Banner
नगद ५० हजार सहित श्रेष्ठलाई जन्मोत्सव सम्मान !
विराटचाेक : नझरेका फूलहरूकाे आयाेजनामा वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठकाे ७३औँ जन्माेत्सवका अवसरमा ‘जन्मोत्सव विषेश पलेँटी साँझ’ कार्यक्रम सम्पन्न भएको छ । मङ्गलवार माेरङकाे सुन्दरहरैँचा १० मा रहेकाे प्लानेट लाउञ्जमा प्रस्तोता केपी घिमिरेद्वारा सञ्चालित पलेँटी साँझकाे ४० औं शृङ्खला भव्यताका साथ सम्पन्न भएको हाे। नझरेका फूलहरूकाे आयाेजनामा भएको कार्यक्रममा सङ्गीत प्रेमी दर्शकको भव्य उपस्थिति रहेकाे थियाे ।
६ दशक लामो साङ्गीतिक यात्रामा आज पनि उत्तिकै दर्शक र स्राेताकाे राेजाईमा पर्ने गायक श्रेष्ठकाे गायनमा दर्शक स्राेताले साथ दिएका थिए । उक्त दिनका लागि कार्यक्रमको संयाेजकका भूमिकामा रहेका सुन्दरहरैँचा ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले यस ठाउँमा राष्ट्रिय क्षेत्रका ख्यातिप्राप्त दिग्गज कलाकारलाई ल्याएर सम्मान गर्नुले समग्र नगरकै गरिमा बढाएको बताए । उनलेे देश-विदेशसम्म कलाकारले सुन्दरहरैँचा, विराटचाेक र नझरेका फूलहरूलाई सधैं सम्झन लायक कार्यक्रम गर्दै आएकाे भन्दै साे कार्यक्रमका प्रस्ताेता केपी घिमिरेलाई यस कार्यमा लागिरहन आग्रह समेत गरेका थिए । यस्तै स्थानीय सर्जक तथा कलाकारलाई समेत याे कार्यक्रमले प्रेरणा मिल्ने बताए । यसैगरी साे कार्यक्रममा गीतकार शिवशंकर थापालाई समेत सम्मान गरिएको थियाे।गीतकार थापाको योगदानको कदर स्वरुप नझरेका फूलहरूले नगद,दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको बताइएको छ। प्रस्ताेता केपी घिमिरेका अनुसार करिब दुईसय राष्ट्रिय तथा स्थानीय कलाकार, सर्जकलाई नझरेका फूलहरूबाट सम्मान गरिसकिएको बताइएको छ ।
नझरेका फूलहरूकाे मुख्य उदेश्य सङ्गीत, कला साहित्य क्षेत्रमा याेगदान दिने श्रष्टा सर्जकलाई जिवितै सम्मान गर्ने रहेकाे बताए । देशको गरिमा, निधि र पहिचानका रूपमा रहेका कलाकारलाई सधैं सम्मान गर्ने उनले बताए । नझरेका फूलहरूलाई सहयाेग गर्ने सबैप्रति आभार प्रकट गर्दै घिमिरेले आफू कला र सङ्गीतप्रति उच्च सम्मानका साथ आगामि दिनमा पनि निरन्तर कार्यक्रम गर्ने बताए । यस पटक कार्यक्रममा दीप श्रेष्ठले आफ्नो जन्मोत्सवका लागि तयार पारिएको केक काटेर सहभागी सम्पूर्ण दर्शकलाई आफैँले बाँडेरसमेत खुसी साटासाट गरेका थिए।
उपस्थित सम्पूर्ण सहभागीले गायक श्रेष्ठलाई खदा,दोसल्ला, मायाको चिनो प्रदान गरेर हर्षोउल्लासका साथ जन्मोत्सवको खुसी साटासाट गरेका थिए। कार्यक्रममा काठमाडौंबाट वरिष्ठ सङ्गीतकर्मीहरू विक्रम कार्की (रिदम गितार), माणिकमान सिंह (बेस गितार), रुपेश सिंह ( अक्टोप्याड) र राहुल भुजेल (किबोर्ड)सहभागी भएर गायक श्रेष्ठलाई बाद्यवादनमा साथ दिएका थिए। कार्यक्रममा बाद्यवादकलाई समेत सम्मान गरिएको थियो। पलेँटी साँझमा गायक दीप श्रेष्ठलाई गायनमा उनकी छोरी दृष्टि श्रेष्ठ, नाति रोनिश श्रेष्ठ, लोकप्रिय गायक तथा सङ्गीतकार कृष्णभक्त राई,धरानका गायक कृष्णराजा श्रेष्ठ, सुन्दरहरैँचाकी गायिका अनु बुढाथोकी गिरी र डेनिश श्रेष्ठले साथ दिएका थिए। श्री भानुसाझा पुस्तकालयका साहित्यिक सचिव गीताप्रसाद श्रेष्ठले दीप श्रेष्ठका निम्ति जन्मोत्सव विशेष गजल वाचन गरेका थिए। पलेँटी साँझमा निरन्तर सहयोग पुर्याउने विभिन्न सहयोगी दाताहरूको नाम उद्घोषका साथै युवा समाजसेवी उत्सव थापालाई समेत प्रशंसापत्र प्रदान गरिएको थियोे। यस पटक नझरेका फूलहरूले गायक दीप श्रेष्ठलाई नगद ५० हजार सहित कृतज्ञतापत्र प्रदान गरिएको बताइएको छ।

Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login