Connect with us
Advertisement

अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य

Published

on

खगोल विद्हरुले ब्रम्हाण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन् । यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन एउटा सूर्यलाई निलिरहेको छ ।

यो ब्ल्याक होल यस अर्थमा निकै भोको छ । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्दछ । त्यसैले यो ब्रम्हाण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको छ ।

यो ब्ल्याक होलका बारेमा हालै मात्र नेचर एस्ट्रोनोमी जर्नलमा शोधपत्र छापिएको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) का वैज्ञानिकहरुले पहिलोपल्ट यसलाई देखेका थिए । ती वैज्ञानिकहरुले साइडिंग स्प्रिङ अब्जरभेटरीमा राखिएको टेलिस्कोपबाट सो चमकदार पिण्ड देखेका थिए ।

एएनयुका वैज्ञानिक क्रिस्चियन वोल्फका अनुसार ब्ल्याक होलबाट उर्जा ग्रहण गरी क्वासार नामक उक्त पिण्ड चम्किन्छ । वैज्ञानिकहरुले अन्तरिक्षमा सबैभन्दा धेरै चम्किलो वस्तुहरुको खोजी गरिरहेका थिए । त्यसका लागि उनीहरुले २.३ मिटरको टेलिस्कोपको सहयोग लिए । त्यसपछि ती वस्तुहरुमा ब्ल्याक होल कति छन् भन्ने हेरे । तत् पश्चात् उनीहरुले युरोपियन साउदर्न अब्जरभेटरीमा गए ।

त्यहाँ जानुको उद्देश्य आफ्नो खोजको पुष्टि गर्नु थियो । सो क्वासारबाट निस्किने प्रकाश पृथ्वीमा १२० करोड वर्षमा आइपुग्छ । तर क्रिस्चियनका अनुसार यी ब्ल्याक होल वास्तवमा तीव्र गतिमा फैलिरहेका छन् । यो हाल पृथ्वीबाट २ सय करोड प्रकाश वर्ष टाढा छ । यसको वजन हाम्रो सूर्यभन्दा १७० करोड गुणा धेरै छ ।

कहिलेकाही ब्ल्याक होल यतिधेरै ठूला हुन्छन् कि त्यसमा २ सय देखि ३ सय करोडसम्म सूर्य विलिन हुन सक्दछन् । ब्रम्हाण्डमा कैयन् ब्ल्याक होल छन् तर तिनको भोक कम छ । उनीहरुले कम पदार्थलाई मात्र निल्दछन् वा बाहिर निकाल्छन् । कम गर्मी तथा प्रकाश निकाल्दछन् । कम चमकदार हुन्छन् । तर पछिल्लोपटक फेला परेको ब्ल्याक होल भने विशालकाय, चमकदार, तातो तथा प्रकाशले भरिपूर्ण छ ।

क्रिस्चियन वोल्फ र उनको टिमले सन् २०२२ मा पनि यस्तै एउटा ब्ल्याक होलको खोजी गरेका थिए । तर पछिल्लो पटक फेला परेको ब्ल्याक होल उनीहरुले दुई वर्षअघि फेला पारेको भन्दा कैयन् गुणा ठूलो, भयानक तथा भोको छ ।

हाम्रो आकाशगंगा अर्थात् मिल्की वे मा धुलोको बादल छ । यसले ब्रम्हाण्डको प्रकाशलाई सोस्दछ । कम्तिमा पनि ब्रम्हाण्डको २० प्रतिशत प्रकाशलाई यसले सोसेको हुन्छ ।

यतिधेरै प्रकाश ब्रम्हाण्डमा नष्ट भएपछि पनि निकै धेरै चमकदार वस्तुहरू बँच्दछन् । यो विशालकाय ब्ल्याक होलभित्र चुम्बकीय आँधी चलिरहेको हुन्छ । उक्त आँधी ७ प्रकाश वर्ष चौडा हुन्छ । यसको तापक्रम करिब १० हजार डिग्री सेल्सियस हुन्छ । शोधकर्ता क्रिस्चियनका अनुसार अहिले हाम्रो ब्रम्हाण्ड किशोरावस्थामा छ । त्यसैले यसको संरचनामा निरन्तर विभिन्न परिवर्तनहरु भइनै रहनेछन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

Published

on

किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति भएको खेलको ६० औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । जारी प्रतियोगितामा यो उनको आठौँ गोल हो । त्यसको छ मिनेट बित्न नपाउँदै डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो ।

यो जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको आर्लिंगटनमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकको सामना गर्नेछ ।अफ्रिकी च्याम्पियन मोरोक्कोले फ्रान्सलाई कडा चुनौती दिने अपेक्षा गरिए पनि त्यो सम्भव रहेन। ८३ औँ मिनेटमा एजेटिन ओनाहीको फ्रिकिकलाई फ्रान्सेली गोलरक्षक माइक माइन्नानले बचाउनुअघिसम्म मोरोक्कोले फ्रान्सको पोस्टमा एउटा पनि निसाना बनाउन सकेको थिएन खेलको २८ औँ मिनेटमा एमबाप्पे पेनाल्टीमा चुकेका थिए । नोसैर मज्राउईले डी-बक्सभित्र एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । तर, लामो भिएआर समीक्षापछि प्रहार गरिएको उक्त पेनाल्टीलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफमा फ्रान्सको लगातारको दबाब सफल भयो । ६० औँ मिनेटमा डी-बक्सको सिमानाबाट एमबाप्पेले दायाँ खुट्टाले हानेको उत्कृष्ट कर्ल सट बोनोलाई छक्याउँदै जाली चुमेको थियो ।

त्यसपछि ६६ औँ मिनेटमा पेरिस सेन्ट-जर्मेनका स्टार डेम्बेलेले मध्यभागबाट बल एक्लै अघि बढाउँदै गोल गरेपछि फ्रान्सले २-० को सहज जित दर्ता गर्‍यो ।

फ्रान्सले अब सेमिफाइनलमा शुक्रबार लस एन्जलसमा हुने युरोपेली च्याम्पियन स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक