Banner
सिटी पहिलो पटक क्लब विश्वकपको फाइनलमा
म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा उरावा रेड्सलाई हराउँदै सिटी सिटी इतिहासमा पहिलो पटक क्लब विश्वकपको फाइनल पुगेको हो ।
जापानी टोली उरावले उत्कृष्ट डिफेन्सिङ सेटअप बनाए पनि पहिलो हाफको इन्ज्युरी समयमा मारियस हेइब्रोकनले आत्मघाती गोल गरे । यही गोलपछि सिटीले अग्रता बनाउन सक्यो । दोस्रा हाफमा हाभी भएको सिटीका लागि मातेयो कोभासिचले गोल गरे । काइल वाल्करले दिएको पासमा अनमार्क रहेका कोभासिचले गोलकिपरलाई बिट गर्दै गोल गरे ।
त्यसैगरी पोर्चुगिज मिडफिल्डर बर्नान्डो सिल्भाले खेलको ५९ औं मिनेटमा अग्रता ३–० मा पुर्याएका थिए। त्यही अग्रता जोगाउँदै सिटीले जित दर्ता गरेको हो । जितपछि प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीले इतिहासमै सबैभन्दा फरक अनुभूति गर्ने दाबी गरेका छन् । ग्वार्डिओलाले यसअघि दुई पटक बार्सिलोनाको टिमबाट क्लब विश्वकपको उपाधि जितिसकेका छन्।
अब म्यानचेस्टर सिटीले फाइनलमा ब्राजिली च्याम्पियन फ्लुमिनेन्सको सामना गर्नेछ। फ्लुमिनेन्सले अघिल्लो खेलमा इजिप्टको अल आलीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल आउँदो शुक्रबार साउदी अरेबियामा हुनेछ । सिटी क्लब विश्वकप जित्ने चौथो इंग्लिस टोली बन्न चाहन्छ । यसअघि म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीले विश्वकप जितेका थिए ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login