शिक्षा / स्वास्थ्य
नागरिक समाज र स्वतन्त्र नागरिक समाजले बुझाए विश्वविद्यालयमा ज्ञापनपत्र
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल अस्पताल तुरुन्त सञ्चालन गर्न र हाल विश्वविद्यालयले दिइरहेको स्वास्थ्य सेवालाई २४ घण्टा नै सुचारु गराउन माग गर्दै सुन्दरहरैंचामा क्रियाशील स्वतन्त्र नागरिक समाज र नागरिक समाजले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
मङ्गलबार विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाको कार्यकक्षमा मङ्गलबार दुवै संस्थाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा. डा. कोइरालाले आफू कार्यकालको अन्तिम समयतिर आइपुगेको र विश्वविद्यालयबाट बिदा हुनुअघि रात्रिकालीन उपचार सेवा शुरु गराउने लक्ष्य रहेको बताए ।
मेडिकल कलेज सञ्चालनको लागि प्रक्रिया चलिरहेको हुनाले आगामी शैक्षिक सत्रदेखि कलेज सञ्चालन शुरु हुने सम्भावना रहेको रजिष्ट्रार नीलमणि पोखरेलले जानकारी दिए ।
Facebook Comment
Banner
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम अस्थायी भएको भन्दै हमासविरुद्ध फेरि युद्ध गर्न तयार रहेको बताएका छन् ।
पहिलो चरणको युद्धविराम सुरु हुनुअघि टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले दोस्रो चरणको युद्धविराम सफल नभएमा फेरि युद्ध सुरु गर्ने चेतावनी दिएका हुन् । उनले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गर्ने अधिकार इजरायललाई रहेको दाबी गरेका छन् । १५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । युद्धविराम तीन चरणमा हुने छ । पहिलो चरण आज १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना गाजा क्षेत्रबाट सात सय मिटर पछि हट्ने छन् ।
पहिलो चरणको युद्धविराम सफल भएमा दोस्रो चरणको युद्धविराम सुरु हुने छ । यस चरणमा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति छ ।
तेस्रो चरणमा भने इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रको पुनर्निर्माण गरिने छ ।
Banner
आज – ०५ माघ २०८१ शनिवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचले अगाडि बढ्नुहोस् कार्यमा सफलता मिल्नेछ। आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर पाउनुहुनेछ। कसैसँग व्यर्थको वादविवाद हुन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आकस्मिक धनलाभका योग छन्। विशिष्ट व्यक्तिहरूबाट पुरस्कृत भइएला। आयस्रोतका विभिन्न अवसरहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आध्यात्मिक चिन्तनतिर झुकाव रहनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। साथीभाइहरूबाट सहयोग मिल्ने तथा प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मीयजनको साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यक्रममा सम्मिलित हुने मौका मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा कार्यलाई टार्नुभन्दा कार्यलाइ पूरा गर्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। मेहनतको उचित मूल्यांकन मिल्नेछ। उद्योग जगतमा आफूलाई प्रतिष्ठित गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लगानी लगाउँदा सोचेर सम्झेर गर्नुहोला। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज हजुरको दिन रचनात्मक क्रियाकलापमा बित्नेछ। आर्थिक स्थिति राम्रो हुनेछ तर खर्चमा नियन्त्रण राख्नु आवश्यक रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। संवैधानिक पदको मर्यादा राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा कार्यभार बढ्नेछ। स्वास्थ्यलाई लिएर चिन्तित रहनुहुन्छ,औषधि आदिमा धन खर्च हुनेछ। प्रेम सम्बन्ध वा जीवनसाथीसँग कुनै कुरालाई लिएर मनमुटाव रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्य र कलामा रुचि बढ्नेछ। व्यापार व्यवसायमा बनाइएका योजनाहरूमा सफलता मिल्नेछ। युवा वर्गहरू आफ्नो करियरलाई लिएर चिन्तित रहनुहुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। मेहनतले गर्दा जीवनशैलीमा परिवर्तन गर्न सकिनेछ। आलस्य गर्नदेखि बच्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सन्दर्भ विचार गरेर कार्य गर्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ। इच्छा अनुसार समय व्यतीत गर्न सकिनेछ। कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ। पिताको स्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। पेट वा कब्जियतको समस्याले सताउन सक्छ। घर गृहस्थी वा प्रेम सम्बन्धलाई समय दिने प्रयास गर्नुहोला। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस्। नोकरी वा पेशामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। मन नभएतापनि कार्यको अतिरिक्त दबाब रहनेछ। घरेलु काममा हात हतियारको प्रयोग गर्दा सावधानी राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
Banner
महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ सेवा बेलबारीमा सम्पन्न
महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ सेवा बेलबारीमा सम्पन्न
बेलबारी नगरपालिकाको आयोजना र विराट टिचिङ अस्पतालको प्राविधिक सहयोगमा बेलबारी नगरपालिकाभित्र रहेका ११ वटै स्वास्थ्यसंस्थाबाट महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी VIA स्क्रिनिङ सेवा सम्पन्न भएको छ ।
VIA स्क्रिनिङ सेवा पौष २ गतेदेखि शुरु भई पौष २९ गतेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा वडा नं. १ देखि वडा नं. ११ सम्मका ९२५ जना महिलाहरुले सेवा लिएका थिए ।
विगत ३ वर्षदेखि नियमित हुँदै आएको यस कार्यक्रममा विगतका वर्षहरुमा जटिल समस्या केही मात्रामा देखिए पनि यस वर्ष ९२५ कै स्क्रिनिङमा कुनै जटिल समस्या रेकर्डमा नआएको हुँदा बेलबारीका लागि ठूलो सफलता हात परेको छ ।
क्यान्सर रोग सम्बन्धी अनुभवी विशेषज्ञ डाक्टर अस्मिता रायमाझी, गाइनो र ल्याव सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रवाह गर्दै सबै स्वास्थ्यसंस्थाहरुको कुशल व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सेवाग्राहीहरुसँगको कुराकानीमा बेलबारी नगरले राम्रो काम गरेको छ । स्थानीयस्तरमा यो सेवा पाउनुले स्वास्थ्य सम्बन्धीे जोखिमलाई न्युनिकरण गर्नमा नगरले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।
यसै विषयमा नगरप्रमुखसँग कुराकानी गर्दा हामी स्वास्थ्य, शिक्षा र मानव सूचांक विकासमा काम गरिरहेका छौँ यसको नतिजा सडक बनाए जस्तो नदेखिने हुँदा नतिजा पछि आउने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
आधारभूत शिक्षा, स्वास्थ्य, उत्पादन र स्वरोजगार कसरी बनाउन सकिन्छ मसिनो गरी काम गरिरहेको नगरप्रमुखको भनाइ थियो । यो नगर पूर्णखोप सुनिश्चित, संस्थागत सुत्केरी र नगर अस्पतालको सेवामा ससक्त काम गरिरहेको बताउनुभयो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login