राजनीति
कांग्रेस मोरङ जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले के भने
विराटचोकः नेपाली कांग्रेस मोरङको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन हिजो विराटचोकमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला उपस्थित थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले नैतिक शक्ति र आत्मविश्वास गुमाएपछि निराशातिर कार्यकर्ता जाने हुनाले नेतृत्वले नैतिक शक्ति र आत्मविश्वास गुमाउन नहुने बताए ।
अर्का केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले पार्टीमा पुनर्जागरण आवश्यक रहेको बताए । बिपी कोइरालाले स्थापना गरेको पार्टी सोही गतिमा अगाडि बढ्नुपर्ने बताए ।

कांग्रेसको जनाधार कमजोर बन्दै गएको छ । बिपीको जस्तो पार्टी बनाउन सके जनता आफै आकर्षित हुने उनको भनाइ थियो । कांग्रेसले आफूले आफैँलाई विश्वास गर्याे भने जनताले पत्याउने हुनाले कांग्रेसले आत्मविश्वास गुमाउन नहुने उनको भनाइ थियो ।
सम्मेलनमा ३ हजार ५ सय ५५ जना क्षेत्रीय प्रतिनिधि सहभागी थिए । सम्मेलनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकार संविधानको सदुपयोग गरेर गठन भएको बताए । केही भएन भनेर निराशा बाँड्ने र उट्पट्याङ कुरा गर्नेको भीडले कांग्रेसलाई बन्धक बनाउन खोजेको उनको भनाइ थियो ।
कोशी प्रदेशसभामा आफूले गरेको विद्रोहलाई अस्वीकार गर्ने बताएका नेताहरू प्रति लक्षित गर्दै उनले भने, ‘कोशीमा विद्रोह गरेको सरकार होइन संविधानको सदुपयोग गरेको सरकार हो ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री चयन भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा उनी मुख्यमन्त्री चयन भएका हुन् । कांग्रेसले संस्थागत रूपमा माओवादी केन्द्रका सांसद इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि उनी एमालेलगायतका अन्य दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत पाइसकेका छन् ।

प्रदेश कार्यसमिति उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कांग्रेसको जिल्ला सम्मेलनको ब्यानरमा पार्टी अध्यक्षको तस्बिर नभएकोमा आपत्ति प्रकट गरे । उनले आपत्ति प्रकट गर्दै गर्दा ब्यानरमा पार्टी अध्यक्ष शेरबहादुर देउबाको तस्बिर टाँसिदै थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफू मुख्यमन्त्री हुँदा २ अंकको रोचक संयोग भएको सुनाए । २ मतले आफू पराजित भएको, २ महिनामा २ पटक मुख्यमन्त्री भएको र २ महिनामा पूर्व मुख्यमन्त्री भएको उनले उल्लेख गरे । नेपाली राजनीतिमा २ महिनामा २ पटक मुख्यमन्त्री हुने र २ महिनामै पूर्व मुख्यमन्त्री हुने अवसर अरुले शायद नपाउने हुनाले आफूलाई गर्व महसुस भएको र कांग्रेसले पनि यसमा गर्व गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद डा. सुनिल शर्माले हामी कसैको एक रुपैयाँ पनि खाँदैनौँ भन्ने सन्देश कांग्रेसले व्यवहारमा उतार्न सके कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्न सक्ने हिम्मत राख्ने बताए ।
कार्यक्रममा महेश आचार्य केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login