Connect with us
Advertisement

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मलेसिया संस्करण सम्पन्न

Published

on

क्वालालम्पुर, मलेसियाः क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, को मलेसिया संस्करण सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडलको प्रमुख आतिथ्यतामा सो अवार्ड समारोहमा सम्पन्न भएको हो । सो अवार्डको ग्रान्ड फिनाले नेपाल संस्करण भने यसै महिनाको अन्तिममा नेपालमा आयोजना गरिने भएको छ ।

क्वालिटी फिल्मस्द्वारा आयोजित सो समारोहमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिएको थियो । समारोहमा राष्ट्रिय भावको सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘देशलाई माया गर…’ बाट पुरुषोत्तम बस्नेतले, लोकगीत गीतकारको जुरी अवार्ड ‘जिस्केर मस्केर…’ गीतबाट डब्बु क्षत्रीले, लोक तथा दोहोरी गीत सर्वोत्कृष्ट गीतकारको अवार्ड अनाथ गीतबाट सागर रेग्मीले जिते ।

सोही समारोहमा उत्कृष्ट पप गीत गायिकाको अवार्ड सम्झनाको मफलरबाट गायिका नितु पुनले, सर्वोत्कृष्ट भेगविशेष गीत गायकको अवार्ड ओई सालीबाट सानु पुलामी मगर (चीन बहादुर) ले, सर्वोत्कृष्ट लोक गीत एरेन्जरको अवार्ड पत्ताको के जोराबाट डोलराज बाह्राघरेले, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाई सन्चो गीतको भिडियोबाट एकेन्द्र सारा शँकरले, लोक तथा लोक दोहोरी गीत म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड माईतीको झलिकोबाट नरेन्द्र पुनले, उत्कृष्ट फोटोग्राफर तथा फोटो पत्रकारको अवार्ड ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले हासिल गरे ।

कार्यक्रमका निर्णायकमध्ये दुई जना निर्णायक गायक नवीनकुमार पौडेल र गीतकार शिव पौडेललाई प्रमाणपत्र प्रदान गरिएको थियो । निर्णायक पौडेलले समारोहमा आफ्ना गीत प्रस्तुत गरेका थिए ।

सोही समारोहमा लायन सुनकुमारी श्रेष्ठलाई समाजसेवी सम्मान, गीतकार÷गायक÷ कलाकार तथा चलचित्र निर्माता नवराजजँग थापालाई बरिष्ट कलाकार सम्मान, समाजसेवी रामबहादुर सारा शँकरलाई सामाजिक अभियन्ता सम्मान, व्यवसायी दोरनकुमार गौचनलाई युवा व्यवसायी सम्मान, महिला व्यवसायी दीक्षा तुलाचन गौचनलाई महिला व्यवसायी सम्मान प्रदान गरियो ।

मलेसियामा रहेर नेपालीहरुलाई विभिन्न सहयोग गर्दै आएका व्यक्तिहरु पनि कार्यक्रममा सम्मानित भए । यसरी सम्मानित हुनेहरुमा सामाजिक अभियन्ता तथा असल छिमेकी सेवा समाजका अध्यक्ष पूर्ण सुब्बा योङहाङलाई अन्तराष्ट्रिय व्यवसायी तथा समाजसेवी सम्मान, गोर्खा रेष्टुरेन्ट रावाङका अध्यक्ष एवम् व्यवसायी दुर्गाबहादुर गुरुङ (राज)लाई अन्तराष्ट्रिय व्यवसायी तथा समाजसेवी सम्मान, पत्रकार ईश्वर राईलाई पत्रकारिता तथा सामाजिक अभियन्ता सम्मान, डी काष्ठमाण्डप क्याफे बुकित विन्ताङलाई मौलिक नेपाली खाना सेवा सम्मानबाट सम्मानित गरियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले सबैलाई अवार्ड तथा सम्मान प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौडेलले नेपाली गीत संगीत तथा कलाकारलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रोत्साहन गर्ने बताए । आगामी दिनमा मलेसियामा यस्तो कार्यक्रम आयोजना गर्न दूतावासका तर्फबाट आफूहरुले पनि सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

अवार्ड आयोजक तथा क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष उमेश गुरुङले नेपाली गीत संगीत तथा चलचित्रलाई अन्तराष्ट्रिय बजारमा प्रोत्साहन गर्न तेस्रो संस्करणको यो अवार्ड मलेसियामा आयोजना गरिएको जनाए ।

कार्यक्रमकी नेपाल संयोजक सरिता भारतीको व्यवस्थापनमा भएको सो कार्यक्रमलाई विलक्षण क्रियसनले व्यवस्थापन गरेको थियो । कार्यक्रममा हिमालयन बैंक मलेसियाका ब्रान्च म्यानेजर प्रदीप आचार्यलगायतले नेपाली गीत संगीतको प्रवर्धनमा यस्ता कार्यक्रम निकै उपयुक्त हुने बताए ।

सो समारोहलाई एनआरनए मलेशिया, गोर्खा समाज मलेशिया, तमु समाज मलेशिया, असल छिमेकी सेवा समाज मलेशिया, टप गन सेक्युरिटीलगायत विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक