Connect with us
Advertisement

बाँसबारीको जग्गा फर्काएर टार्ने खेल

Published

on

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणको अनुसन्धान थालेको छ। च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदबाग रेजिडेन्सी प्रालि) का अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र जग्गा फिर्ता गर्न निर्देशन दिएको छ।

 

मालपोत अधिकृत बोगराज शर्मा कट्टेलले ठाकुरलाई बाटोको हद म्यादबाहेक २१ दिनभित्र आफैं वा वारेस गरी कार्यालय समयभित्र उपस्थित हुन निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयले सो जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउन गरेको पत्राचार गरेअनुसार नै मालपोतले पत्र काटेको देखिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सीजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष ठाकुरलाई पक्राउ गरेको थियो।

ठाकुर अम्रपाली इन्फ्रास्ट्रक्चर एन्ड हाउजिङ प्रालिका अध्यक्षसमेत हुन्। उनीहरू तीनै जना जग्गा फिर्ता गर्ने भन्दै नाटकीय रूपमा छुटेका थिए।

२०३७ मा तत्कालीन श्री ५ को सरकारको १८ रोपनी ३ आना २ पैसा जग्गा बाँसबारी छालाजुत्ता कारखानालाई दिइएको थियो। २०४३ मा सो जग्गामध्येबाट बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन  अध्यक्ष अजितनारायणसिंह थापा र चौधरी ग्रुपकातर्फबाट लुनकरणदास चौधरीबीच च्याम्पियन फुटवेयर लिमिटेड स्थापना गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको सो कम्पनीमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत सेयर हुने गरी कम्पनी स्थापना गरिएको थियो।

२०४३ कात्तिक २७ मा ‘च्याम्पियन फुटवेयर लिमिटेड’ रजिष्टार कार्यालयमा दर्ता भएको थियो। २०४४ भदौ ५ मा छालाजुत्ता कारखानाको १८ रोपनीमध्ये ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरका नाममा हस्तान्तरण गरिएको थियो। जसको मूल्यांकन २ लाख ५० हजार प्रतिरोपनी गरिएको थियो। छालाजुत्ता कारखानाको २५ प्रतिशत सेयरबापत ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई प्रदान गरिएको थियो।

चौधरी समूहले २०४४ कात्तिक १३ मा कारखानामा थप एक लाख रुपैयाँ खर्च गरेको थियो। त्यही आधारमा थप ४ रोपनी जग्गा २०४४ मंसिर १८ मा च्याम्पियन फुटवेयरलाई हस्तान्तरण गरिएको थियो। यही साल कम्पनीको पुँजी १ करोड बनाइएको थियो। ५१ प्रतिशत सेयर भएको च्याम्पियनले २६ लाख मात्रै लगानी गरेको थियो भने छालाजुत्ताले ४ रोपनी जग्गा नामसारी गरिदिएको थियो। यसको केही वर्षपछि छालाजुत्ता कारखाना बन्द भयो।

२०४९ असार २३ मा अर्थ मन्त्रालयले निजीकरण गर्ने निर्णय गरेको थियो। सीआईबीका अनुसार निजीकरणका क्रममा च्याम्पियन फुटवेयरबाट २५ प्रतिशत सेयर किन्नुपर्ने प्रस्ताव भएको थियो। २०५१ वैशाख १४ मा अर्थराज्यमन्त्री महेश आचार्यको नेतृत्वमा निजीकरण एकाइ समितिको बैठकद्वारा च्याम्पियन फुटवेयर कम्पनीमा बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको २५ प्रतिशत सेयर महालेखा नियन्त्रक कार्यालयमा नामसारी गर्ने निर्णय गरेको थियो। महालेखा नियन्त्रण कार्यालयमा २५ प्रतिशत सेयर लिलामी गर्ने निर्णय भएको थियो। अन्य केही कम्पनीको प्रस्तावसमेत हालेर ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले सो सेयर खरिद गरेका थिए। २०५१ मा अर्थमन्त्री भरतमोहन अधिकारीले च्याम्पियन फुटवेयरमा रहेको कारखानाको सेयर बिक्री गर्ने निर्णय गरेका थिए। २०५२ साउन ११ मा कम्पनीको २५ प्रतिशत सेयर ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले आफ्नो नाममा खरिद गरेका थिए।

२०५४ साउन १२ मा च्याम्पियन फुटवेयरलाई प्राइभेट लिमिटेड बनाउने प्रक्रिया सुरु भएको थियो। बासँबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत सेयर २०५४ साउन १२  मा अरुण चौधरीको नाममा हस्तान्तरण गरिएको थियो। २०५४ पुस ४ मा च्याम्पियन फुटवेयर अरुण चौधरी र शिला चौधरीको नाममा प्राइभेट लिमिटेडमा दर्ता भएको थियो।

त्यसपछि च्याम्पियन फुटवेयर लिमिटेडको नाम परिवर्तन गरी सीजी चाँदबाग रेजिडेन्सी प्रालि बनाइएको हो। च्याम्पियन फुटवेयर प्रालि र चाँदबाग रेसिडेन्सीको दर्ता नम्बर एउटै ७८१९ छ। चाँदबाग रेसिडेन्सीमा अरुणकुमार चौधरी, शिला चौधरी, आम्रपालिका अध्यक्ष सञ्जय ठाकुर सञ्चालक छन्। यो जग्गा २०६६ कात्तिक २५ गते डिल्लीबजार मालपोत कार्यालयले हालसाविक गरेको थियो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक