Banner
लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खला अन्तर्गत ‘गीताञ्जली साँझ’ सम्पन्न गरेको छ
लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खला अन्तर्गत ‘गीताञ्जली साँझ’ सम्पन्न गरेको छ। कार्यक्रममा समाजसेवी ललितबहादुर श्रेष्ठ, सुरेन्द्रबहादुर थापा, दुष्यन्त भट्टराई,साहित्यकार पुरन राई, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरङचिङ साथै छवि वैरागी घिमिरे, जे.बि. थुलुङ,यमुना पराजुली,ई.सुरेशकुमार श्रेष्ठ, आइतराज लिम्बू,गीताप्रसाद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, लोक मोक्तान, राजेन्द्रबहादुर थापा, उत्सव थापा, दिलिप थापा,भीम अधिकारी, वीरेन्द्र श्रेष्ठ, माधव रेग्मी, यादव भट्टराई, गीता कुलुङ, शशी राई,वृषिका तुम्छा, रामकुमार प्रधान, मीना राई,नीरु बजगाईँ, सिर्जना नेपाल, तुलसा आचार्य, केशव कार्की, ज्ञानेन्द्र नेपाल, प्रदीप पराजुली, विराज लुइँटेल, प्रवीण साह, पर्शु खतिवडा लगायतका विभिन्न संघसंस्थामा आवद्ध साथै सर्जक-कलाकार महानुभावको उल्लेख्य सहभागिताले कार्यक्रमको शोभा बढेको प्रस्तोता केपी घिमिरेले बताएका छन् ।
कार्यक्रममा गायिका पम्फा चाहारलाई ‘कदरपत्र’द्वारा नझरेका फूलहरू सम्मान प्रदान गरिएको थियो। गीताञ्जली साँझमा पम्फा चाहार,दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ, मेरिना राई, अनु बुढाथोकी गिरी र निशा कार्कीले विभिन्न गीतहरू गाएर दर्शक/स्रोतालाई साङ्गीतिक आनन्द प्रदान गरेका थिए। कार्यक्रमका सभापति पुरन राईले नझरेका फूलहरूमार्फत सानो भए पनि सहयोग पठाएर गीतकार डि.पी. खनालको स्वास्थ्य लाभको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले देश तथा विदेशमा रहेका हरेक नेपाली स्रोता दर्शकले यसैगरी मनैदेखि सानो सानो सहयोग गरिदिए डि.पी. खनालको उपचारमा राहत पुग्ने कुरा समेत बताए। साहित्यकार पुरन राई र केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले संयुक्तरूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले देशमा साहित्य,कला र संस्कृति धराशायी अवस्थामा रहेका बेला नझरेका फूलहरूले स्रष्टा सम्मान र पलेँटी शृङ्खला आयोजना गरेर यस क्षेत्रको संरक्षण र संवर्द्धनमा उल्लेख्य योगदान दिएको बताउँदै आगामी दिनमा नझरेका फूलहरूको शृङ्खला केराबारी गाउँपालिकामा पनि सञ्चालन गर्न आफू इच्छुक भएको र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सुन्दरहरैँचा १० स्थित प्लानेट लाउञ्जमा आयोजना गरिएको गीताञ्जली साँझलाई भव्य बनाउन साथ-सहयोगका लागि प्लानेट लाउञ्ज, रतन टेन्ट, श्री नारायण प्रिन्टिङ प्रेस, ग्राफिक हाउस, इटहरी साउन्ड लगायत सबैको सेवाप्रति प्रस्तोता घिमिरेले आभार व्यक्त गरेका छन्।
कार्यक्रम आयोजना मार्फत जम्मा गरिएको सहयोग रकम खर्च कटाएर डि.पी.खनालकै स्वास्थ्य उपचारका लागि पठाइदिने नझरेका फूलहरूद्वारा बताइएको छ। कार्यक्रममा गायनशिरोमणि रामकृष्ण ढकाल,गायकहरू हेमन्त शर्मा,तुलसी पराजुली,राज सिग्देल लगायतले सहयोग गरेका थिए।

Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login