Connect with us
Advertisement

अश्लील फिल्म निर्माणमा देखिएन शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको संलग्नता

Published

on

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राले आफूमाथि लागेको आरोपमा सफाइ पाउने देखिएको छ। व्यापारीसमेत रहेका कुन्द्रामाथि अश्लील फिल्म बनाएको तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोप थियो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार इनफोर्समेन्ट डाइरेक्टरेटले यो घटनामा अनुसन्धान गरिरहेको थियो। अनुसन्धानले यो मामिलामा उनको कुनै प्रत्यक्ष संलग्नता नदेखिएको र उनीविरूद्ध कुनै प्रमाण फेला नपरेको देखाएको टाइम्स नाउ न्युजले जनाएको छ।

सन् २०२१ मा राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए। झन्डै दुई महिना जेल बसेर उनी जमानतमा रिहा भएका थिए।
मुम्बई प्रहरीका अनुसार क्राइम ब्रान्चमा आएको एउटा उजुरीको अनुसन्धानका क्रममा राज कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको थियो।

राजले सुरूदेखि नै आफूमाथि झूटो आरोप लागेको बताउँदै आएका थिए।

जेलबाट छुटेपछि उनी लामो समय आफ्नो अनुहारमा मास्क लगाएर हिँडे। सञ्चारमाध्यम र पत्रकारहरूको क्यामरामा उनले अनुहार सार्वजनिक गरेनन्। यसले पनि उनलाई निकै चर्चा दिलाएको थियो।

केही समयअघि मात्र एक स्ट्यान्डअप कमेडीमार्फत् उनले आफ्नो मास्क उतारेका थिए। त्यसयता भने उनी मास्क नलगाई हिँड्न थालेका हुन्।

राज कुन्द्राले आफ्नो जेल बसाइको अनुभवलाई फिल्मका रूपमा उतार्ने समेत बताएका छन्।

सन् १९७५ मा बेलायतमा जन्मेका राज कुन्द्रा सफल ब्रिटिस-एसियन व्यवसायी हुन्। उनको पुर्ख्यौली इतिहास भारतको पंजाबसँग जोडिएको छ। उनका बुबा बालकृष्ण कुन्द्रा लुधियानाका हुन्। कामको सिलसिलामा बालकृष्ण बेलायत पुगे। बस कन्डक्टरको कामसमेत गरेका उनले पछि आफ्नै व्यवसाय सुरू गरे।

पढाइभन्दा व्यवसायमा रूचि भएका राज कुन्द्राले बुबाकै बाटो पछ्याए।
राज कुन्द्रा कलेज ड्रप आउट हुन्। बिबिसी हिन्दीका अनुसार व्यवसायमा राज कुन्द्राको भाग्य नेपाली पस्मिनाको व्यापारबाट चम्किएको हो। बेलायत र भारतका सेलिब्रेटीसँग राम्रो सम्बन्ध भएका राज कुन्द्राले त्यहाँका फेसन उद्योग र सिनेमा क्षेत्रमा पस्मिनाको व्यापार फैलाए। यस क्षेत्रमा बलियो पकड बनाएपछि उनको उनको व्यवसायले छोटो समयमै लामो छलाङ मारेको हो। केही वर्षमै बेलायत र भारत हुँदै उनको व्यवसाय संसारका थुप्रै देशमा फैलियो।

हाल राज कुन्द्रा बिजनेस स्टील प्लान्ट, फेसन उद्योग, रियल इस्टेट, कन्स्ट्रक्सन, फोरेक्स इन्भेस्टमेन्ट र खेलकुद क्षेत्रमा लगानी गरेका छन्। उनी हीरा व्यापारी पनि हुन्। उनको व्यवसाय रूस, युक्रेन, संयुक्त अरबलगायत क्षेत्रमा फैलिएको बताइन्छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

खोर्साने गोल्डकपमा एपीएफलाई हराउँदै धरान फुटबल क्लब सेमीफाइनलमा

Published

on

सशस्त्र प्रहरी फुटबल क्लब एपीएफलाई हराउँदै धरान फुटबल क्लब मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजोदेखि शुरु भएको प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।

हिजोको उद्घाटन खेलमा एपीएफ फुटबल क्लबलाई २–० गोल अन्तरले धरानले पराजित गरेको हो ।

प्रतियोगिताको उद्घाटन समारोहका सभापति संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पराजयसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । विजयी धरान फुटबल क्लबले भोलिको खेलको विजेतासँग सेमीफाइनल खेल खेल्नेछ । भोलि सतिसाले स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।

सुकुना खेलचौरीमा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेल भारतको खर्साङको युकेएफसी क्लब र सलहेश युथ क्लब सिरहाबीच हुने आयोजक सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।

Continue Reading

Banner

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

Published

on

आजदेखि विक्रम संवत् २०८३ शुरू भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ । वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

सबैभन्दा पुरानो संवतका रूपमा स्थापित विक्रम संवत् अन्तर्गत नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन अर्थात् मेष सङ्क्रान्ति पनि हो ।

सूर्यको गतिसँग आधारित भएकाले यो संवत् शाश्वत तथा वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले गएको वर्षका सफलता–असफलताको मूल्याङ्कन गरी नयाँ सङ्कल्पसहित अघि बढ्ने चलन छ ।

बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजाआजा गर्ने र साथीसङ्गी तथा इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्ने परम्परा आज देशभर नै मनाइन्छ । भक्तपुरमा बिस्का जात्रा र तराईमा सहलेश फूल फूल्ने विशेषता पनि यही दिनसँग जोडिएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तित्वले नेपालीको उन्नति, प्रगति र समृद्धिको शुभकामना दिनुभएको छ ।

Continue Reading

Banner

श्रेष्ठको प्रस्तुति,भट्टराईलाई सम्मान

Published

on

नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् ।

मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि ‘स्रष्टासँग शनिवार’ कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् ।

खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, लेटाङ, मिक्लाजुङ, उर्लाबारी लगायतका विभिन्न ठाउँबाट सहभागी स्रष्टाहरूलाई प्रतिनिधिमूलक ढंगले फुटकर रचनावाचनमा सहभागी गराउने आयोजकको भनाइ छ।

साहित्य,कला र सङ्गीतप्रेमी हरेक दर्शक-स्रोताले उपस्थिति जनाउन पाउने र कुनै प्रवेश शुल्क नराखिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा गीतसङ्गीतको समेत प्रस्तुति रहनेछ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक