Connect with us
Advertisement

अलैँचीको मूल्यवृद्धिसँगै किसान आकर्षित

Published

on

 खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष सात मन प्रतिमन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेच्नुभयो तर मूल्य बढेर अहिले प्रतिमन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।

विगत वर्षमा प्रतिमन २० हजारका दरले अलैँची बिक्री हुन्थ्यो तर अहिले अलैँचीको मूल्य दिनानुदिन बढ्दै गएको छ । उहाँले भन्नुभयो, “गाउँको ३० रोपनी जग्गामा २० मन अलैँची उत्पादन हुन्छ, अलैँचीका बिरुवा बेच्दा नै लगानी उठ्छ, बाँकी आफूलाई नाफा हुन्छ ।” स्थानीय अर्का कृषक लक्ष्मण राईले १५ रोपनीमा गत वर्ष छ मन अलैँची उत्पादन गरेकोमा अहिले साढे तीन मन अलैँची उत्पादन गर्नुभयो । “स्थानीय व्यापारीहरूले घरमै आएर राम्रो मूल्य दिनुहुन्छ, हामीले त धान फल्ने खेत मासेर पनि अलैँची लगाएका छौँ”, उहाँले भन्नुभयो, “धान, मकै र कोदोभन्दा अलैँचीबाट राम्रो आम्दानी हुन्छ । घरखर्चसँगै छोराछोरीको पढाइ, लुगाफाटो किन्ने खर्च अलैँची बेचेरै आम्दानी हुन्छ ।”

उत्पादन भएको अलैँची प्रतिकेजी दुई हजार पाँच सय रुपियाँसम्म बिक्री भएकाले आफूसँगै गाउँभरि नै व्यावसायिक अलैँची खेतीतर्फ स्थानीय लागिपरेको उहाँ बताउनुहुन्छ । पुराना भट्टीमा समय, दाउरा धेरै लाग्ने, कामदारको स्वास्थ्यमा समस्या, लगानी धेरै लाग्नेलगायत थुप्रै समस्या थिए तर अहिले अलैँची जोनले नयाँ आधुनिक भट्टी दिएसँगै ती समस्या पनि छैनन् र सुकाउन चाडो पनि हुन्छ । अलैँची खेतीलाई हिउँदमा आकाशको पानी चाहिन्छ भने सिँचाइको पनि व्यवस्था गर्नुपर्छ, सिँचाइ अभावसँगै बेला बेलामा लाग्ने छिर्के फुर्के, जरा तथा पाना कुहिने, ढुसी, डढुवा जस्ता रोगको प्रकोपले अलैँचीको उत्पादनमा ह्रास आउने गरेको छ ।

स्थानीय अलैँची व्यापारी शुक्रराज राईका अनुसार विगत दुई वर्षदेखि अलैँचीको मूल्य दिनानुदिन बढ्दै गएको छ । अहिले डम्बर साई प्रजातिको अलैँचीको मूल्य प्रतिमन ८५ हजार कृषकको घरमै दिने गरेका छौँ । यसको मुख्य कारण अलैँची उत्पादन कम भएर पनि हो । त्यससँगै अलैँची कृषकले अलैँची सुकाउन प्रयोग गर्ने आधुनिक भट्टीका कारण पनि हो । जसले अलैँचीको रङ परिवर्तन नहुने, धुवाँ गन्ध कम हुने, तौल नघट्ने, गुणस्तर राम्रो हुनेलगायतका कारणले मूल्यमा गिरावट आएको छैन ।

पछिल्लो समय अलैँचीको मूल्यवृद्धि हुँदा किसान उत्साहित छन् । यसको श्रेय अलैँची जोन कार्यालय भोजपुरलाई जान्छ । जसले अलैँची कृषकलाई सिँचाइ पूर्वाधार निर्माण, अलैँची सुकाउने आधुनिक भट्टी निर्माणमा सहयोग गरेको छ, अलैँची व्यवसायी महासङ्घ जिल्ला अध्यक्ष राजेश विष्टले भन्नुभयो, “आधुनिक भट्टीमा अलैँची सुकाउँदा अलैँचीको गुणस्तर वृद्धि, तौल, भण्डार गर्न सहज, काम गर्न चाँडो हुने, सहज बिक्रीवितरण भएको छ । अब हामीले अलैँची खेतीलाई थप व्यावसायिक गरी अलैँचीको लेबलिङ, प्याकेजिङ र ब्रान्डिङका लागि स्थानीय, प्रदेश तथा सङ्घ सरकारसँग आह्वान गर्छौं ।”

भोजपुर जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म अलैँची जोन कार्यक्रममा आबद्ध भई अलैँची खेती गर्दै आएको अलैँची जोन कार्यालयले जनाएको छ । विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गर्दै आएको जोन कार्यालय भोजपुरले जनाएको छ । अहिले जिल्लाभरि ७२३ हेक्टरमा अलैँची खेती हुँदै आएको छ भने मुख्य गरी ६६५ हेक्टरमा उत्पादन हुँदै आएको छ ।

प्रतिहेक्टर ०.४२ मेट्रिक टनका दरले यस वर्ष २७९.३ मेट्रिक टन अलैँची उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभा जोन प्राविधिक एकाइ भोजपुरकी प्रमुख कौशीला विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा छ वटा स्थानीय तहका ३० वडामा अलैँची जोनको कार्यक्रम सञ्चालन रहेको छ । उक्त क्षेत्रका ५६ किसानलाई अहिलेसम्म अलैँची सुकाउने आधुनिक भट्टी प्रदान गरिएको छ । कृषकलाई सिँचाइ पूर्वाधार निर्माण कृषि यान्त्रिकीकरण, भकारो तथा गोठ सुधार कार्यक्रम, अलैँची, सुन्तला क्षेत्र विस्तार, सुन्तलाको पुरानो बगैँचा

प्रतिस्थापन कार्यक्रम, नर्सरी केन्द्र स्थापना, खाद्यान्न बालीको बीजवृद्धि कार्यक्रम, चक्लाबन्दी कार्यक्रम प्रशोधन तथा बजारीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

(gorkhapatraonline)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक