Banner
इटहरीमा नोबेलको मुटुरोग सम्बन्धी बिशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सयौं विरामीहरु लाभान्वित
इटहरीमा नोबेलको मुटुरोग सम्बन्धी बिशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सयौं विरामीहरु लाभान्वित
विराटनगर । विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ्य मुटु स्वस्थ्य जीवन भन्ने मूल मन्त्रका साथ नोबेलले मुटु रोगको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्दै आउने क्रममा मिति २०८० पौष २१ गते शनिबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. ५ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल विकास संस्था, इटहरी ५ को संयुक्त आयोजनामा संचालित उक्त शिविरमा ३३२ जना मुटु रोगको विरामीहरुको परीक्षण र उपचार गरिएको नोवेलका जनसम्पर्क अधिकारी नविन दाहालले बताए । नोबेलको मुटुरोग विभागका प्रमुख प्रा. डा. राजेश नेपाल, अर्का मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल र अन्य मुटुरोग विशेषज्ञ चिकित्सक सहित ८ जना चिकित्सकको स्वास्थ्य टोलीले विरामीहरुको परीक्षण, इकोकार्डियोग्राम, इसीजी र परामर्श सेवा प्रदान गरेको थियो । शिविरमा ३३२ जना विरामीको निःशुल्क इकोकार्डियाग्राम र २२५ जनाको ईसीजी गरिएको छ ।
आफ्नै ठाँउमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन पाँउदा त्यसमा पनि इको, इसीजी निःशुल्क भएकोले विरामीहरुलाई ठूलो सहयोग पुग्न गएको र भविष्यमा अनुकुल मिलाएर नोवेलको सहकार्यमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्ने योजना रहेको आयोजकले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नंं ५ का वडा अध्यक्ष, तुलसा टोल विकास संस्थाका पदाधिकारीहरु र अधिकारी मेडिकोका संचालकको उपस्थिति रहेको थियो । मन्तव्य व्यक्त गर्दै डा. राजेश नेपालले स्व. कुमार अधिकारीकोे उपचारमा आफु संलग्न भएको स्मरण गर्दै प्राय विरामीहरुले सोध्ने गरेको हार्ट अट्याकको बारेमा जानकारी दिएका थिए । “हार्ट अट्याक भनेको भुईचालो आएको जस्तो हो । भुईचालो कसैलाई थाहा नदिई आउने गर्दछ त्यस्तै हार्ट अट्याक पनि अप्रत्यासित हुने गर्दछ । तर कसैलाई हिँड्दा या काम गर्दा छाती भारी हुनु र बसे पछि आराम हुनु भनेको हार्ट अट्याक हुनु भन्दा अगाडिको लक्षण हो । हार्ट अट्याक भई सके पछि छाति एक दमै दुख्छ र दुखी रहन्छ । पोले जस्तो र छातिमा भारी बस्तुले किचे जस्तो हुन्छ । दुखाई देब्रे हात तिर सरेर जान्छ र वढी कान्छि औंला तिर दुख्ने गर्छ । कसै कसैलाई बङ्गारा तिर पनि दुख्छ । जिउ लल्याक लुलुक हुनु, रिङ्गटा लाग्नु, वाकवाकी लाग्नु हार्ट अट्याकको लक्षण हुन् । ईसीजी गरेर हेर्दा यो प्रष्ट देखिन्छ । तर ग्याष्ट्रिक भयो भनेर मानिसहरु झुक्किने गर्दछन् । चिकित्सक पनि झुक्किएका छन् । हार्ट अट्याक भयो भने अथवा लक्षण देखियो भने घण्टा घण्टाको अझ भनौ मिनट मिनटको महत्व हुन्छ । जति सक्दो चाँडो अस्पताल लगेर उपचार सुरु गर्नु पर्छ । यो भनेको आगो लाग्यो भने दमकल कहिले बोलाउने हो भने जस्तै हो । जति सक्दो चाँडो दमकल बोलायो क्षति त्यति कम गर्न सकिन्छ । त्यस्तै हार्ट अट्याक भएका विरामीलाई जति सक्दो चाँडो अस्पताल लान सकियो त्यसले गर्ने क्षति त्यति कम गर्न सकिन्छ ।” डा. नेपालले भने विश्वमा सवै भन्दा बढी मानिसको मृत्यु हुने पनि मुटु रोग कै कारणले हो भने समयमा रोग पत्ता लागेमा मुटु रोगको उपचार सम्भव छ । नेपाल सरकार र प्रदेश सरकारले मुटु रोगको उपचारमा सहुलियत र आर्थिक सहयोग गर्ने उल्लेख गर्दै नोवेलमा आउने विरामीहरुले पैसा कै कारण उपचारबाट अहिले सम्म बञ्चित हुन नपरेको बताए । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत मुटु रोग उपचारमा एक लाख बराबरको सहुलियत प्राप्त हुने गरेको छ ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login