Connect with us
Advertisement

ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको, माउस सारेर मष्तिष्क चलाउन सक्षम

Published

on

न्यूरालिंक ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको भएका छन् । न्यूरालिंकका संस्थापक एलन मस्कका अनुसार न्यूरालिंक ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको भएको छ ।

साथै, ती बिरामीले आफ्नो दिमाग प्रयोग गरेर कम्प्युटर माउस नियन्त्रण गर्न थालेको छ । मस्क आफैले यो अपडेट संसार सामु साझा गरेका हुन । केही महिनाअघि न्यूरालिङ्कले मस्तिष्कमा ‘चिप’ प्रत्यारोपण गर्न सक्ने व्यक्तिहरूबाट आवेदन लिन थाले पछि पहिलो पटक मानव मष्तिष्कमा चिप प्रत्यारोपण गरिएको थियो ।

न्युरोलिंकका अनुसार हजारौं आवेदनहरूबाट सर्टलिस्ट गरेपछि कम्पनीले आफ्नो पहिलो मानव मस्तिष्क प्रत्यारोपण गरेको थियो जसका लागि कम्पनीले यस कामका लागि एफडीएबाट स्वीकृति लिएको थियो।

समाचार अनुसार मस्कले एक्समा अपडेट सेयर गर्दै बिरामी अहिले पूर्णतया निको भएको र आफ्नो दिमागले कम्प्युटर माउसलाई नियन्त्रण गर्न सक्षम भएको बताएका छन । उनका अनुसार ती बिरामीले कुनै साइड इफेक्ट बिना नै सफलता पुर्वक निको भएको अनुभव गरेका छन् । अब व्यक्तिले कम्प्युटर माउसलाई स्क्रिनको वरिपरि सारेर सोच्न र काम गर्न सक्षम भएका छन ।

मस्कले भने, ‘प्रगति राम्रो छ र बिरामी पूर्ण रूपमा निको भएको देखिन्छ, हामीलाई थाहा नभएको कुनै साइड इफेक्ट बिना। बिरामीले सोचेर मात्र स्क्रिनमा माउस घुमाउन सक्षम हुन्छ ।’

न्यूरालिङ्कले गत सेप्टेम्बरमा मानव परीक्षण भर्तीको लागि स्वीकृति प्राप्त गरेको हो । गत महिना आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क कम्प्यूटर इन्टरफेस चिप प्रत्यारोपण गर्ने कोसेढुङ्गा हासिल गर्‍यो। अध्ययनको प्रारम्भिक लक्ष्य भनेको व्यक्तिहरूलाई आफ्नो विचार प्रयोग गरेर कम्प्युटर कर्सर वा किबोर्ड नियन्त्रण गर्न सक्षम पार्नु हो।

समाचार अनुसार मस्कसँग न्यूरालिङ्कका लागि महत्वाकांक्षी योजनाहरू छन्, यसको टेक्नोलोजीको प्रयोग गरी मोटोपना, अटिजम, डिप्रेसन र सिजोफ्रेनिया जस्ता विभिन्न अवस्थाहरूको उपचार गर्न द्रुत र प्रभावकारी सर्जिकल प्रविष्टिको लागि यसको प्रविधि प्रयोग गर्न सकिनेछ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक