Connect with us
Advertisement

सुन्दरहरैचामा सलकपुर खुल्ला क्रिकेट प्रतियोगिता सुरु

Published

on

सलकपुर।। सुन्दरहरैंचा नगरपालिकामा सोमबार देखि सलकपुर खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । माघ १५ देखि २२ गते सम्म खेल हुनेछन ।
भुल्के युवा समाज र सलकपुर क्रिकेट क्लबको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा १६ वटा टिमकाे सहभागिता रहने आयाेजकले जानकारी गराएको छ ।
स्थान : सुन्दरहरैचा-८, सलकपुर मोरङ (अफिस चौरी)
मुख्य प्रर्वद्धक : सुन्दरहरैंचा नगरपालिका मोरङ, नेपाल
आयोजकः भुल्के युवा समाज सुन्दरहरैंचा-८, सलकपुर मोरङ
प्रर्वद्धक : सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ को कार्यालय मोरङ, नेपाल
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मिति २०८०।४।३२ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लव अफ विराटनगर एलिटले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरेका थिए । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. मिनाक्षी बस्नेतको सकृयतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नोवेल इकाई एवं जिल्ला समितिको सहयोग रहेको र रक्तदानबाट १०६ पिण्ट रगत संकलन भएको थियो ।
Continue Reading

Banner

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो । सिविरबाट ९०० जना विरामीहरु स्वास्थ्य परीक्षण र उपचार सेवाबाट लाभान्वित भएका थिए ।
वडा नंं ३ का वडा अध्यक्षको सभापतित्व र नगरपालिका प्रमुखको प्रमुख आथित्यता उद्घाटन भएको नि.शुल्क स्वास्थ शिविरमा जेनेरल मेडिसिनमा ८९ जना, छाला रोगमा ३८ जना, स्त्री तथा प्रसुती रोग ८० जना, जनरल सर्जरीमा ६० जना, हाड जोर्नी ५३ जना, नाक कान घाँटीमा ५२ जना, बाल रोगमा १५० जना, दन्त रोगमा ४५ जना, आँखा परीक्षणमा २२७ जनाको परीक्षण गरिएको थियो । सिविरमा ४० जनाको इ .सि. जि., ८० जनाको भिडियो एक्स–रे र ७० जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।
Continue Reading

Banner

नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड

Published

on

आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो ।   शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।

शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।

सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।

गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक