Banner
बाँसबारीको जग्गा फर्काएर टार्ने खेल
भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणको अनुसन्धान थालेको छ। च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदबाग रेजिडेन्सी प्रालि) का अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र जग्गा फिर्ता गर्न निर्देशन दिएको छ।
मालपोत अधिकृत बोगराज शर्मा कट्टेलले ठाकुरलाई बाटोको हद म्यादबाहेक २१ दिनभित्र आफैं वा वारेस गरी कार्यालय समयभित्र उपस्थित हुन निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयले सो जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउन गरेको पत्राचार गरेअनुसार नै मालपोतले पत्र काटेको देखिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सीजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष ठाकुरलाई पक्राउ गरेको थियो।
ठाकुर अम्रपाली इन्फ्रास्ट्रक्चर एन्ड हाउजिङ प्रालिका अध्यक्षसमेत हुन्। उनीहरू तीनै जना जग्गा फिर्ता गर्ने भन्दै नाटकीय रूपमा छुटेका थिए।
२०३७ मा तत्कालीन श्री ५ को सरकारको १८ रोपनी ३ आना २ पैसा जग्गा बाँसबारी छालाजुत्ता कारखानालाई दिइएको थियो। २०४३ मा सो जग्गामध्येबाट बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र चौधरी ग्रुपकातर्फबाट लुनकरणदास चौधरीबीच च्याम्पियन फुटवेयर लिमिटेड स्थापना गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको सो कम्पनीमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत सेयर हुने गरी कम्पनी स्थापना गरिएको थियो।
२०४३ कात्तिक २७ मा ‘च्याम्पियन फुटवेयर लिमिटेड’ रजिष्टार कार्यालयमा दर्ता भएको थियो। २०४४ भदौ ५ मा छालाजुत्ता कारखानाको १८ रोपनीमध्ये ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरका नाममा हस्तान्तरण गरिएको थियो। जसको मूल्यांकन २ लाख ५० हजार प्रतिरोपनी गरिएको थियो। छालाजुत्ता कारखानाको २५ प्रतिशत सेयरबापत ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई प्रदान गरिएको थियो।
चौधरी समूहले २०४४ कात्तिक १३ मा कारखानामा थप एक लाख रुपैयाँ खर्च गरेको थियो। त्यही आधारमा थप ४ रोपनी जग्गा २०४४ मंसिर १८ मा च्याम्पियन फुटवेयरलाई हस्तान्तरण गरिएको थियो। यही साल कम्पनीको पुँजी १ करोड बनाइएको थियो। ५१ प्रतिशत सेयर भएको च्याम्पियनले २६ लाख मात्रै लगानी गरेको थियो भने छालाजुत्ताले ४ रोपनी जग्गा नामसारी गरिदिएको थियो। यसको केही वर्षपछि छालाजुत्ता कारखाना बन्द भयो।
२०४९ असार २३ मा अर्थ मन्त्रालयले निजीकरण गर्ने निर्णय गरेको थियो। सीआईबीका अनुसार निजीकरणका क्रममा च्याम्पियन फुटवेयरबाट २५ प्रतिशत सेयर किन्नुपर्ने प्रस्ताव भएको थियो। २०५१ वैशाख १४ मा अर्थराज्यमन्त्री महेश आचार्यको नेतृत्वमा निजीकरण एकाइ समितिको बैठकद्वारा च्याम्पियन फुटवेयर कम्पनीमा बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको २५ प्रतिशत सेयर महालेखा नियन्त्रक कार्यालयमा नामसारी गर्ने निर्णय गरेको थियो। महालेखा नियन्त्रण कार्यालयमा २५ प्रतिशत सेयर लिलामी गर्ने निर्णय भएको थियो। अन्य केही कम्पनीको प्रस्तावसमेत हालेर ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले सो सेयर खरिद गरेका थिए। २०५१ मा अर्थमन्त्री भरतमोहन अधिकारीले च्याम्पियन फुटवेयरमा रहेको कारखानाको सेयर बिक्री गर्ने निर्णय गरेका थिए। २०५२ साउन ११ मा कम्पनीको २५ प्रतिशत सेयर ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले आफ्नो नाममा खरिद गरेका थिए।
२०५४ साउन १२ मा च्याम्पियन फुटवेयरलाई प्राइभेट लिमिटेड बनाउने प्रक्रिया सुरु भएको थियो। बासँबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत सेयर २०५४ साउन १२ मा अरुण चौधरीको नाममा हस्तान्तरण गरिएको थियो। २०५४ पुस ४ मा च्याम्पियन फुटवेयर अरुण चौधरी र शिला चौधरीको नाममा प्राइभेट लिमिटेडमा दर्ता भएको थियो।
त्यसपछि च्याम्पियन फुटवेयर लिमिटेडको नाम परिवर्तन गरी सीजी चाँदबाग रेजिडेन्सी प्रालि बनाइएको हो। च्याम्पियन फुटवेयर प्रालि र चाँदबाग रेसिडेन्सीको दर्ता नम्बर एउटै ७८१९ छ। चाँदबाग रेसिडेन्सीमा अरुणकुमार चौधरी, शिला चौधरी, आम्रपालिका अध्यक्ष सञ्जय ठाकुर सञ्चालक छन्। यो जग्गा २०६६ कात्तिक २५ गते डिल्लीबजार मालपोत कार्यालयले हालसाविक गरेको थियो।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login