Connect with us
Advertisement

म्यानपावरले दु:ख दिँदा कतारमा जेल बस्न बाध्य भएँ : सीता लावती

Published

on

पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित ‘कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र ‘फ्रि टिकट, फ्रि भिसा: अवसर कि अवरोध’ कार्यक्रममा बोल्दै उनले विश्वासका आधारमा म्यानपावरलाई उक्त पैसा दिए पनि फिर्ता नपाएको बताइन् ।

‘पहिला क्युभिसी गर्न पैसा लाग्छ भन्दै म्यानपावरबाट ५० हजार माग्नुभयो, ५० हजार छैन, ३० हजार खातामा हालिदिन्छु भन्यौं,’ उनले भनिन, ‘खातामा हाल्न मिल्दैन, हातैमा पैसा दिनु भन्नुभयो, विश्वासले पैसा दियौं, त्यसको प्रमाण भएन, जसले गर्दा धेरै दुःख भयो ।’

सुरुमा म्यानपावर खोज्दा धेरै दुःख पाएको उनले गुनासो गरिन् । ‘कोटेश्वर नेसनल ओभरसिपमार्फत कतार गएँ, फ्रि भिसा भनिए पनि फ्रि भिसा भएन, ३ लाख २५ हजार तिरेर कतार पुग्यौं,’ उनले भनिन, ‘वेटरको अन्तर्वार्ता लिएर पठाए पनि काम पाइएन । तीन महिना त्यत्तिकै बितायौं ।’ त्यो ३० हजार रुपैयाँ मार्न नसकेर पैसा फिर्ता नहुने भएपछि कतार गएको उनले बताइन् ।

संस्थाबाट ऋण लिएर कतार गएको उनले सुनाइन् । ‘एक महिना नपुग्दै ब्याज तिर्नु परेको छ, त्यति मात्र होइन, किस्ता पनि घटाउनु परेको छ,’ उनले भनिन, ‘म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा आएर मुद्दा पनि गयौं । ‘ दुई वर्षको सम्झौता गरेर गए पनि त्यो भन्दा अघि आए रकम फिर्ता दिने भन्ने रहेको उनले बताइन् । ‘पैसा फिर्ता माग्यौं, कि त्यही पैसाले अन्यत्र पठाइदिनु भन्दा पैसा फिर्ता नदिने भन्दै प्रहरीमा उजुरी दिनु भए छ,’ उनले भनिन, ‘त्यो भिसामा नगए पैसा फिर्ता पाइँदैन भन्नुभयो, त्यही भएर त्यति पैसा तिरेर गएका थियौं, नेपालीले नै खोलेको सेवा बेस्ट कम्पनीमा पुग्यौं, त्यहाँ काम पनि दिनु भएन । त्यहाँ तीन महिनासम्म त्यत्तिकै बितायौं ।’

ठूलो सपना देखेर ऋणको भारी बोकी विदेश गए पनि सोचेकोभन्दा ठीक उल्टो भएको उनले दुःखेसो पोखिन् । ‘विमानस्थलमा सेवा बेस्ट कम्पनीका सरहरुले लिएर जानुभयो, त्यहाँ लगेर एउटा भिल्लामा राख्नु भयो,’ उनले भनिन, ‘हामीलाई न खान दिनु भयो, न व्यवस्थित रूपमा राख्नुभयो, केही सहयोग गर्नु भएन ।’ साढे दुई महिनासम्म यस्तो समस्या झेलेको उनले बताइन् । ‘नेपालबाट पैसा मगाएर खाना खायौं, यसरी कहिलेसम्म चल्छ भनेर नेपालै फर्किनुपर्छ भन्नेमा पुग्यौं,’ उनले भनिन्, ‘त्यसपछि नेपाली दूतावासमा गयौं, त्यहाँ नेपाल गएकै राम्रो भन्नु भयो, नेपालको कम्पनी र कतारको कम्पनीलाई दूतावासबाट फोन गर्दा पनि गम्भीर रूपमा लिनु भएन ।’

कतारमा रहेको नेपाली दूतावासमा गएपछि म्यानपावर कम्पनीले ‘इज्जत गयो’ भन्दै मुद्दा हालेको उनले बताइन् । ‘नेपाल आइसकेका थियौं,’ उनले भनिन्, ‘विमानस्थलमा आएपछि मुद्दा हालेको थाहा पायौं,फेरि उतै फर्किएर १० दिन जेल बसेर नेपाल आउन सफल भयौं ।’

(kantipur)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक