Banner
कोटमौलाको डाँगीगाउँमा घरपिच्छे सुन्तला पाकेका छन् । एक जनाको बगैँचामा ५ सयदेखि हजार बोटसम्म सुन्तला छन् । सुन्तला किन्न ठूला व्यापारी नआएको र बिक्री नहुँदा चिन्ता बढेको उनीहरुको गुनासो छ ।
बाग्चौर नगरपालिका-९, डाँगीगाउँका ६० वर्षीय भरतनाथ योगीको बगैँचामा पहेँलपुर भएर लटरम्म सुन्तला पाकेका छन् । घर नजिकैको ४५ रोपनी जग्गामा उनको सुन्तला खेती छ । यसवर्ष करिब ९ सय बोटमा सुन्तला पाकेका छन् ।
डाँगीगाउँकै ५५ वर्षीय लोकबहादुर डाँगीको बगैँचामा पनि लटरम्म सुन्तला पाकेका छन् । बगैँचामा ५ सय बढी बोटमा फलेका सुन्तला बिक्री गरेर बार्षिक २० लाख बढी कमाई गर्दै आएका उनले अहिलेसम्म आधा पनि सुन्तला बिक्री गरेका छैनन् । उनी पनि बगैँचाका सबै सुन्तला बिक्री गर्न ठुला व्यापारीको पर्खाइमा छन् ।
योगी र डाँगी उदाहरणका पात्रमात्रै हुन् । तर कोटमौलाको डाँगीगाउँमा घरपिच्छे सुन्तला पाकेका छन् । एक जनाको बगैँचामा ५ सयदेखि हजार बोटसम्म सुन्तला छन् । तर बिक्री हुन सकेको छैन । सुन्तला किन्न ठूला व्यापारी नआएको र बिक्री नहुँदा चिन्ता बढेको उनीहरुको गुनासो छ ।
‘सबैका घरमा सुन्तला पाकेर पहेँलै भएका छन् । अहिलेसम्म फाटफुट मात्रै सुन्तला बिक्री भएको छ,’ योगीले भने, ‘दुई वडाका करिब ५ सय किसान अहिले ठूला व्यापारीको पर्खाइमा छौँ । पहिला आएका व्यापारीसँग भाउमा कुरो मिलेन । त्यसपछि फेरि आएकै छैनन् ।’ आफूहरु सबै सुन्तला एकैपटक खरिद गर्न सक्ने व्यापारीको पर्खाइमा रहेको उनले बताए ।
लटरम्म पाकेको सुन्तला समयमै बिक्री नभएपछि सुन्तला उत्पादक किसान देशका बिभिन्न सहरमा रहेका तथा भारतका लखनउ, बहराईज क्षेत्रका व्यापारीसँग पनि कुराकानी गर्न थालेका छन् । व्यापारी आउँछन् की भनेर किसान यता उता गर्न थालेका छन् ।
गाउँमा सुन्तला खेतीबाट मात्रै किसानले वार्षिक १० करोड देखि १५ करोडसम्म आम्दानी गर्दै आएका छन् । तर यसपालि समयमा सुन्तला बिक्री नहुँदा खेतीमा पर्ने त्रासमा छन् । ‘अहिले जिल्लाका अन्य स्थानबाट व्यापारीले सुन्तला लगिरहेका छन् । त्यहाँका सुन्तला लगभग सकिन थालेका छन् । यतातिर आउने तयारी गरेका छन्,’ गाउँमै धेरै सुन्तला फलाउने योगीले भने, ‘एक दुई जना त आएका छन् । तिनीहरुले मात्र वडाभरि फलेका सुन्तला उठाउन सक्दैनन्, त्यही भएर अन्य व्यापारी कुरेका छौँ ।’
उनका अनुसार गत वर्ष माघको तेस्रो सातासम्म सुन्तला बिक्री भइसकेको थियो। पाकेको सुन्तला समयमै टिपेर बिक्री नगर्दा बोट बिग्रने र आउने वर्षमा फल धेरै नफल्ने डर चिन्ता लाग्न थालेको उनले बताए ।
यहाँ अहिले सुन्तला प्रति किलो ९० देखि १ सय २० रुपैयाँ सम्मले कारोबार भइरहेको छ । गत वर्ष पुषको अन्तिममै सुन्तला बिक्री गरिसकेका अर्का किसान रेसम डाँगीले व्यापारी नआएकाले माघको पहिलो सातासम्म पनि पाकेका सुन्तला टिप्ने सुरसार नगरेको बताए ।
वार्षिक १० लाख बढी कमाई गर्दै आएका उनले पहिला आएका व्यापारी केही ब्यक्तिले बिच्काएका कारण समस्या भएको बताए । ‘दैनिक २०/२५ किलो सुन्तला बिक्री गरिरहेको छु । व्यापारी नआएकाले सबै टिपेको छैन । टिपेर राख्ने ठाँउ छैन कुहिएर जाने डर हुन्छ,’ उनले भने।
वार्षिक १० लाख सुन्तला बिक्री गरेर आम्दानी गर्दै आएका अर्का किसान अंगेस्वर डाँगीले ठुला व्यापारी नआएपनि फाट्टफुट्ट सुन्तला बिक्री गरिरहेको बताए । सुन्तला फलेका ४ सय बोटमध्ये तीन सय बढी बोटमा भने सुन्तला अझै रहेको उनले बताए ।
‘एकै पटक सबै बिक्री गर्नलाई ठुला व्यापारी खोजेको हो। तर यसपालि अझै आएका छैनन्,’ उनले भने, ‘गत बर्ष त समयमै आएका थिए ।’ कृषि ज्ञान केन्द्र सल्यानका सुचना अधिकारी ईस्वरी नारायण घर्तीले व्यापारी आउन ढिलाई गरेकै कारण कोटमौलाका किसानले समयमै सुन्तला बिक्री गर्न नसकेका बताए ।
‘अहिलेसम्म थोरै किसानले मात्र सुन्तला बिक्री गरेका छन्,’ उनले भने, ‘पाकेको सुन्तला बिक्री गर्न किसानले नै ठुला व्यापारीसँग सम्पर्क गरिरहेका छन् ।’ पाकेका सुन्तला टिप्न ढिलाई गर्दा बोट बिग्रने र अर्को वर्ष उत्पादन घट्ने डर हुने उनले बताए । त्यसबारे किसानलाई सल्लाह समेत दिइसकेको उनको भनाइ छ ।
उनका अनुसार जिल्लामा १ हजार ६ सय बढी हेक्टरमा किसानले सुन्तला लगाएको र यसबाट बार्षिक २५ करोडसम्म आम्दानी गर्दै आएका छन् । यसवर्ष ४० प्रतिशत सुन्तला बिक्री भइसकेको उनले बताए ।
(kantipur)
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login