अर्थ
यी हुन् नेपालले सबैभन्दा धेरै आयात गर्ने १० वस्तु
विराटचोकः नेपालमा चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको सामान आयात भएको छ । नेपालको अर्थतन्त्र आयातमा आधारित हुँदा आयत बढ्दा नै सरकारको राजस्व लक्ष्य समेत परिपूर्ति हुने गरेको छ ।
नेपालले आयात गरेको सामानमा कर उठाएर ४ महिनामा १ खर्ब ३७ अर्ब ८ करोड ५१ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक भन्सार विभागले प्रकाशित गरेको छ ।
आयातबापत यसरी उठ्यो राजस्व
१. डिजेलः ४ महिनामा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको तथ्याङ्क भन्सार विभागले दिएको छ । सो बापत् नेपालबाट ४० अर्ब ३१ करोड २४ लाख ८८ हजार रुपैयाँ बाहिरिएको छ । यो अवधिमा सरकारले डिजेल आयातबाट १४ अर्ब ९१ करोड ४७ लाख ५२ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
२. पेट्रोलः पेट्रोलियम पदार्थ अन्तर्गत नै चार महिनामा २ लाख २३ हजार ८ सय १० किलोलिटर पेट्रोल खपत भएको छ । चार महिनामा पेट्रोल आयात बापत् २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले १२ अर्ब ८८ करोड ७७ लाख ५१ हजार रुपैयाँ राजस्व पाएको छ ।
३. एलपीजी ग्यासः पछिल्लो समय नेपाल विद्युतमा आत्मनिर्भर भनिए पनि घरायसी प्रयोगमा एलपीजी ग्यासको खपत प्रभावकारी रुपमा घटाउन सकिएको छैन । पछिल्लो समय ग्यासको खपत् घट्दो ट्रेन्डमा रहे पनि चार महिनामा १६ करोड ७९ लाख ९४ हजार ७ सय ५६ किलोग्राम ग्यास खपत भएको छ । एलपीजी ग्यास आयात बापत नेपालले १५ अर्ब ४५ करोड ८५ लाख ९७ हजार रुपैयाँ रकम बाहिरिएको छ । नेपालले बिजुलीको बढ््दो प्रयोग र इन्डक्सन चुल्होलाई घरघरमा प्रयोगलाई अझै बढाउने हो भने यो रकम पुरै बचाउन सकिने अवस्था भने छ । यसको लागि नेपाल विद्युत प्राधिकरणले भरपर्दा विद्युत आपूर्ति भने गर्नुपर्नेछ । एलपीजी आयातबाट सरकारले २ अर्ब ८८ करोड ३७ लाख ७८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
४. फलाम तथा स्टील आयातः नेपालमा फलामको खानी रहेको बताइए पनि त्यसको उत्खनन गर्न नसक्दा नेपालले वर्षेनी धेरै फलाम आयात गर्नुपरेको छ । चालु आवको ४ महिनामै ३७ करोड ७६ लाख ४१ हजार १ सय ३७ किलोग्राम फलाम तथा स्टील आयात गर्दा २३ अर्ब ३७ करोड ८३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ । यसबापत् सरकारले ३ अर्ब ३७ करोड ८८ लाख ५३ हजार रुपैयाँ राजस्व पाएको छ ।
५. स्मार्टफोनः मन्दीका बाबजुद पनि चार महिनामा ७ लाख ७१ हजार ३ सय २६ वटा स्र्माटफोन भित्रिएको तथ्याङ्क भन्सार विभागले दिएको छ । स्मार्टफोन आयातबापत् ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले २ अर्ब १४ करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व पाएको छ । सरकारले पछिल्लो समय विदेश भ्रमणमा गएका व्यक्तिहरुले विदेशमा फोन किनेर ल्याउँदा भन्सार तिर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
६. मेडिकल सामानहरुः मेडिकल सम्बन्धि विभिन्न सामानहरु ४७ लाख ६६ हजार २ सय ५९ किलोग्राम आयात गर्दा ४ महिनामा ८ अर्ब ७१ करोड ४५ लाख ८३ हजार रुपैयाँ बाहिर गएको छ । मेडिकल सामानहरुको भन्सार दर कम रहेका कारण सरकारी राजस्व भने ४५ करोड १४ लाख २५ हजार रुपैयाँ मात्रै रहेको छ ।
७. डाइमोनियम फोस्फेट ९ करोड ८३ लाख १ सय ५० किलोग्राम रासायनिक पदार्थ आयात गर्दा ४ महिनामा नेपालले ८ अर्ब ६२ करोड १७ लाख ७४ हजार रुपैयाँ बाहिर पठाएको छ । अर्बौँ रकम बाहिर पठाएको भए पनि यसबापत् सरकारले भन्सारमा १२ हजार रुपैयाँ मात्रै चार्ज गरेको भन्सारको तथ्याङ्कले देखाएको छ ।
८. सुनः चालु आवको पहिलो चार महिनामा १ हजार किलो ५ सय ग्राम वैधानिक तवरबाट नेपाल भित्रिएको छ । यसबापत् नेपालको ढुकुटीबाट ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले १ अर्ब २३ करोड १२ लाख ३७ हजार रुपैयाँ राजस्व पाएको छ ।
९. हवाई इन्धनः चालु आवको पहिलो ४ महिनामा ६१ हजार ६ सय ६४ लिटर हवाइ इन्धन आयात भएको छ । यसबापत् नेपालबाट ६ अर्ब ८४ करोड ३ लाख ४२ हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले ९० करोड ५ लाख ८ हजार रुपैयाँ राजस्व पाएको छ ।
१०. कच्चा भटमास तेलः नेपालले धेरै रकम खर्च गर्ने वस्तुहरु मध्ये दशौं नम्बरमा कच्चा भटमास तेल पनि परेको छ । चार महिनामा नेपालले ५ अर्ब ७६ करोड ५८ लाख ७१ हजार रुपैयाँको ३ करोड ८० लाख ३ हजार १ सय ६८ लिटर कच्चा भटमासको तेल आयात गरेको छ । कच्चा भटमास तेल, कच्चा पाम तेल निर्यात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेकोमा पछिल्लो समय भारतले पाम तेल आयातमा भन्सार वृद्धि गरेका कारण नेपाल निर्यात व्यापार बढ्न सकेको छैन । नेपालले कच्चा भटमास तेल आयातबाट सरकारले १ अर्ब १७ करोड ५६ लाख २१ हजार रुपैयाँ राजस्व पाएको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login