Banner
कोटमौलाको डाँगीगाउँमा घरपिच्छे सुन्तला पाकेका छन् । एक जनाको बगैँचामा ५ सयदेखि हजार बोटसम्म सुन्तला छन् । सुन्तला किन्न ठूला व्यापारी नआएको र बिक्री नहुँदा चिन्ता बढेको उनीहरुको गुनासो छ ।
बाग्चौर नगरपालिका-९, डाँगीगाउँका ६० वर्षीय भरतनाथ योगीको बगैँचामा पहेँलपुर भएर लटरम्म सुन्तला पाकेका छन् । घर नजिकैको ४५ रोपनी जग्गामा उनको सुन्तला खेती छ । यसवर्ष करिब ९ सय बोटमा सुन्तला पाकेका छन् ।
डाँगीगाउँकै ५५ वर्षीय लोकबहादुर डाँगीको बगैँचामा पनि लटरम्म सुन्तला पाकेका छन् । बगैँचामा ५ सय बढी बोटमा फलेका सुन्तला बिक्री गरेर बार्षिक २० लाख बढी कमाई गर्दै आएका उनले अहिलेसम्म आधा पनि सुन्तला बिक्री गरेका छैनन् । उनी पनि बगैँचाका सबै सुन्तला बिक्री गर्न ठुला व्यापारीको पर्खाइमा छन् ।
योगी र डाँगी उदाहरणका पात्रमात्रै हुन् । तर कोटमौलाको डाँगीगाउँमा घरपिच्छे सुन्तला पाकेका छन् । एक जनाको बगैँचामा ५ सयदेखि हजार बोटसम्म सुन्तला छन् । तर बिक्री हुन सकेको छैन । सुन्तला किन्न ठूला व्यापारी नआएको र बिक्री नहुँदा चिन्ता बढेको उनीहरुको गुनासो छ ।
‘सबैका घरमा सुन्तला पाकेर पहेँलै भएका छन् । अहिलेसम्म फाटफुट मात्रै सुन्तला बिक्री भएको छ,’ योगीले भने, ‘दुई वडाका करिब ५ सय किसान अहिले ठूला व्यापारीको पर्खाइमा छौँ । पहिला आएका व्यापारीसँग भाउमा कुरो मिलेन । त्यसपछि फेरि आएकै छैनन् ।’ आफूहरु सबै सुन्तला एकैपटक खरिद गर्न सक्ने व्यापारीको पर्खाइमा रहेको उनले बताए ।
लटरम्म पाकेको सुन्तला समयमै बिक्री नभएपछि सुन्तला उत्पादक किसान देशका बिभिन्न सहरमा रहेका तथा भारतका लखनउ, बहराईज क्षेत्रका व्यापारीसँग पनि कुराकानी गर्न थालेका छन् । व्यापारी आउँछन् की भनेर किसान यता उता गर्न थालेका छन् ।
गाउँमा सुन्तला खेतीबाट मात्रै किसानले वार्षिक १० करोड देखि १५ करोडसम्म आम्दानी गर्दै आएका छन् । तर यसपालि समयमा सुन्तला बिक्री नहुँदा खेतीमा पर्ने त्रासमा छन् । ‘अहिले जिल्लाका अन्य स्थानबाट व्यापारीले सुन्तला लगिरहेका छन् । त्यहाँका सुन्तला लगभग सकिन थालेका छन् । यतातिर आउने तयारी गरेका छन्,’ गाउँमै धेरै सुन्तला फलाउने योगीले भने, ‘एक दुई जना त आएका छन् । तिनीहरुले मात्र वडाभरि फलेका सुन्तला उठाउन सक्दैनन्, त्यही भएर अन्य व्यापारी कुरेका छौँ ।’
उनका अनुसार गत वर्ष माघको तेस्रो सातासम्म सुन्तला बिक्री भइसकेको थियो। पाकेको सुन्तला समयमै टिपेर बिक्री नगर्दा बोट बिग्रने र आउने वर्षमा फल धेरै नफल्ने डर चिन्ता लाग्न थालेको उनले बताए ।
यहाँ अहिले सुन्तला प्रति किलो ९० देखि १ सय २० रुपैयाँ सम्मले कारोबार भइरहेको छ । गत वर्ष पुषको अन्तिममै सुन्तला बिक्री गरिसकेका अर्का किसान रेसम डाँगीले व्यापारी नआएकाले माघको पहिलो सातासम्म पनि पाकेका सुन्तला टिप्ने सुरसार नगरेको बताए ।
वार्षिक १० लाख बढी कमाई गर्दै आएका उनले पहिला आएका व्यापारी केही ब्यक्तिले बिच्काएका कारण समस्या भएको बताए । ‘दैनिक २०/२५ किलो सुन्तला बिक्री गरिरहेको छु । व्यापारी नआएकाले सबै टिपेको छैन । टिपेर राख्ने ठाँउ छैन कुहिएर जाने डर हुन्छ,’ उनले भने।
वार्षिक १० लाख सुन्तला बिक्री गरेर आम्दानी गर्दै आएका अर्का किसान अंगेस्वर डाँगीले ठुला व्यापारी नआएपनि फाट्टफुट्ट सुन्तला बिक्री गरिरहेको बताए । सुन्तला फलेका ४ सय बोटमध्ये तीन सय बढी बोटमा भने सुन्तला अझै रहेको उनले बताए ।
‘एकै पटक सबै बिक्री गर्नलाई ठुला व्यापारी खोजेको हो। तर यसपालि अझै आएका छैनन्,’ उनले भने, ‘गत बर्ष त समयमै आएका थिए ।’ कृषि ज्ञान केन्द्र सल्यानका सुचना अधिकारी ईस्वरी नारायण घर्तीले व्यापारी आउन ढिलाई गरेकै कारण कोटमौलाका किसानले समयमै सुन्तला बिक्री गर्न नसकेका बताए ।
‘अहिलेसम्म थोरै किसानले मात्र सुन्तला बिक्री गरेका छन्,’ उनले भने, ‘पाकेको सुन्तला बिक्री गर्न किसानले नै ठुला व्यापारीसँग सम्पर्क गरिरहेका छन् ।’ पाकेका सुन्तला टिप्न ढिलाई गर्दा बोट बिग्रने र अर्को वर्ष उत्पादन घट्ने डर हुने उनले बताए । त्यसबारे किसानलाई सल्लाह समेत दिइसकेको उनको भनाइ छ ।
उनका अनुसार जिल्लामा १ हजार ६ सय बढी हेक्टरमा किसानले सुन्तला लगाएको र यसबाट बार्षिक २५ करोडसम्म आम्दानी गर्दै आएका छन् । यसवर्ष ४० प्रतिशत सुन्तला बिक्री भइसकेको उनले बताए ।
(kantipur)
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login