Connect with us
Advertisement

पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु

Published

on

देशको पूर्वी नाकाबाट नेपाल–भारत सीमा स्तम्भ मर्मत र रंगरोगनको काम सोमबारदेखि सुरु भएको छ । नेपाल तथा भारतका सुरक्षा संयन्त्रको संयुक्त उपस्थितिमा मेचीनगर र भद्रपुर नगरपालिकाका नगर प्रमुखहरूले मेचीनगर नगरपालिका वडा नम्बर–७ स्थित सीमा स्तम्भको मर्मत र रंगरोगनको काम थालनी गरेका हुन् । सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति डअीाईजी अञ्जनीकुमार पोखरेलले कोशी प्रदेशमै पहिलो पटक नेपाल र भारतको सीमाना छुट्याउने सीमा स्तम्भको मर्मत सम्हारसँगै रंगरोगन थालनी गरिएको जनाए । उनले भारतसँग सीमा जोडिएका कोशी प्रदेशका सबै जिल्लाको सीमा स्तम्भलाई व्यवस्थित गरिने जनाए ।

डीआईजी पोखरेलले सीमामा हुने आपराधिक गतिविधि, तस्करी नियन्त्रण र सीमाको सुरक्षामा सशस्त्र प्रहरी सदैव अग्रमोर्चामा खटिने जनाए । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमान्डेन्ट नवीनकुमार राई, सशस्त्र प्रहरी नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललगायतको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

श्रीकृष्ण प्रणामि बाल सेवा आश्रम सलकपुरको ५२ औं बार्षिक महोत्सब सम्म्पन्न भएको छ ।

Published

on

श्रीकृष्ण प्रणामि मन्दिरको ५२ औं बार्षिक महोत्सब सम्म्पन्न भएको छ ।


श्रीकृष्ण प्रणामि बाल सेवा आश्रम सलकपुरको ५२ औं बार्षिक महोत्सब श्रीमत्त तारतम सागरको १०८ पाठ सप्ताह व्यापि पुरायण सहित बिभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै अक्षय तृतियको दिन समापन भएको छ । बाइज्युराज संघ एकाई समिति सलकपुरद्वारा आयोजित उक्त सप्ताह कार्यक्रममा १०८ तारतम सागर को पाठ स्थानिय १०८ ब्रह्ममुनिद्वारा पाठ भएको थियो । पाठ पारायण सम्पन्न पछि औपचारिक कार्यक्रम गरि अक्षय तृतिय मेला सहित बार्षिक महोत्सब मनाइएको कार्यक्रम संयोजक गंगादेवि बास्तोलाज्युले जानकारी दिनु भएको थियो । मुक्तिधाम इटहरिका श्री १०८ कृष्णदास महाराजजिको आतिथ्य साधु संत मोहनानन्द जि महाराज, हंसदास महाराज, फणिन्द्र महाराज, माताजि राधा, नर्वदा, बेनबाई, राजन महाराज, स्थानिय महाराज रंजनराज महाराज, मन्दिरका मुख्य सञ्चालक सन्त मनोज मधुकर महाराज्ज्युले कथा प्रवचन का साथ सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाई, पुर्व नगर प्रमुख शिवप्रसाद ढकाल, वडा अध्यक्षज्यु , मन्दिरका अध्यक्ष कृष्ण बास्तोला, पुर्व अध्यक्ष रामप्रसाद गजुरेल, उद्वब रिजाल, पुर्ण प्रसाद ढकाल, सेवा समितिका , प्रतिष्ठान नेपालका , बाईज्युराज संघका , युवा परिषदका , बाल सञ्जालका पदाधिकारि तथा सदस्य सहित बिभिन्न सामाजिक व्यक्तित्वको बृहत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बाईज्युराज संघ मोरङ उपाध्यक्ष देवि पौडेल ज्यु ले सञ्चालन गर्नु भएको थियो ।

Continue Reading

Banner

राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ ।

Published

on

राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ । 😮

Continue Reading

Banner

आज – २८ बैशाख २०८१ शुक्रवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैझमेलाको अवस्था पनि आउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यमा सहभागिता जनाइने छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक