Connect with us
Advertisement

हिमालयन रि इन्स्योरेन्सको आईपिओ मंसिर २७ गतेदेखि खुल्ला हुने

Published

on

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले (मंसिर २७ गतेदेखि) आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ ।

सो मध्यमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरिसकेको छ ।

सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । सो समय भित्रमा जारी शेयर बिक्री नभएमा ढिलामा पुस ११ गतेसम्म आवेदन गर्न सकिने छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्। ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

Published

on

नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

Published

on

सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २००  रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading

Banner

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

Published

on

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।

दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।

पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक