Connect with us
Advertisement

अश्लील फिल्म निर्माणमा देखिएन शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको संलग्नता

Published

on

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राले आफूमाथि लागेको आरोपमा सफाइ पाउने देखिएको छ। व्यापारीसमेत रहेका कुन्द्रामाथि अश्लील फिल्म बनाएको तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोप थियो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार इनफोर्समेन्ट डाइरेक्टरेटले यो घटनामा अनुसन्धान गरिरहेको थियो। अनुसन्धानले यो मामिलामा उनको कुनै प्रत्यक्ष संलग्नता नदेखिएको र उनीविरूद्ध कुनै प्रमाण फेला नपरेको देखाएको टाइम्स नाउ न्युजले जनाएको छ।

सन् २०२१ मा राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए। झन्डै दुई महिना जेल बसेर उनी जमानतमा रिहा भएका थिए।
मुम्बई प्रहरीका अनुसार क्राइम ब्रान्चमा आएको एउटा उजुरीको अनुसन्धानका क्रममा राज कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको थियो।

राजले सुरूदेखि नै आफूमाथि झूटो आरोप लागेको बताउँदै आएका थिए।

जेलबाट छुटेपछि उनी लामो समय आफ्नो अनुहारमा मास्क लगाएर हिँडे। सञ्चारमाध्यम र पत्रकारहरूको क्यामरामा उनले अनुहार सार्वजनिक गरेनन्। यसले पनि उनलाई निकै चर्चा दिलाएको थियो।

केही समयअघि मात्र एक स्ट्यान्डअप कमेडीमार्फत् उनले आफ्नो मास्क उतारेका थिए। त्यसयता भने उनी मास्क नलगाई हिँड्न थालेका हुन्।

राज कुन्द्राले आफ्नो जेल बसाइको अनुभवलाई फिल्मका रूपमा उतार्ने समेत बताएका छन्।

सन् १९७५ मा बेलायतमा जन्मेका राज कुन्द्रा सफल ब्रिटिस-एसियन व्यवसायी हुन्। उनको पुर्ख्यौली इतिहास भारतको पंजाबसँग जोडिएको छ। उनका बुबा बालकृष्ण कुन्द्रा लुधियानाका हुन्। कामको सिलसिलामा बालकृष्ण बेलायत पुगे। बस कन्डक्टरको कामसमेत गरेका उनले पछि आफ्नै व्यवसाय सुरू गरे।

पढाइभन्दा व्यवसायमा रूचि भएका राज कुन्द्राले बुबाकै बाटो पछ्याए।
राज कुन्द्रा कलेज ड्रप आउट हुन्। बिबिसी हिन्दीका अनुसार व्यवसायमा राज कुन्द्राको भाग्य नेपाली पस्मिनाको व्यापारबाट चम्किएको हो। बेलायत र भारतका सेलिब्रेटीसँग राम्रो सम्बन्ध भएका राज कुन्द्राले त्यहाँका फेसन उद्योग र सिनेमा क्षेत्रमा पस्मिनाको व्यापार फैलाए। यस क्षेत्रमा बलियो पकड बनाएपछि उनको उनको व्यवसायले छोटो समयमै लामो छलाङ मारेको हो। केही वर्षमै बेलायत र भारत हुँदै उनको व्यवसाय संसारका थुप्रै देशमा फैलियो।

हाल राज कुन्द्रा बिजनेस स्टील प्लान्ट, फेसन उद्योग, रियल इस्टेट, कन्स्ट्रक्सन, फोरेक्स इन्भेस्टमेन्ट र खेलकुद क्षेत्रमा लगानी गरेका छन्। उनी हीरा व्यापारी पनि हुन्। उनको व्यवसाय रूस, युक्रेन, संयुक्त अरबलगायत क्षेत्रमा फैलिएको बताइन्छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

श्रेष्ठको प्रस्तुति,भट्टराईलाई सम्मान

Published

on

नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् ।

मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि ‘स्रष्टासँग शनिवार’ कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् ।

खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, लेटाङ, मिक्लाजुङ, उर्लाबारी लगायतका विभिन्न ठाउँबाट सहभागी स्रष्टाहरूलाई प्रतिनिधिमूलक ढंगले फुटकर रचनावाचनमा सहभागी गराउने आयोजकको भनाइ छ।

साहित्य,कला र सङ्गीतप्रेमी हरेक दर्शक-स्रोताले उपस्थिति जनाउन पाउने र कुनै प्रवेश शुल्क नराखिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा गीतसङ्गीतको समेत प्रस्तुति रहनेछ।

Continue Reading

Banner

स्वर्गीय गणेश रसिकको सम्झना गर्दै नझरेका फूलहरुको आयोजनामा विराटचोकमा श्रद्धाञ्जली साँझ

Published

on

गायक स्वर्गीय गणेश रसिकको सम्झनामा नझरेका फूलहरुको आयोजनामा शनिबार विराटचोकस्थित प्लानेट लाउञ्जमा श्रद्धाञ्जली साँझ सम्पन्न भएको छ ।

भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राईको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य आकर्षण गायक लाक्पा शेर्पा हुनुहुन्थ्यो । सो श्रद्धाञ्जली साँझमा शेर्पाले स्वर्गीय रसिकको एउटा तथा आफ्ना केही गीत प्रस्तुत गर्नुभएको थियो । गायक शेर्पालाई यमुना पराजुलीले गायनमा साथ दिनुभएको थियो ।

स्वर्गीय रसिकको व्यक्तित्व र साङ्गीतिक यात्राका बारेमा सञ्चारकर्मी लक्ष्मी मादेनले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा गायक सञ्जीव धिमाल, दुर्गा पराजुली र यमुना पराजुलीले स्वर्गीय रसिकका केही गीत गाउनुभएको थियो । नझरेका फूलहरुका अध्यक्ष केपी घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रम साँझ साढे सात बजे शुरु भएर झण्डै तीन घण्टा सञ्चालन भएको थियो ।

Continue Reading

Banner

सुन्दरहरैंचामा भोलिदेखि गोदावरी रिसोर्ट सञ्चालनमा आउने

Published

on

नयाँ वर्षको अवसर पारेर भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालित त्रिवेणी रिसोर्टमा सञ्चालकहरू परिवर्तन भएसँगै नाम परिवर्तन गरेर रिसोर्ट सञ्चालन हुने भएको हो ।

रिसोर्ट सञ्चालनको पूर्व सन्ध्यामा आज रिसोर्ट परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आउने भएको हो । १० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रकृति र मनोरञ्जनको उत्कृष्ट संयोजन रहेको हुनाले अतिथिलाई आरामदायी वातावरणमा अद्वितीय अनुभव दिने लक्ष्य राखेको रिसोर्ट सञ्चालक रमेश खड्काले जानकारी दिनुभयो ।

रिसोर्ट परिसरको रेष्टुरेन्टमा नेपाली तथा विदेशी परिकारको स्वाद लिन सकिने तथा लजमा आरामदायी कोठाहरु रहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा बाल उद्यान, बोटिङ तथा सेमिनार हल पनि उपलब्ध रहेका छन् ।

कोशी प्रदेश सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८२ लाई प्रवर्द्धन गर्न रिसोर्टले भूमिका खेल्ने सञ्चालकको भनाइ छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक