Connect with us
Advertisement

८ जना फरार प्रतिवादी पक्राउ

Published

on

विराटनगरः झापा र मोरङ जिल्लाका छुट्टाछुट्टै स्थानबाट विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रक्राउ अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।

अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पशुपंक्षी मुद्दामा जिल्ला अदालत झापाबाट २०७८ पुस २२ गतेको फैसलाले ४ महिना ११ दिन कैद भई फरार रहेका दमक– ३ का ३६ बर्षीय खगेन्द्र दुलाललाई पक्राउ गरेको हो ।

सोही मुद्दामा २०७९ चैत ३० गतेको फैसलाले जनही ११ महिना १० दिन कैद फैसला भई फरार रहेका अर्जुनधारा– ७ का ३० बर्षीय वीरबहादुर दनुवार र अर्जुनधारा– ५ का २१ वर्षीय भोटे भन्ने इमोन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले डाका मुद्दामा मोरङ जिल्ला अदालतबाट २०७९ बैशाख ४ गतेको फैसलाले २ महिना ६ दिन कैद र नगद ३ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका केराबारी– ६ का २१ वर्षीय रोजिस राईलाई पक्राउ गरेको हो ।

कुटपिट अंगभंग मुद्दामा २०७८ पुस २० गतेको फैसलाले नगद १० हजार रुपैयाँ जरिवाना तथा ७ दिन कैद भएका २३ वर्षीय विकास मुकारुङ राई लाई पक्राउ गरेको हो । जालसाँजी मुद्दामा २०७८ पुस १४ गतेको फैसलाले नगद ५ हजार रुपैयाँ जरिवाना भएका ५२ वर्षीय मदन अर्याललाई पनि सो टोलीले पक्राउ गरेको छ ।

यसैगरी, प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा नगद ६ हजार ५ सय जरिवाना र २ महिना ७ दिन कैंद तोकिएका कटहरी गाउँपालिका– १ का २८ वर्षीय करण श्रेष्ठ र सार्वजनिक मुद्धामा १ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएका ४५ वर्षीय भुपाल यादवलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

Published

on

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ ।

युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ ।

एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको पर्दाफास भएको बताउँदै उनीहरूले जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ ।

एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ ।

फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् ।

माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा अगस्ट २०२३ मा पक्राउ गरिएको थियो । उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो ।

Continue Reading

Banner

च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

Published

on

यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब बोरुसिया डर्टमन्ड फाइनलमा पुगेको छ । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । उसका म्याट्स हुमेल्सले खेलको ५० औँ मिनेटमा गोल गरे ।

यसअघि भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० को अग्रता लिएको थियो । समग्रमा २–० को जितसहित डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अर्काे सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा हुनेछ ।

Continue Reading

Banner

आज – २५ बैशाख २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक