Connect with us
Advertisement

बायर्नसँग हारेसँगै युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

Published

on

म्यानचेस्टर युनाइटेडको खराब सिजन मंगलबार पनि कायम रह्यो । युनाइटेड बायर्न म्युनिखको हातबाट ओल्ड ट्रायफोर्डमा १–० ले पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो । प्रतियोगितामा कायम रहन युनाइटेडलाई यो खेल जितेर मात्र पुग्दैन थियो ।

समूह ‘ए’ को अर्को खेलको नतिजा पनि उसको अनुकूल आउन आवश्यक थियो । त्यस खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो र युनाइटेड समूहको अन्तिम स्थानमा रह्यो ।

बायर्नको जितमा किङ्ग्सी कोमनले निर्णायक गोल गरे । बायर्नसँगै कोपनहेगन नकआउट चरण पुग्यो । समूह ‘बी’ मा आर्सनलसँग पीएसभी आयनहोभन अर्को चरण पुग्यो । यसअघि नै अन्तिम १६ मा पुग्ने निश्चित भइसकेको आर्सनलले आयनहोभनसँग १–१ को बराबरी खेल्यो ।

समूह ‘सी’ मा रियल म्याड्रिड र नेपोली अगाडि बढ्ने निश्चित भइसकेको थियो । लिग चरणको अन्तिम खेलमा रियलले युनियन बर्लिनलाई ३–२ र नेपोलीले स्पोर्टिङ ब्रागलाई २–० ले हरायो ।

यस्तै समूह ‘डी’ मा पनि रियल सोसिडाड र इन्टर मिलानले नकआउट चरण पुग्ने निश्चित भइसकेको थियो । इन्टर र सोसिडाडबीचको खेल गोलरहित बराबरी रह्यो भने बनेफिकाकाले तेस्रो स्थानमा रहन आरबी साल्सबर्गलाई ३–१ ले हरायो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना

Published

on

वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना

Continue Reading

Banner

प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो

Published

on

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई हराएको छ  । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ५–० ले हराएको हो । आर्सनलको ३४ खेलमा ७७ अङ्क भएको छ ।

आर्सनल भन्दा दुई खेल कम खेलेको चेल्सी ४७ अङ्कका साथ नवौँ स्थानमा छ । लिगमा लिभरपुल ३३ खेलमा ७४ अङ्कसहित दोस्रो र म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।

Continue Reading

Banner

इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि

Published

on

इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए । यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक