहा थियो । त्यही कारणले ठ्याक्कै नागरिकता पाएपछि यो हुँदैछ ।

यसको म पृष्ठभूमिको कुरा गर्छु, छोट्टोमा । अपमान गरेको होइन ।

पहिले हामी नेपाली विदेश जान केके हर्कत ग¥यौँ ? त्यो देशको आईएलआर अथवा ग्रीनकार्ड पाउन के के हर्कत ग¥यौं, आफ्नो नागरिकता त्यागेर, आफ्नो पासपोर्ट त्यागेर ।

तपाईंहरुले दुई पैसा कमाउनु भएको होला, स्कील होला र नेपाललाई फर्किएर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि, गणतन्त्रपछि संविधान ल्याएर यो व्यवस्था ग¥यौं । अनि तपाईंहरुले कुललाई फाँसीको कुरा गर्ने, कुल आचार्यलाई ? नलिन चाहनेले गैरआवासीय नागरिकता नलिए पनि हुन्छ । (ताली बज्छ)

नलिए हुन्छ नि त सबैलाई लिनुस् भनेको होइन ।

म डायस्पोरामा हेरेरै बसेको मान्छु हुँ । एउटा नेपालीले त्यहाँको सिटिजन या स्थायी बसोबासका लागि कतिसम्म दुःख, कतिसम्म कष्ट, कतिसम्म काम गरेर बस्नुभएको छ । अनि यहाँ आएर ठूला कुरा गरेको सुहाएन के साथी हो ।

तपाईंहरुले भन्नुभयो– म विज्ञ हुँ कानुनको । ‘. तपाईं त्यहाँ वकालत गर्नुहुन्छ ? तपाईं त्यहाँको अदालतको प्राक्टिस्नर हो ?

नम्बर एक । हो ? तपाईं हो भने ‘. (दर्शकदीर्घाबाट केहीले हल्ला गर्छन्) तपाईं प्राक्टिसनर वकिल हो ? मैले जानेको कुरा यति हो कि तपाईं प्राक्टिसनर हो ?

तपाईं प्राक्टिस्नर हो भनेर जान्न खोजेको । हो भने म यसै गरी ‘ यो विषयमा म पनि लाइसेन्स लिएको अधिवक्ता हुँ । कानुनमा मैले स्नातक गरेकी छु । म लेजिस्जेचर हुँ । मैले यो पार्लियामेन्टमा कानुन बनाउने काम गरें । कानुनलाई कार्यान्वयन गर्ने मन्त्रीको हैसियतले काम पनि गरें । त्यसकारण तपाईंले हामीलाई प्लेनरीमा राखेर जे कुरा गर्नुभयो– तपाईं प्राक्टिस्नर हो भनेर मैले सोधेको हुँ ।

हामीले प्राक्टिस अलि कम काम अलि धेरै ग¥यौं । मैले अदालतमा कम प्राक्टिस गरें । तर कानुन हामीले पनि पढ्यौं । त्यसकारण हरेक देशको सिटिजनसिप सम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ । नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन । तपाईंले संयुक्त राष्ट्रसंघको बडापत्र हेर्नुभयो भने पनि मानवअधिकार विश्वव्यापी हुन्छ । साथी हो, कान खोलेर सुन्नुस् । त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला ।

मानवअधिकार विश्वव्यापी हुन्छ । सिभिल राइट त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ । तपाईंहरूलाई सिटिजनसिपको अधिकार दिइएको होइन । तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो । यति कुरा थाहा पाइराख्नुस् । यहाँ आएर अहिले ठूलो कुरा नगर्नु ‘. । तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो । अनि यो हामीलाई थाहा छैन र ?

बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस् ।

यो सबै थाहा छ, म त अझ प्रवासमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुँदा मैले पाँच वर्ष प्रवासमै काम गरेको हो । नेपाली डायस्पोरासँगै काम गरेको हो । त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घरघरमा पुगेकी छु । त्यसका स्टाटस सबै थाहा छ मलाई । हो त्यसकारण, यस्तो गरेर यहाँ आएर परिस्थिति भड्काउने, अपमान गर्ने कुरा होइन । तपाईंले एउटा विदेशी विश्वविद्यालयको डिग्री ल्याउनुभएको होला । नेपाली कन्टेक्टको डिग्री हामीसँग छ । कानुनमा छ, म्यानेजमेन्टमा छ, ह्युम्यानिटीजमा छ । हाम्रो लेजिस्लेटर सूर्य पाठक जापानको पीएचडी हो । इन्टरनेशनल डिग्री छ । अनि तपाईंले प्लेनरीमा बसेका मान्छेलाई यी ज्ञान नभएका मानिस हुन्, यिनले कानुन त बनाए होलान् ‘ । तपाईंले त्यहाँबाट हामी गेस्टलाई भन्न मिल्छ ?

ट्रिट फर ट्र्याट हुन्छ मित्र । तपाईंले पढ्नुभएको छ तर बेलायतमा अभ्यास गर्नुभएको छैन । हामी नेपालमा प्राक्टिस गरेका छौं । यो हो कुरा । त्यसकारण यस्ता कुरा गर्नुहुँदैन ।

र, म कान खोलेर सुन्न भन्छु– तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो । भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन । तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई आउन इन्भाइट गरेको हो । यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ । ब्रिटिश गोर्खाको सन्दर्भमा फरक कुरा हो ।

त्यसकारण यहाँ भएको कुराप्रति कृतज्ञता छैन, जहिले पनि धमिलो पानीमा माछा मार्ने, नेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषवमन गर्ने, नकारात्मक धारणा दिने, यही हो तपाईंहरूको काम ?

तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्ट्यान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुछ्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुप¥यो ? यहीं चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं । तपाईंहरूले यस्ता कुरा गर्न सुहाउँदैन ।

डिग्रीको धाक दिनु पनि पर्दैन । नेपालमा नेपाली भाषा चाहिन्छ । नेपालको डिग्री हामी धेरै मानिसले लिएका छौं । त्यसकारण चित्रलेखा दिदीहरू पनि अयोग्य होइन । त्यसैले यस्तो प्लेनरीमा आएर राम्रोसँग सकिएको कुरालाई यो कागजको खोस्टो, नथिङ इल्स (केही पनि होइन), यो कुल आचार्यहरूलाई फाँसी हुन्छ, यही हो सभ्यता ? के सिक्नुभयो ?

विश्वका यस्ता मुलुक घुमेर ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ? बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटोतर्फ नजानुस् । तपाईंहरूले त्यो देशको बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आईएलआर बनाउन ? त्यहाँ गएर भन्न सक्नुहुन्छ ? बेलायतमा तपाईंको स्टाटस जे हो, आज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र ।

नेपालको कानुन कस्तो हुने ? तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो । नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले ।

(दर्शकदीर्घाबाट हल्ला र प्रश्न सुरु हुन्छ– तपाईंलाई कानुन थाहा छ ?) तपाईं ब्रिटिश पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न । नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस् ।

त्यसकारण तपाईंहरूले जान्नुभएको होला, त्यसकारण तपाईंहरूले नेपाली नागरिकतालाई संविधानप्रदत्त सबै अधिकार छ । नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ । संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ । नेपाली बाहेक गैरनेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानवअधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ । त्यसकारण तपाईंहरूको एउटा सोल्जर (सिपाही)को माथि दिमाग नउठेको देखेर म छक्क परें । त्यसकारण यो विषयमा बहस गर्नु चाहिं बेकारको कुरा छ ।

तपाईंहरूले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभएको हो । यो पनि थाहा छ । यस्ता हल्ला, हजार मान्छे डुलाएर आएकै मान्छे हो हामी । दुई जनाले नारा लगाएर के हुन्छ भन्या ? के हुन्छ यहाँ ? त्यसकारण मैले यति कुरा भनें । र अहिले यो नागरिकता विधेयक पास भइसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभएको छ, यो कुरा तपाईंहरूको आपत्तिजनक छ । नलिन चाहनेले लिनुहुन्न । यति कुरा भनेर सकाउँछु । धन्यवाद ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक