Connect with us
Advertisement

ल्होसारको अवसरमा मादीमा फुटबल प्रतियोगितासँगै सांस्कृतिक साँझ हुने

Published

on

मादीः तमू ल्होसारको अवसर पारेर संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नव सिर्जना प्रगतिशील युवा क्लबले पुस १२ गतेदेखि १५ गतेसम्म मादीको वडा नम्बर ७ बाघामा प्रतियोगिता सञ्चालन गर्ने भएको हो । प्रतियोगितामा स्थानीय तथा नगर बाहिरका क्लबहरुले प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले शिल्ड र प्रमाणपत्रका साथै नगद १ लाख ११ हजार १ सय ११ र दोस्रो हुनेले टोलीले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । सेमीफाइनल पुग्ने अन्य दुई टोलीलाई प्रति टोली २० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । नगर बाहिरका क्लबहरुलाई यातायात खर्च वापत प्रति टोली ५ हजार उपलब्ध गराइने भएको छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी उचित नगद पुरस्कार दिइने क्लबका कोषाध्यक्ष दा छिरि शेर्पाले जानकारी दिए ।

हरेक वर्ष ल्होसारको अवसरमा आयोजना हुँदै आएको ल्होसार सांस्कृतिक साँझ पुस १५ गते हुने भएको छ । कार्यक्रममा स्थानीयसँगै राष्ट्रिय स्तरका कलाकारको समेत साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । समितिका अनुसार कार्यक्रममा गायककारहरु सबिना योङ्हाङ लिम्बू, खुस्बु गुरुङ र थिरज राईको प्रस्तुति रहने भएको छ । स्थानीय कलाकारहरुले पनि नृत्य, गायनका अतिरिक्त अन्य प्रतिभाहरु प्रस्तुत गर्ने भएका छन् ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक