कला / साहित्य
चलचित्र ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक, मंसिर ३० मा इटहरीमा प्रिमियम शो
इटहरीः तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चलचित्र ‘चारदाम’ को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ । इटहरीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले ट्रेलर र ‘मेरो अङ्गालोमा’ बोलको गीत सार्वजनिक गरेको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।
सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नामम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ ।
ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रमम नेपाल तामाङ घेदुङका केन्द्रीय संरक्षक सदस्य मनु मोक्तान, लक्ष्मण मोक्तान, जिल्ला उपाध्यक्ष हस्त पाख्रीन, नगर अध्यक्ष मोहन लोप्चन, महिला नगर अध्यक्ष कोपिला घिसिङ, संघीय सदस्य जानुकला पाख्रीन, फिल्म नाङ्साल निर्माता तथा कलाकार गणेश योञ्जन तामाङको उपस्थिति रहेको थियो ।
चलचित्रको मंसिर ३० गते इटहरीमा प्रिमियर शो गरिने भएको छ । इटहरीपछि काठमाडौ, पोखरा, भोजपुर, धरान, बेलबारी लगयतका ठाउँमा प्रिमियर शोको तयारी भएको बताइएको छ ।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रमा ३ ओटा गीत समावेश छ । ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योञ्जन तामाङ, मदन राई, शान्ति पाख्रीन, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बरकुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।
मैना घिसिङ, मदनबहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा दीपक लिम्बू, मुना ठटाल, पूर्ण लिम्बू, जोनी तामाङ र पदम ग्याबाले गीत गाएका छन् । प्रेमकृष्ण बजगाई र जोनी योञ्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पूर्ण लिम्बूको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलको शृङ्गार चलचित्रमा देख्न सकिन्छ ।
Facebook Comment
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login