Connect with us
Advertisement

लक्ष्मीमार्गमा भोलिदेखि सांस्कृतिक तथा औद्योगिक महोत्सव हुने

Published

on

बेलबारीः डाँगीहाट युथ क्लबको आयोजनामा भोलिदेखि बेलबारीको लक्ष्मीमार्गमा लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव हुने भएको छ । लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा हुने महोत्सवको प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गर्ने भएका छन् ।

महोत्सवमा खानपानतर्फ १० वटा र प्रदर्शनीतर्फ १५ वटा स्टल रहने मेला संयोजक तथा क्लबका अध्यक्ष ज्ञानुराज राईले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवमा दिउँसो जाने अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको र साँझमा हुने साङ्गीतिक कार्यक्रमको समयमा भने टिकटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

स्थानीय कलाकारको प्रतिभा प्रस्फुटनको वातावरण बनाउन, स्थानीय जातिको पहिरन र खानपानको विशेषता चिनाउन तथा स्थानीय व्यवसाय र उद्योगको प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने सचिव शम्भु बस्नेतले बताए । उनका अनुसार हरेक साँझ स्थानीय तथा आमन्त्रित कलाकारले महोत्सवमा साङ्गीतिक मनोरञ्जन प्रदान गर्नेछन् ।

कार्यक्रममा ४१ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक शिवकुमार राईले बताए । महोत्सवमा सङ्कलित रकमको हिसाबकिताब दुरुस्त राख्न लेखा उपसमिति गठन गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा राजेश पायल राई, मेलिना राई, एलिना चौहान, रचना रिमाल, सबिन राईलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

महोत्सव सञ्चालनपछि रकम बचत भएमा जनप्रतिनिधि र सामाजिक संघसंस्थासँग राय लिई सामाजिक काममा खर्च गरिने आयोजकले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

एनपीएलमा आज दुई खेल

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक