Connect with us
Advertisement

बेलबारीबाट रातारात प्रदेश प्रहरी अस्पताल सारिएकोमा आपत्ति

Published

on

बेलबारीः बेलबारी नगरपालिका र नगरका कुनै पनि संघसंस्थासँग समन्वय नै नगरी प्रदेश प्रहरी अस्पताल रातारात इनरुवा सारिएको भन्दै बेलवारीका जनप्रतिनिधि तथा दलहरूले विरोध गरेका छन् ।

२०७९ फागुन १० गते उद्घाटन भएको सो अस्पताल २०८० मंसिर २५ गते राति इनरुवा सारिएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले बताइन् । बुधबार सो अस्पतालको गेटअगाडि बेलबारी नगरपालिकाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख कोइरालाले प्रदेश अस्पताल सार्ने विषयमा कुनै पनि जानकारी नआएको बताइन् ।

प्रदेश सभा सदस्य तथा बेलबारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदीले प्रदेश प्रहरी कार्यालयका प्रमुखको स्वार्थमा अस्पताल सारिएको आरोप लगाए । मध्यरातमा अस्पताल सारिनु भनेको प्रहरीले होइन, चोर डाकाले गर्ने काम भएको उनको भनाइ थियो ।

नगर अस्पतालका लागि निर्माणाधीन भवन प्रादेशिक प्रहरी अस्पताललाई दिइने भनेर जानकारी दिँदादिँदै बेलबारीवासीलाई सोध्दै नसोधी अस्पताल सारिनु दुःखद भएको सुवेदीले बताए ।

कोशी प्रदेश प्रहरी अस्पताललाई व्यवस्थित गर्नका लागि चिकित्सकको आवास व्यवस्थापन, रङ रोगन, इन्धन नगरपालिकाले उपलब्ध गराइरहेको र अस्पतालको लागि उपयुक्त भवन उपलब्ध गराउने भन्दाभन्दै अस्पताल सारिएको उपप्रमुख कोइरालाले बताइन् ।

बेलबारी – ४ बुधबारेमा मा १० करोड ५९ लाखको लागतमा निर्माणाधीन अस्पताल भवन प्रहरी अस्पताललाई हस्तान्तरण गर्ने नगरपालिकाले योजना बनाएको बताइएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश सांसदहरु ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिनाका साथै बेलबारीमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि उपस्थित थिए । बेलबारी नगरपालिकामा क्रियाशील राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश प्रहरी अस्पताल अपहरणको शैलीमा सारिएको भन्दै सो अस्पताल बेलबारीमा नै फिर्ता ल्याउन माग गरेका छन् ।

दलहरुद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति छत्र लिम्बू, नेकपा एमालेका अध्यक्ष अशोक गुरुङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष परशुराम सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष कुमार खुलाल, जनता समाजवादी पार्टीका अध्यक्ष तिलक साम्पाङ राई र नेकपा एकीकृत समाजवादीको अध्यक्ष भुपाल बस्नेतले हस्ताक्षर गरेका छन् ।

बेलबारीबाट सारिएको प्रदेश प्रहरी अस्पताल अहिले इनरुवामा रहेको जिल्ला समन्वय समितिको एउटा घरमा लगेर राखिएको बताइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोला र जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष राजन मेहताको दबाबमा अस्पताल इनरुवामा सारिएको बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading

Banner

सेयरबजारमा गिरावट, १७ अंकले घटेर साढे १४ अर्बको कारोबार

Published

on

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज साताको अन्तिम दिन समग्र बजार दोहोरो अंकले घटे पनि हाइड्रोपावर समूहका शेयरमा भने लगानीकर्ताको उत्साह देखिएको छ ।

बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३२० स्टकको १ लाख ३८ हजार ८८३ पटकको कारोबारमा १४ अर्ब ५६ करोड रुपैयाँबराबरको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर खरिदबिक्री भएको छ। गत बुधबार ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ।

बिहीबार टप गेनरमा परेका स्टकहरु अधिकांश जलविद्युत समूहबाट परेका छन् । हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयर सर्किट लेभलमा कारोबार भएका छन् भने कालिका पावर, रावा इनर्जी, शुभम पावर, युनियन हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर टप गेनर कम्पनीमा परे त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेर घटे भने सान्भि इनर्जी, दरमखोला हाइड्रोपावर, एसवाई प्यानल नेपाल जस्ता कम्पनीहरु ९ प्रतिशत भन्दा बढीले घटेको छन् भने हिमस्टार ऊर्जा, ट्रेड टावर र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज ८ प्रतिशतले तथा विकास हाइड्रोपावरको शेयर मूल्य भने ७ प्रतिशत भन्दा बढीले घटेका छन् ।

कुल कारोबारमा जलविद्युत समूहका कम्पनीको कारोबार ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन कुल कारोबारमा ५८ प्रतिशत हुन आउँछ । टप गेनरमा हाइड्रोपावर कम्पनी आए पनि नेप्से परिसूचकलाई सकारात्मकतातिर डोर्याउन सकेन ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपाल लिमिटेडको कारोबार रकम ५२ करोड २९ लाख रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ भने लगानी समूह ०.०८ प्रतिशत र म्युचुएल फन्ड समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.१२ प्रतिशत, अन्य समूह १.१२ प्रतिशत, वित्त समूह १.७५ प्रतिशत र होटल तथा पर्यटन समूह १.२९ प्रतिशतले घटेको छ ।

Continue Reading

Banner

पुसमा गाडी दुर्घटनाः २ सय ३८ जनाले ज्यान गुमाए

Published

on

गएको पुस महिनामा गाडी दुर्घटनामा परेर देशभर २ सय ३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५ सय ४९ वटा गाडी दुर्घटना हुँदा २ सय ३८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ सय ९२ जना पुरुष, ३१ जना महिला, १५ जना बालबालिका छन् ।

पुसमा गाडी दुर्घटनामा ६ सय ६३ जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५३ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

पुस महिनामा सबैभन्दा धेरै २ हजार ३ सय ८२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ७ सय ३६, बस १ सय ८०, टेम्पो २ सय ४७ वटा दुर्घटनामा परेका छन् । २ सय ८८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालकको असक्षमता, यात्रुले हतारमा बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले पुस महिनामा ८८ हजार ९ सय ६९ जना चालकलाई कारबाही गरेर ८ करोड ४ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक