समाचार
अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य
खगोल विद्हरुले ब्रम्हाण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन् । यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन एउटा सूर्यलाई निलिरहेको छ ।
यो ब्ल्याक होल यस अर्थमा निकै भोको छ । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्दछ । त्यसैले यो ब्रम्हाण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको छ ।
यो ब्ल्याक होलका बारेमा हालै मात्र नेचर एस्ट्रोनोमी जर्नलमा शोधपत्र छापिएको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) का वैज्ञानिकहरुले पहिलोपल्ट यसलाई देखेका थिए । ती वैज्ञानिकहरुले साइडिंग स्प्रिङ अब्जरभेटरीमा राखिएको टेलिस्कोपबाट सो चमकदार पिण्ड देखेका थिए ।
एएनयुका वैज्ञानिक क्रिस्चियन वोल्फका अनुसार ब्ल्याक होलबाट उर्जा ग्रहण गरी क्वासार नामक उक्त पिण्ड चम्किन्छ । वैज्ञानिकहरुले अन्तरिक्षमा सबैभन्दा धेरै चम्किलो वस्तुहरुको खोजी गरिरहेका थिए । त्यसका लागि उनीहरुले २.३ मिटरको टेलिस्कोपको सहयोग लिए । त्यसपछि ती वस्तुहरुमा ब्ल्याक होल कति छन् भन्ने हेरे । तत् पश्चात् उनीहरुले युरोपियन साउदर्न अब्जरभेटरीमा गए ।
त्यहाँ जानुको उद्देश्य आफ्नो खोजको पुष्टि गर्नु थियो । सो क्वासारबाट निस्किने प्रकाश पृथ्वीमा १२० करोड वर्षमा आइपुग्छ । तर क्रिस्चियनका अनुसार यी ब्ल्याक होल वास्तवमा तीव्र गतिमा फैलिरहेका छन् । यो हाल पृथ्वीबाट २ सय करोड प्रकाश वर्ष टाढा छ । यसको वजन हाम्रो सूर्यभन्दा १७० करोड गुणा धेरै छ ।
कहिलेकाही ब्ल्याक होल यतिधेरै ठूला हुन्छन् कि त्यसमा २ सय देखि ३ सय करोडसम्म सूर्य विलिन हुन सक्दछन् । ब्रम्हाण्डमा कैयन् ब्ल्याक होल छन् तर तिनको भोक कम छ । उनीहरुले कम पदार्थलाई मात्र निल्दछन् वा बाहिर निकाल्छन् । कम गर्मी तथा प्रकाश निकाल्दछन् । कम चमकदार हुन्छन् । तर पछिल्लोपटक फेला परेको ब्ल्याक होल भने विशालकाय, चमकदार, तातो तथा प्रकाशले भरिपूर्ण छ ।
क्रिस्चियन वोल्फ र उनको टिमले सन् २०२२ मा पनि यस्तै एउटा ब्ल्याक होलको खोजी गरेका थिए । तर पछिल्लो पटक फेला परेको ब्ल्याक होल उनीहरुले दुई वर्षअघि फेला पारेको भन्दा कैयन् गुणा ठूलो, भयानक तथा भोको छ ।
हाम्रो आकाशगंगा अर्थात् मिल्की वे मा धुलोको बादल छ । यसले ब्रम्हाण्डको प्रकाशलाई सोस्दछ । कम्तिमा पनि ब्रम्हाण्डको २० प्रतिशत प्रकाशलाई यसले सोसेको हुन्छ ।
यतिधेरै प्रकाश ब्रम्हाण्डमा नष्ट भएपछि पनि निकै धेरै चमकदार वस्तुहरू बँच्दछन् । यो विशालकाय ब्ल्याक होलभित्र चुम्बकीय आँधी चलिरहेको हुन्छ । उक्त आँधी ७ प्रकाश वर्ष चौडा हुन्छ । यसको तापक्रम करिब १० हजार डिग्री सेल्सियस हुन्छ । शोधकर्ता क्रिस्चियनका अनुसार अहिले हाम्रो ब्रम्हाण्ड किशोरावस्थामा छ । त्यसैले यसको संरचनामा निरन्तर विभिन्न परिवर्तनहरु भइनै रहनेछन् ।
Facebook Comment
Banner
मोबाइलका लागि २० हजार एमएएच क्षमताको ब्याट्री ल्याउँदै सामसङ
सामसङले स्मार्टफोनका लागि अहिलेसम्मकै शक्तिशाली २०,००० एमएएच क्षमताको ब्याट्री परीक्षण गरिरहेको खबर बाहिरिएको छ । चिनियाँ स्मार्टफोन ब्रान्डहरूले ८००० एमएएचभन्दा ठुला ब्याट्री भएका फोन बजारमा ल्याएका बेला सामसङको ब्याट्री निर्माण गर्ने सहायक कम्पनी सामसङ एसडीआईले यो नयाँ प्रयोग सुरु गरेको हो । हालै सार्वजनिक भएको सामसङको फ्ल्यागशिप फोन ग्यालेक्सी एस २५ अल्ट्रामा ५,००० एमएएचको मात्र ब्याट्री प्रयोग गरिएको छ । यस्तो अवस्थामा सामसङले विकास गरिरहेको यो विशाल ब्याट्रीले स्मार्टफोनको ब्याट्री ब्याकअपको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्लेषण गरिएको छ ।
Banner
भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलास मदुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको भूमिकामा नियुक्त गर्ने निर्णय गरेको छ ।
रोयटर्सका अनुसार अदालतले रोड्रिगेजलाई अन्तरिम नेतृत्व सुम्पिनु प्रशासनिक निरन्तरता सुनिश्चित गर्न तथा राष्ट्रको समग्र रक्षा गर्न आवश्यक भएको जनाएको छ ।
सर्वोच्च अदालतले राष्ट्रपति मदुरोको अनुपस्थितिको सन्दर्भमा राज्य सञ्चालन, सरकारी प्रशासनको निरन्तरता तथा राष्ट्रिय सार्वभौमिकताको रक्षा सुनिश्चित गर्न लागु हुने कानुनी संरचना निर्धारण गर्ने विषयमा थप छलफल गरिने पनि बताएको छ ।
यस निर्णयसँगै भेनेजुएलामा राजनीतिक अवस्थाले नयाँ मोड लिएको विश्लेषकहरूको भनाइ छ ।
राष्ट्रपति मदुरोलाई अमेरिकाले कब्जा गरेर न्यु योर्क पुर्याएको छ ।
Banner
कतारले १३ जना नेपालीलाई आममाफी दियाे
कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आधारमा १३ जना नेपालीलाई आममाफी दिएकाे हाे ।
यसैबीच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली कैदीलाई आममाफी दिएकाेप्रति आभार प्रकट गरेको छ । मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।
यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने मन्त्रालयको अपेक्षा छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login