Connect with us
Advertisement

नगद ५० हजार सहित श्रेष्ठलाई जन्मोत्सव सम्मान !

Published

on

विराटचाेक : नझरेका फूलहरूकाे आयाेजनामा वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठकाे ७३औँ जन्माेत्सवका अवसरमा ‘जन्मोत्सव विषेश पलेँटी साँझ’ कार्यक्रम सम्पन्न भएको छ । मङ्गलवार माेरङकाे सुन्दरहरैँचा १० मा रहेकाे प्लानेट लाउञ्जमा प्रस्तोता केपी घिमिरेद्वारा सञ्चालित पलेँटी साँझकाे ४० औं शृङ्खला भव्यताका साथ सम्पन्न भएको हाे। नझरेका फूलहरूकाे आयाेजनामा भएको कार्यक्रममा सङ्गीत प्रेमी दर्शकको भव्य उपस्थिति रहेकाे थियाे ।

६ दशक लामो साङ्गीतिक यात्रामा आज पनि उत्तिकै दर्शक र स्राेताकाे राेजाईमा पर्ने गायक श्रेष्ठकाे गायनमा दर्शक स्राेताले साथ दिएका थिए । उक्त दिनका लागि कार्यक्रमको संयाेजकका भूमिकामा रहेका सुन्दरहरैँचा ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले यस ठाउँमा राष्ट्रिय क्षेत्रका ख्यातिप्राप्त दिग्गज कलाकारलाई ल्याएर सम्मान गर्नुले समग्र नगरकै गरिमा बढाएको बताए । उनलेे देश-विदेशसम्म कलाकारले सुन्दरहरैँचा, विराटचाेक र नझरेका फूलहरूलाई सधैं सम्झन लायक कार्यक्रम गर्दै आएकाे भन्दै साे कार्यक्रमका प्रस्ताेता केपी घिमिरेलाई यस कार्यमा लागिरहन आग्रह समेत गरेका थिए । यस्तै स्थानीय सर्जक तथा कलाकारलाई समेत याे कार्यक्रमले प्रेरणा मिल्ने बताए । यसैगरी साे कार्यक्रममा गीतकार शिवशंकर थापालाई समेत सम्मान गरिएको थियाे।गीतकार थापाको योगदानको कदर स्वरुप नझरेका फूलहरूले नगद,दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको बताइएको छ। प्रस्ताेता केपी घिमिरेका अनुसार करिब दुईसय राष्ट्रिय तथा स्थानीय कलाकार, सर्जकलाई नझरेका फूलहरूबाट सम्मान गरिसकिएको बताइएको छ ।

नझरेका फूलहरूकाे मुख्य उदेश्य सङ्गीत, कला साहित्य क्षेत्रमा याेगदान दिने श्रष्टा सर्जकलाई जिवितै सम्मान गर्ने रहेकाे बताए । देशको गरिमा, निधि र पहिचानका रूपमा रहेका कलाकारलाई सधैं सम्मान गर्ने उनले बताए । नझरेका फूलहरूलाई सहयाेग गर्ने सबैप्रति आभार प्रकट गर्दै घिमिरेले आफू कला र सङ्गीतप्रति उच्च सम्मानका साथ आगामि दिनमा पनि निरन्तर कार्यक्रम गर्ने बताए । यस पटक कार्यक्रममा दीप श्रेष्ठले आफ्नो जन्मोत्सवका लागि तयार पारिएको केक काटेर सहभागी सम्पूर्ण दर्शकलाई आफैँले बाँडेरसमेत खुसी साटासाट गरेका थिए।

उपस्थित सम्पूर्ण सहभागीले गायक श्रेष्ठलाई खदा,दोसल्ला, मायाको चिनो प्रदान गरेर हर्षोउल्लासका साथ जन्मोत्सवको खुसी साटासाट गरेका थिए। कार्यक्रममा काठमाडौंबाट वरिष्ठ सङ्गीतकर्मीहरू विक्रम कार्की (रिदम गितार), माणिकमान सिंह (बेस गितार), रुपेश सिंह ( अक्टोप्याड) र राहुल भुजेल (किबोर्ड)सहभागी भएर गायक श्रेष्ठलाई बाद्यवादनमा साथ दिएका थिए। कार्यक्रममा बाद्यवादकलाई समेत सम्मान गरिएको थियो। पलेँटी साँझमा गायक दीप श्रेष्ठलाई गायनमा उनकी छोरी दृष्टि श्रेष्ठ, नाति रोनिश श्रेष्ठ, लोकप्रिय गायक तथा सङ्गीतकार कृष्णभक्त राई,धरानका गायक कृष्णराजा श्रेष्ठ, सुन्दरहरैँचाकी गायिका अनु बुढाथोकी गिरी र डेनिश श्रेष्ठले साथ दिएका थिए। श्री भानुसाझा पुस्तकालयका साहित्यिक सचिव गीताप्रसाद श्रेष्ठले दीप श्रेष्ठका निम्ति जन्मोत्सव विशेष गजल वाचन गरेका थिए। पलेँटी साँझमा निरन्तर सहयोग पुर्याउने विभिन्न सहयोगी दाताहरूको नाम उद्घोषका साथै युवा समाजसेवी उत्सव थापालाई समेत प्रशंसापत्र प्रदान गरिएको थियोे। यस पटक नझरेका फूलहरूले गायक दीप श्रेष्ठलाई नगद ५० हजार सहित कृतज्ञतापत्र प्रदान गरिएको बताइएको छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक