Connect with us
Advertisement

 गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।

Published

on

गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।

बुधवार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवासीय माविमा कक्षा ८ मा अध्ययनरत् विद्यार्थीलाई पाइपले अन्धाधुन्ध शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्।

गृहकार्य पूरा नगरेको भन्दै सामाजिक पढाउने शिक्षक केशव भण्डारीले विद्यार्थी अनुकूल श्रेष्ठलाई कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर बनेका श्रेष्ठको जिउमा नीलडाम छ।

अनुकूलकी आमा कल्पना श्रेष्ठले आफ्ना छोरालाई शिक्षकले कुटेको र घटनालाई ढाकछोप गर्न दबाब आएको बताइन्।

आफ्नो छोरामाथि पटकपटक कुटपिट भए पनि यस्ता शिक्षकलाई कारबाहीको साटो उल्टै विद्यालय प्रशासनले संरक्षण गरेको आमा कल्पनाले बताइन्। ‘मेरो छोरालाई मात्र होइन, सबैलाई पिट्छन्,’ उनले भनिन्।

छोरालाई उपचार गरेर ल्याएको र दुखाई कम गर्ने औषधी खुवाएको आमा कल्पनाको भनाइ छ।

‘सुरूमा छोराले जिउको नीलडाम लुकाएको थियो, पछि जिउ दुख्यो भनेपछि हेर्दा नीलडामै नीलडाम रहेछ,’ शिक्षकले पाइपले कुटेको कुरा कल्पनाले रुँदै भनिन्, ‘आफूले रातदिन दुःख-कष्ट गरेर गरेर पढ्न पठाएको छोरा विद्यालयबाट नै असुरक्षित हुन्छ भने कसको मन रुँदैन र?’

‘नीलडाम हेरेपछि झस्किएँ, मन धेरै रोयो,’ कल्पनाले भनिन्, ‘त्यसरी त पशुलाई पनि चुटिँदैन।’

शिक्षकको कुटाइबाट छोरालाई दुई-तीन दिन हनहनी ज्वरो आएको उनले सुनाइन्। छोरालाई समस्या भएपछि मल्हम् किनेर मालिस गरिदिएको उनले बताइन्।

कुटाई खाएका अनुकूलले आफूलाई जस्तै अरूलाई पनि होमवर्क गर्न नजान्दा नगर्दा पाइपै पाइपले कुट्ने गरेको बताए। ‘मैले जानेजति होमवर्क गरेको थिएँ,’ उनले भने, ‘नजानेको स्कुलमा सरले सिकाइदिनुहुन्छ भनेको त पिट्नुभयो।‘

अनुकूलका बुवा अर्जुनकुमार श्रेष्ठले आफूले छोरालाई विद्यालय ज्ञानगुनका कुरा सिक्न पठाएको तर त्यसरी पिटाई खानका लागि होइन भन्दै ती शिक्षकलाई कारबाहीको माग गरे।

अभिभावकले यसरी मरणासन्न हुने गरी विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई तुरुन्त कारबाही गर्न माग गरेका छन्।

शिक्षा नियमावली अनुसार कक्षामा शिक्षक उपस्थित हुँदा विद्यार्थी कुट्न त के छडी लिएर जान पनि पाइँदैन।

विद्यालय हाताभित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमा बालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरीवानाको व्यवस्था कानुनमा रहेको छ।

सम्झाई-बुझाई गर्नुपर्ने ठाउँमा उल्टै मरणासन्न हुने गरी कुटपिट गरिएको घटनाप्रति स्थानीय अभिभावकले आपत्ति जनाएका छन्।

निजी विद्यालयमा गुणस्तरीय शिक्षा दिने नाममा जबरजस्ती कुटपिट गर्ने तथा धम्क्याएर पढाउने प्रवृत्ति अन्त्य गर्न अभिभावकले माग गरेका छन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक