Connect with us
Advertisement

अलैँचीको मूल्यवृद्धिसँगै किसान आकर्षित

Published

on

 खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष सात मन प्रतिमन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेच्नुभयो तर मूल्य बढेर अहिले प्रतिमन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।

विगत वर्षमा प्रतिमन २० हजारका दरले अलैँची बिक्री हुन्थ्यो तर अहिले अलैँचीको मूल्य दिनानुदिन बढ्दै गएको छ । उहाँले भन्नुभयो, “गाउँको ३० रोपनी जग्गामा २० मन अलैँची उत्पादन हुन्छ, अलैँचीका बिरुवा बेच्दा नै लगानी उठ्छ, बाँकी आफूलाई नाफा हुन्छ ।” स्थानीय अर्का कृषक लक्ष्मण राईले १५ रोपनीमा गत वर्ष छ मन अलैँची उत्पादन गरेकोमा अहिले साढे तीन मन अलैँची उत्पादन गर्नुभयो । “स्थानीय व्यापारीहरूले घरमै आएर राम्रो मूल्य दिनुहुन्छ, हामीले त धान फल्ने खेत मासेर पनि अलैँची लगाएका छौँ”, उहाँले भन्नुभयो, “धान, मकै र कोदोभन्दा अलैँचीबाट राम्रो आम्दानी हुन्छ । घरखर्चसँगै छोराछोरीको पढाइ, लुगाफाटो किन्ने खर्च अलैँची बेचेरै आम्दानी हुन्छ ।”

उत्पादन भएको अलैँची प्रतिकेजी दुई हजार पाँच सय रुपियाँसम्म बिक्री भएकाले आफूसँगै गाउँभरि नै व्यावसायिक अलैँची खेतीतर्फ स्थानीय लागिपरेको उहाँ बताउनुहुन्छ । पुराना भट्टीमा समय, दाउरा धेरै लाग्ने, कामदारको स्वास्थ्यमा समस्या, लगानी धेरै लाग्नेलगायत थुप्रै समस्या थिए तर अहिले अलैँची जोनले नयाँ आधुनिक भट्टी दिएसँगै ती समस्या पनि छैनन् र सुकाउन चाडो पनि हुन्छ । अलैँची खेतीलाई हिउँदमा आकाशको पानी चाहिन्छ भने सिँचाइको पनि व्यवस्था गर्नुपर्छ, सिँचाइ अभावसँगै बेला बेलामा लाग्ने छिर्के फुर्के, जरा तथा पाना कुहिने, ढुसी, डढुवा जस्ता रोगको प्रकोपले अलैँचीको उत्पादनमा ह्रास आउने गरेको छ ।

स्थानीय अलैँची व्यापारी शुक्रराज राईका अनुसार विगत दुई वर्षदेखि अलैँचीको मूल्य दिनानुदिन बढ्दै गएको छ । अहिले डम्बर साई प्रजातिको अलैँचीको मूल्य प्रतिमन ८५ हजार कृषकको घरमै दिने गरेका छौँ । यसको मुख्य कारण अलैँची उत्पादन कम भएर पनि हो । त्यससँगै अलैँची कृषकले अलैँची सुकाउन प्रयोग गर्ने आधुनिक भट्टीका कारण पनि हो । जसले अलैँचीको रङ परिवर्तन नहुने, धुवाँ गन्ध कम हुने, तौल नघट्ने, गुणस्तर राम्रो हुनेलगायतका कारणले मूल्यमा गिरावट आएको छैन ।

पछिल्लो समय अलैँचीको मूल्यवृद्धि हुँदा किसान उत्साहित छन् । यसको श्रेय अलैँची जोन कार्यालय भोजपुरलाई जान्छ । जसले अलैँची कृषकलाई सिँचाइ पूर्वाधार निर्माण, अलैँची सुकाउने आधुनिक भट्टी निर्माणमा सहयोग गरेको छ, अलैँची व्यवसायी महासङ्घ जिल्ला अध्यक्ष राजेश विष्टले भन्नुभयो, “आधुनिक भट्टीमा अलैँची सुकाउँदा अलैँचीको गुणस्तर वृद्धि, तौल, भण्डार गर्न सहज, काम गर्न चाँडो हुने, सहज बिक्रीवितरण भएको छ । अब हामीले अलैँची खेतीलाई थप व्यावसायिक गरी अलैँचीको लेबलिङ, प्याकेजिङ र ब्रान्डिङका लागि स्थानीय, प्रदेश तथा सङ्घ सरकारसँग आह्वान गर्छौं ।”

भोजपुर जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म अलैँची जोन कार्यक्रममा आबद्ध भई अलैँची खेती गर्दै आएको अलैँची जोन कार्यालयले जनाएको छ । विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गर्दै आएको जोन कार्यालय भोजपुरले जनाएको छ । अहिले जिल्लाभरि ७२३ हेक्टरमा अलैँची खेती हुँदै आएको छ भने मुख्य गरी ६६५ हेक्टरमा उत्पादन हुँदै आएको छ ।

प्रतिहेक्टर ०.४२ मेट्रिक टनका दरले यस वर्ष २७९.३ मेट्रिक टन अलैँची उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभा जोन प्राविधिक एकाइ भोजपुरकी प्रमुख कौशीला विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा छ वटा स्थानीय तहका ३० वडामा अलैँची जोनको कार्यक्रम सञ्चालन रहेको छ । उक्त क्षेत्रका ५६ किसानलाई अहिलेसम्म अलैँची सुकाउने आधुनिक भट्टी प्रदान गरिएको छ । कृषकलाई सिँचाइ पूर्वाधार निर्माण कृषि यान्त्रिकीकरण, भकारो तथा गोठ सुधार कार्यक्रम, अलैँची, सुन्तला क्षेत्र विस्तार, सुन्तलाको पुरानो बगैँचा

प्रतिस्थापन कार्यक्रम, नर्सरी केन्द्र स्थापना, खाद्यान्न बालीको बीजवृद्धि कार्यक्रम, चक्लाबन्दी कार्यक्रम प्रशोधन तथा बजारीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

(gorkhapatraonline)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक