Connect with us
Advertisement

कनकलक्ष्मीको स्थापना दिवसमा सम्मानै सम्मान

Published

on

विराटचोकः ९ वटा सहकारी संस्था एकीकृत भएर बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले चौथो स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । आइतबार सुन्दरहरैंचा ३ स्थित रणकाली मन्दिरको सभाहलमा कार्यक्रमको आयोजना गरी संस्थाले २८ जना व्यक्ति र एउटा समूहलाई सम्मान गरेको हो ।

संस्थाले सहकारीकर्मी घनश्याम खतिवडा र स्व. कृष्णप्रसाद दाहाललाई सम्मान गरेको छ । फँडानी साकोस लेटाङका पूर्व अध्यक्ष खतिवडा बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व सदस्य, महासचिव र सल्लाहकार हुन् । २०४९ सालमा गाविस अध्यक्ष भएका उनी २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।

त्यस्तै, कृष्णप्रसाद दाहाल कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रस्तावित अध्यक्ष हुन् । ९ वटा संस्था एकीकृतको अन्तिम तयारी भइसकेपछि सवारी दुर्घटनामा निधन भएका दाहाल कनकलक्ष्मीमा एकीकृत भएको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य थिए । सो संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक हुँदै सञ्चालक समिति अध्यक्ष भएका दाहाल क्रियाशील सहकर्मीको रुपमा परिचित थिए । दुलारी पञ्चायतको गा.स.स हुनुका साथै सुन्दरपुर गाविसको २ कार्यकाल अध्यक्ष भएका दाहालको सम्मान पत्नी राधा दाहालले ग्रहण गरेकी थिइन् ।

उनीहरुलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, संस्थाले ५ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा सुन्दरहरैंचा ७ की ८९ वर्षीया राधादेवी पोखरेल, सुन्दरहरैंचा ४ का ८९ वर्षीय डम्बरबहादुर पौडेल, सुन्दरहरैंचा ३ की ८८ वर्षीया विष्णुमाया भण्डारी, सुन्दरहरैंचा ४ की ८८ वर्षीया रेनुकादेवी घिमिरे र सुन्दरहरैंचा ७ की ८७ वर्षीया बालकुमारी श्रेष्ठ रहेका थिए ।

उनीहरुलाई दोसल्ला, सम्मानपत्र र नगद १ हजार ५ सय ले सम्मान गरिएको थियो ।

विद्यावारिधी उपाधि प्राप्त गर्ने संस्थाका २ जना शेयर सदस्यलाई कार्यक्रममा सम्मान गरिएको थियो । सुन्दहरैंचा १२ का मोहनबहादुर तुम्बाहाङ लिम्बू र सुन्दरहरैंचा ३ का गणेशराज अधिकारी सम्मानित भएका हुन् । उनीहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस्तै असल ऋण कारोबार गर्ने ४६ जना ऋणीमध्ये गोलाप्रथाबाट ५ जनालाई सम्मानपत्र र १ हजार ५ सय रुपैयाँले सम्मान गरिएको थियो । कार्यक्रममै ५ वर्षीय बालकद्वारा ५ जना ऋणीको नाम गोलामार्फत् तानिएको थियो ।

बढी रेमिट कारोबार गर्ने २ जनालाई सम्मान पत्र र नगद १ हजार ५ सय प्रदान गरिएको थियो । सुन्दरहरैंचा ६ का साबित्रा विश्वकर्मा र फुर्लामु शेर्पा तामाङले सो सम्मान पाएका थिए ।
धेरै लाभांश प्राप्त गर्ने सदस्यहरुलाई पनि नगद १ हजार ५ सय र सम्मानपत्र प्रदान गरिएको थियो । सुन्दरहरैंचा ६ का चिरञ्जीवी रेग्मी र ओमप्रसाद न्यौपानेलाई सो सम्मान प्रदान गरिएको थियो ।

अधिक संरक्षित पूँजी फिर्ता गर्ने ४ जना शेयर सदस्य पनि वार्षिक उत्सवमा सम्मानित भएका थिए । उनीहरुले नगद १ हजार ५ सय र सम्मान पत्र पाए । यस्तो सम्मान सुन्दरहरैंचा ८ का इन्द्रप्रसाद न्यौपाने, सुन्दरहरैंचा ९ का गोविन्दप्रसाद अधिकारी, सुन्दरहरैंचा ६ का ओमप्रसाद अधिकारी र सुन्दरहरैंचा ५ का लल्कु चौधारीले पाए ।

सहकारीका ३५ वटा लघुवित्त समूहमध्ये उत्कृष्ट लघुवित्त समूहको रुपमा घोषित हुँदै गोदावरी महिला समूह सुन्दरहरैंचा ६ ले सम्मान पत्र र नगद ४ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

शेयर सदस्यका सन्तान वा शेयर सदस्य स्वयम्मध्ये कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने ६ जनालाई कदर पत्र र नगद १ हजार ५ सय प्रदान गरिएको थियो ।

सुन्दरहरैंचा १२ का शेयर सदस्य गणेशप्रसाद आचार्यकी छोरी चाहना आचार्य, सुन्दरहरैंचा १२ की दुर्गा रायमाझीका छोरा ईशान खुलाल, सुन्दरहरैंचा ५ की गीता भट्टराईका छोरा संस्कार भट्टराई, सुन्दरहरैंचा ३ का टोलनाथ काफ्लेकी छोरी स्वीकृति काफ्ले, सुन्दरहरैंचा ३ का डाइमण्ड बरुवाल र सुन्दरहरैंचा ५ का किरण बजगाईकी छोरी शैली बजगाईँले सो सम्मान पाएका थिए ।

संस्थाका संस्थापक अध्यक्ष अर्जुनराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सञ्चालक समिति उपाध्यक्ष मातृकाप्रसाद ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव अर्जुनकुमार तिम्सिनाले सञ्चालन गरेका थिए ।

सञ्चालक समितिका अध्यक्ष नागेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कँडेल प्रमुख अतिथि र जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई विशिष्ट अतिथि रहेका थिए ।

संस्था स्थापना दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको मोबाइल बैंकिङ सेवा पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading

Banner

मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,

Published

on

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।

उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।

छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।

वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।

हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।

साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।

‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।

टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक