Connect with us
Advertisement

म्यानपावरले दु:ख दिँदा कतारमा जेल बस्न बाध्य भएँ : सीता लावती

Published

on

पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित ‘कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र ‘फ्रि टिकट, फ्रि भिसा: अवसर कि अवरोध’ कार्यक्रममा बोल्दै उनले विश्वासका आधारमा म्यानपावरलाई उक्त पैसा दिए पनि फिर्ता नपाएको बताइन् ।

‘पहिला क्युभिसी गर्न पैसा लाग्छ भन्दै म्यानपावरबाट ५० हजार माग्नुभयो, ५० हजार छैन, ३० हजार खातामा हालिदिन्छु भन्यौं,’ उनले भनिन, ‘खातामा हाल्न मिल्दैन, हातैमा पैसा दिनु भन्नुभयो, विश्वासले पैसा दियौं, त्यसको प्रमाण भएन, जसले गर्दा धेरै दुःख भयो ।’

सुरुमा म्यानपावर खोज्दा धेरै दुःख पाएको उनले गुनासो गरिन् । ‘कोटेश्वर नेसनल ओभरसिपमार्फत कतार गएँ, फ्रि भिसा भनिए पनि फ्रि भिसा भएन, ३ लाख २५ हजार तिरेर कतार पुग्यौं,’ उनले भनिन, ‘वेटरको अन्तर्वार्ता लिएर पठाए पनि काम पाइएन । तीन महिना त्यत्तिकै बितायौं ।’ त्यो ३० हजार रुपैयाँ मार्न नसकेर पैसा फिर्ता नहुने भएपछि कतार गएको उनले बताइन् ।

संस्थाबाट ऋण लिएर कतार गएको उनले सुनाइन् । ‘एक महिना नपुग्दै ब्याज तिर्नु परेको छ, त्यति मात्र होइन, किस्ता पनि घटाउनु परेको छ,’ उनले भनिन, ‘म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा आएर मुद्दा पनि गयौं । ‘ दुई वर्षको सम्झौता गरेर गए पनि त्यो भन्दा अघि आए रकम फिर्ता दिने भन्ने रहेको उनले बताइन् । ‘पैसा फिर्ता माग्यौं, कि त्यही पैसाले अन्यत्र पठाइदिनु भन्दा पैसा फिर्ता नदिने भन्दै प्रहरीमा उजुरी दिनु भए छ,’ उनले भनिन, ‘त्यो भिसामा नगए पैसा फिर्ता पाइँदैन भन्नुभयो, त्यही भएर त्यति पैसा तिरेर गएका थियौं, नेपालीले नै खोलेको सेवा बेस्ट कम्पनीमा पुग्यौं, त्यहाँ काम पनि दिनु भएन । त्यहाँ तीन महिनासम्म त्यत्तिकै बितायौं ।’

ठूलो सपना देखेर ऋणको भारी बोकी विदेश गए पनि सोचेकोभन्दा ठीक उल्टो भएको उनले दुःखेसो पोखिन् । ‘विमानस्थलमा सेवा बेस्ट कम्पनीका सरहरुले लिएर जानुभयो, त्यहाँ लगेर एउटा भिल्लामा राख्नु भयो,’ उनले भनिन, ‘हामीलाई न खान दिनु भयो, न व्यवस्थित रूपमा राख्नुभयो, केही सहयोग गर्नु भएन ।’ साढे दुई महिनासम्म यस्तो समस्या झेलेको उनले बताइन् । ‘नेपालबाट पैसा मगाएर खाना खायौं, यसरी कहिलेसम्म चल्छ भनेर नेपालै फर्किनुपर्छ भन्नेमा पुग्यौं,’ उनले भनिन्, ‘त्यसपछि नेपाली दूतावासमा गयौं, त्यहाँ नेपाल गएकै राम्रो भन्नु भयो, नेपालको कम्पनी र कतारको कम्पनीलाई दूतावासबाट फोन गर्दा पनि गम्भीर रूपमा लिनु भएन ।’

कतारमा रहेको नेपाली दूतावासमा गएपछि म्यानपावर कम्पनीले ‘इज्जत गयो’ भन्दै मुद्दा हालेको उनले बताइन् । ‘नेपाल आइसकेका थियौं,’ उनले भनिन्, ‘विमानस्थलमा आएपछि मुद्दा हालेको थाहा पायौं,फेरि उतै फर्किएर १० दिन जेल बसेर नेपाल आउन सफल भयौं ।’

(kantipur)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक