समाचार
नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, सावित्रा भण्डारीको कीर्तिमानी प्रदर्शन
नेपाली महिला राष्ट्रिय फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो । साउदी अरबमा जारी आठ वटा राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा हिजो इराकलाई ५–० ले हराउँदै ६ अङ्क जोडिसकेको छ । हिजोको खेलमा नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरेकी हुन् । योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् ।
यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । अब समूह चरण अन्तर्गत भोलि सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् । नेपाललाई समूह विजेता बन्न बराबरी खेले पुग्ने छ । प्यालेस्टाइनले भने अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ ।
यस्तै अर्को समूहमा ५ पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यस समूहबाट आयोजक साउदी अरब र ग्वाम बाहिरिसकेका छन् ।
Facebook Comment
Banner
टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ
टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा छ । नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ ।
वेस्ट इन्डिज ‘ए’ ले यसअघि नै श्रृङ्खला ३–१ ले जितिसकेको छ । आजको अन्तिम खेलपछि नेपाली टोली भोलि फ्लोरिडा जानेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो ।
Banner
च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा डर्टमन्डको अग्रता
यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराएको छ । घरेलु मैदान सिग्नल इदुना पार्कमा गएराति भएको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । डर्टमन्डका निकलास फुलक्रुगले खेलको ३६ औँ मिनेटमा गोल गरे । दोस्रो लेग अर्को हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ ।
यस लेगको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिख बीचको सेमीफाइनल विजेतासँग खेल्नेछ । यी दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।
Banner
आईपीएलमा कोलकाताले दिल्लीलाई ७ विकेटले हरायाे
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।
दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।
यो जितपछि कोलकाताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अङ्क भएको छ र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। दिल्लीको भने यो यस सिजनमा छैटौँ हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा रहेको छ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login