Connect with us
Advertisement

यी हुन् नेपालले सबैभन्दा धेरै आयात गर्ने १० वस्तु

Published

on

विराटचोकः नेपालमा चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको सामान आयात भएको छ । नेपालको अर्थतन्त्र आयातमा आधारित हुँदा आयत बढ्दा नै सरकारको राजस्व लक्ष्य समेत परिपूर्ति हुने गरेको छ ।

नेपालले आयात गरेको सामानमा कर उठाएर ४ महिनामा १ खर्ब ३७ अर्ब ८ करोड ५१ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक भन्सार विभागले प्रकाशित गरेको छ ।

आयातबापत यसरी उठ्यो राजस्व

१. डिजेलः ४ महिनामा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको तथ्याङ्क भन्सार विभागले दिएको छ । सो बापत् नेपालबाट ४० अर्ब ३१ करोड २४ लाख ८८ हजार रुपैयाँ बाहिरिएको छ । यो अवधिमा सरकारले डिजेल आयातबाट १४ अर्ब ९१ करोड ४७ लाख ५२ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

२. पेट्रोलः पेट्रोलियम पदार्थ अन्तर्गत नै चार महिनामा २ लाख २३ हजार ८ सय १० किलोलिटर पेट्रोल खपत भएको छ । चार महिनामा पेट्रोल आयात बापत् २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले १२ अर्ब ८८ करोड ७७ लाख ५१ हजार रुपैयाँ राजस्व पाएको छ ।

३. एलपीजी ग्यासः पछिल्लो समय नेपाल विद्युतमा आत्मनिर्भर भनिए पनि घरायसी प्रयोगमा एलपीजी ग्यासको खपत प्रभावकारी रुपमा घटाउन सकिएको छैन । पछिल्लो समय ग्यासको खपत् घट्दो ट्रेन्डमा रहे पनि चार महिनामा १६ करोड ७९ लाख ९४ हजार ७ सय ५६ किलोग्राम ग्यास खपत भएको छ । एलपीजी ग्यास आयात बापत नेपालले १५ अर्ब ४५ करोड ८५ लाख ९७ हजार रुपैयाँ रकम बाहिरिएको छ । नेपालले बिजुलीको बढ््दो प्रयोग र इन्डक्सन चुल्होलाई घरघरमा प्रयोगलाई अझै बढाउने हो भने यो रकम पुरै बचाउन सकिने अवस्था भने छ । यसको लागि नेपाल विद्युत प्राधिकरणले भरपर्दा विद्युत आपूर्ति भने गर्नुपर्नेछ । एलपीजी आयातबाट सरकारले २ अर्ब ८८ करोड ३७ लाख ७८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

४. फलाम तथा स्टील आयातः नेपालमा फलामको खानी रहेको बताइए पनि त्यसको उत्खनन गर्न नसक्दा नेपालले वर्षेनी धेरै फलाम आयात गर्नुपरेको छ । चालु आवको ४ महिनामै ३७ करोड ७६ लाख ४१ हजार १ सय ३७ किलोग्राम फलाम तथा स्टील आयात गर्दा २३ अर्ब ३७ करोड ८३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ । यसबापत् सरकारले ३ अर्ब ३७ करोड ८८ लाख ५३ हजार रुपैयाँ राजस्व पाएको छ ।

५. स्मार्टफोनः मन्दीका बाबजुद पनि चार महिनामा ७ लाख ७१ हजार ३ सय २६ वटा स्र्माटफोन भित्रिएको तथ्याङ्क भन्सार विभागले दिएको छ । स्मार्टफोन आयातबापत् ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले २ अर्ब १४ करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व पाएको छ । सरकारले पछिल्लो समय विदेश भ्रमणमा गएका व्यक्तिहरुले विदेशमा फोन किनेर ल्याउँदा भन्सार तिर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

६. मेडिकल सामानहरुः मेडिकल सम्बन्धि विभिन्न सामानहरु ४७ लाख ६६ हजार २ सय ५९ किलोग्राम आयात गर्दा ४ महिनामा ८ अर्ब ७१ करोड ४५ लाख ८३ हजार रुपैयाँ बाहिर गएको छ । मेडिकल सामानहरुको भन्सार दर कम रहेका कारण सरकारी राजस्व भने ४५ करोड १४ लाख २५ हजार रुपैयाँ मात्रै रहेको छ ।

७. डाइमोनियम फोस्फेट ९ करोड ८३ लाख १ सय ५० किलोग्राम रासायनिक पदार्थ आयात गर्दा ४ महिनामा नेपालले ८ अर्ब ६२ करोड १७ लाख ७४ हजार रुपैयाँ बाहिर पठाएको छ । अर्बौँ रकम बाहिर पठाएको भए पनि यसबापत् सरकारले भन्सारमा १२ हजार रुपैयाँ मात्रै चार्ज गरेको भन्सारको तथ्याङ्कले देखाएको छ ।

८. सुनः चालु आवको पहिलो चार महिनामा १ हजार किलो ५ सय ग्राम वैधानिक तवरबाट नेपाल भित्रिएको छ । यसबापत् नेपालको ढुकुटीबाट ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले १ अर्ब २३ करोड १२ लाख ३७ हजार रुपैयाँ राजस्व पाएको छ ।

९. हवाई इन्धनः चालु आवको पहिलो ४ महिनामा ६१ हजार ६ सय ६४ लिटर हवाइ इन्धन आयात भएको छ । यसबापत् नेपालबाट ६ अर्ब ८४ करोड ३ लाख ४२ हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले ९० करोड ५ लाख ८ हजार रुपैयाँ राजस्व पाएको छ ।

१०. कच्चा भटमास तेलः नेपालले धेरै रकम खर्च गर्ने वस्तुहरु मध्ये दशौं नम्बरमा कच्चा भटमास तेल पनि परेको छ । चार महिनामा नेपालले ५ अर्ब ७६ करोड ५८ लाख ७१ हजार रुपैयाँको ३ करोड ८० लाख ३ हजार १ सय ६८ लिटर कच्चा भटमासको तेल आयात गरेको छ । कच्चा भटमास तेल, कच्चा पाम तेल निर्यात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेकोमा पछिल्लो समय भारतले पाम तेल आयातमा भन्सार वृद्धि गरेका कारण नेपाल निर्यात व्यापार बढ्न सकेको छैन । नेपालले कच्चा भटमास तेल आयातबाट सरकारले १ अर्ब १७ करोड ५६ लाख २१ हजार रुपैयाँ राजस्व पाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज बजेट पारित गरिँदै,

Published

on

प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।

त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।

सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।

रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।

रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।

Continue Reading

Banner

नोबेलमा आधुनिक छाला उपचार सेवा

Published

on

 

नोबेलमा आधुनिक छाला उपचार सेवा

नोबेल अस्पतालमा अत्याधुनिक प्रविधिद्वारा छाला तथा सौन्दर्य उपचार

विराटनगरस्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालन गरिरहेको छ । यहाँ छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिन्छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा आएका रौं हटाउने तथा आवश्यक स्थानमा रौं उमार्नेसम्मका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनीष प्रधानका अनुसार छाला उपचारलाई मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ । एउटा कन्भेन्सनल र अर्को कस्मेटिक डर्माटोलोजी । नोबेल अस्पतालमा यी दुवै प्रकारका सेवा उपलब्ध छन् । कन्भेन्सनल डर्माटोलोजी रोगको पहिचान तथा उपचारमा केन्द्रित क्षेत्र हो । यसअन्तर्गत एलर्जी, छालामा आउने ¥यास, डण्डिफोर, लुतो, पिलो तथा घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको उपचार गरिन्छ ।
त्यसैगरी कस्मेटिक डर्माटोलोजी छालाको सौन्दर्य अभिवृद्धि तथा आकर्षण बढाउने उपचारसँग सम्बन्धित छ । यसअन्तर्गत लेजर, बोटोक्स, फिलर तथा छालाको सौन्दर्य बढाउने विभिन्न उपचार पर्छन् । डा. प्रधानका अनुसार सौन्दर्यप्रति चासो बढ्दै जाँदा यस्ता सेवा लिन आउनेहरूको संख्या पनि उल्लेखनीय रूपमा बढिरहेको छ । यहाँ आउने धेरैजसो व्यक्तिहरू रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि सेवा लिन आउने गर्दछन् । विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर आउने गरेका छन् । कतिपय अवस्थामा यस्तो समस्या कुनै रोगका कारण पनि हुनसक्छ । यहाँ ती रोगको पहिचान गरेर उपचार गरिन्छ ।
नोबेल अस्पतालमा छाला रोगको उपचार सेवा सुरु भएको करिब दुई दशक भइसकेको छ । उपचारपछि धेरैजना सन्तुष्ट हुने र अरूलाई पनि सिफारिस गरेर ल्याउने गरेको अनुभव डा. प्रधानको छ । धेरैजसो उपचार एकपटक मात्र गरेर पुग्दैन, आवश्यकता अनुसार पटक–पटक गर्नुपर्ने हुन्छ । यहाँ आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सीसमेत गरिन्छ । साथै अत्याधुनिक प्रविधिमार्फत कार्बन पिलिङ र हाइड्राफेसियलद्वारा छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि उपलब्ध छ । टाटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिन्छ । त्यसैगरी कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाइअक्साइड लेजर वा आवश्यक परे शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । डण्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग गरिन्छ । कपालसम्बन्धी विभिन्न समस्याको उपचारका लागि पनि यहाँ विशेष सेवा उपलब्ध छ । सेवाग्राहीहरू कपाल झर्ने वा कपाल नउम्रिने समस्या लिएर उपचारका लागि आउने गर्छन् । लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने डा. प्रधान बताउँछन् । साथै बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचार पनि गरिन्छ । दुबी (सेतो दाग) को उपचारका लागि औषधि तथा फोटोथेरापी विधि प्रयोग गरिन्छ ।
नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास बढाउन आधुनिक प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्दै आएको डा. प्रधानको भनाइ छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक