Connect with us
Advertisement

लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खला अन्तर्गत ‘गीताञ्जली साँझ’ सम्पन्न गरेको छ

Published

on

लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खला अन्तर्गत ‘गीताञ्जली साँझ’ सम्पन्न गरेको छ। कार्यक्रममा समाजसेवी ललितबहादुर श्रेष्ठ, सुरेन्द्रबहादुर थापा, दुष्यन्त भट्टराई,साहित्यकार पुरन राई, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरङचिङ साथै छवि वैरागी घिमिरे, जे.बि. थुलुङ,यमुना पराजुली,ई.सुरेशकुमार श्रेष्ठ, आइतराज लिम्बू,गीताप्रसाद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, लोक मोक्तान, राजेन्द्रबहादुर थापा, उत्सव थापा, दिलिप थापा,भीम अधिकारी, वीरेन्द्र श्रेष्ठ, माधव रेग्मी, यादव भट्टराई, गीता कुलुङ, शशी राई,वृषिका तुम्छा, रामकुमार प्रधान, मीना राई,नीरु बजगाईँ, सिर्जना नेपाल, तुलसा आचार्य, केशव कार्की, ज्ञानेन्द्र नेपाल, प्रदीप पराजुली, विराज लुइँटेल, प्रवीण साह, पर्शु खतिवडा लगायतका विभिन्न संघसंस्थामा आवद्ध साथै सर्जक-कलाकार महानुभावको उल्लेख्य सहभागिताले कार्यक्रमको शोभा बढेको प्रस्तोता केपी घिमिरेले बताएका छन् ।

कार्यक्रममा गायिका पम्फा चाहारलाई ‘कदरपत्र’द्वारा नझरेका फूलहरू सम्मान प्रदान गरिएको थियो। गीताञ्जली साँझमा पम्फा चाहार,दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ, मेरिना राई, अनु बुढाथोकी गिरी र निशा कार्कीले विभिन्न गीतहरू गाएर दर्शक/स्रोतालाई साङ्गीतिक आनन्द प्रदान गरेका थिए। कार्यक्रमका सभापति पुरन राईले नझरेका फूलहरूमार्फत सानो भए पनि सहयोग पठाएर गीतकार डि.पी. खनालको स्वास्थ्य लाभको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले देश तथा विदेशमा रहेका हरेक नेपाली स्रोता दर्शकले यसैगरी मनैदेखि सानो सानो सहयोग गरिदिए डि.पी. खनालको उपचारमा राहत पुग्ने कुरा समेत बताए। साहित्यकार पुरन राई र केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले संयुक्तरूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले देशमा साहित्य,कला र संस्कृति धराशायी अवस्थामा रहेका बेला नझरेका फूलहरूले स्रष्टा सम्मान र पलेँटी शृङ्खला आयोजना गरेर यस क्षेत्रको संरक्षण र संवर्द्धनमा उल्लेख्य योगदान दिएको बताउँदै आगामी दिनमा नझरेका फूलहरूको शृङ्खला केराबारी गाउँपालिकामा पनि सञ्चालन गर्न आफू इच्छुक भएको र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सुन्दरहरैँचा १० स्थित प्लानेट लाउञ्जमा आयोजना गरिएको गीताञ्जली साँझलाई भव्य बनाउन साथ-सहयोगका लागि प्लानेट लाउञ्ज, रतन टेन्ट, श्री नारायण प्रिन्टिङ प्रेस, ग्राफिक हाउस, इटहरी साउन्ड लगायत सबैको सेवाप्रति प्रस्तोता घिमिरेले आभार व्यक्त गरेका छन्।

कार्यक्रम आयोजना मार्फत जम्मा गरिएको सहयोग रकम खर्च कटाएर डि.पी.खनालकै स्वास्थ्य उपचारका लागि पठाइदिने नझरेका फूलहरूद्वारा बताइएको छ। कार्यक्रममा गायनशिरोमणि रामकृष्ण ढकाल,गायकहरू हेमन्त शर्मा,तुलसी पराजुली,राज सिग्देल लगायतले सहयोग गरेका थिए।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक