Banner
छानबिन समिति बनाए चिनिया जहाज लिलामीको टेण्डर फिर्ता लिन्छु : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनिया जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका हुन् । नेपाल एयरलाइन्सले बिहीबार ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आहृवान गरेको थियो ।
सांसदहरुको सोही जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किरातीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिबद्धता जनाए । उनले वर्षमा २० करोडभन्दा बढी घाटा व्यहोरोर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा व्योहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताए ।
‘चिनियाँ जहाज सेतो हात्ती भयो, सेतो हात्ती भयो, संसद् थर्काउने हामी त हो । हामी नै हो, संसद् पत्रपत्रिका, चिया पसलमा बोल्ने ? निकाय दिऔं भनेर टेण्डर निकाल्यो किन भन्छन् ? गर्नु के ? यो चाहीँ केही न केही बहस होस् भनेर नै टेण्डर निकालेको हो । कि त अब उपाय निकाल्नुहोस्, यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त हामी फिर्ता गरिहाल्छौं नि । तर दोषीलाई कारबाही गर्नेगरी । कर्मकाण्डी होइन । २० करोड भन्दा बढी घाटा वर्षमा हामीले चिनियाँ जहाजलाई तिरेर राख्नुपरेको छ । त्यसको इन्स्योरेन्स र पार्किङको । यो जहाज एमआई ६० दुई वटा छ, वाइट १२ तीन वटा छ । जम्मा ५ वटा छ । कसरी किन किनियो कसको स्वार्थमा किनियो थाहा छैन ।’
मन्त्री किरातीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गरे । उनले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताए । उनले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गरे ।
‘हामी सबैलाई जिम्मेवारी पदमा बसेपछि परिणाम दिने इच्छा हुन्छ नै । जिम्मेवारी पदमा बसिसकेपछि केही न केही जीवनमा अमिट छाप दिएर जाउँ भन्ने सबैलाई हुन्छ नै । मलाई पनि छ । तर गर्न खोज्दा खोज्दै सजिलो त छैन’ उनले भने ।
Source: Kantipur
Facebook Comment
Banner
जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकार सहितको अध्यक्ष हुने सहमति टुंगो लागेको छ ।
एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमतिन्मुख छलफल भएको छ । पार्टीको वरियतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । वरियतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका छ जना वीचमा छलफल भएको छ । १५ बैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
Banner
काठमाडौं विश्वकै प्रदूषित र ब्राजिलको साओ पाउलो विश्वकै सफा सहर

काठमाडौँ — देशको राजधानी एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ । आइतबार काठमाडौंको वायु गुणस्तर १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेसँगै विश्वकै प्रदूषित सहर बनेको हो । एकातिर काठमाडौं विश्वकै प्रदूषित सहर बनिरहँदा भने ब्राजिलको साओ पाउलो सहर भने विश्वकै सफा सहर बनेको छ । साओ पाउलोको एक्यूआई ७ रहेको छ । आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौंको हावा सातादिन यता प्रदूषित बनेको छ । काठमाडौंको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्राय र काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
Banner
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।
यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login