Banner
गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।
गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।
बुधवार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवासीय माविमा कक्षा ८ मा अध्ययनरत् विद्यार्थीलाई पाइपले अन्धाधुन्ध शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्।
गृहकार्य पूरा नगरेको भन्दै सामाजिक पढाउने शिक्षक केशव भण्डारीले विद्यार्थी अनुकूल श्रेष्ठलाई कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर बनेका श्रेष्ठको जिउमा नीलडाम छ।
अनुकूलकी आमा कल्पना श्रेष्ठले आफ्ना छोरालाई शिक्षकले कुटेको र घटनालाई ढाकछोप गर्न दबाब आएको बताइन्।
आफ्नो छोरामाथि पटकपटक कुटपिट भए पनि यस्ता शिक्षकलाई कारबाहीको साटो उल्टै विद्यालय प्रशासनले संरक्षण गरेको आमा कल्पनाले बताइन्। ‘मेरो छोरालाई मात्र होइन, सबैलाई पिट्छन्,’ उनले भनिन्।
छोरालाई उपचार गरेर ल्याएको र दुखाई कम गर्ने औषधी खुवाएको आमा कल्पनाको भनाइ छ।
‘सुरूमा छोराले जिउको नीलडाम लुकाएको थियो, पछि जिउ दुख्यो भनेपछि हेर्दा नीलडामै नीलडाम रहेछ,’ शिक्षकले पाइपले कुटेको कुरा कल्पनाले रुँदै भनिन्, ‘आफूले रातदिन दुःख-कष्ट गरेर गरेर पढ्न पठाएको छोरा विद्यालयबाट नै असुरक्षित हुन्छ भने कसको मन रुँदैन र?’
‘नीलडाम हेरेपछि झस्किएँ, मन धेरै रोयो,’ कल्पनाले भनिन्, ‘त्यसरी त पशुलाई पनि चुटिँदैन।’
शिक्षकको कुटाइबाट छोरालाई दुई-तीन दिन हनहनी ज्वरो आएको उनले सुनाइन्। छोरालाई समस्या भएपछि मल्हम् किनेर मालिस गरिदिएको उनले बताइन्।
कुटाई खाएका अनुकूलले आफूलाई जस्तै अरूलाई पनि होमवर्क गर्न नजान्दा नगर्दा पाइपै पाइपले कुट्ने गरेको बताए। ‘मैले जानेजति होमवर्क गरेको थिएँ,’ उनले भने, ‘नजानेको स्कुलमा सरले सिकाइदिनुहुन्छ भनेको त पिट्नुभयो।‘
अनुकूलका बुवा अर्जुनकुमार श्रेष्ठले आफूले छोरालाई विद्यालय ज्ञानगुनका कुरा सिक्न पठाएको तर त्यसरी पिटाई खानका लागि होइन भन्दै ती शिक्षकलाई कारबाहीको माग गरे।
अभिभावकले यसरी मरणासन्न हुने गरी विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई तुरुन्त कारबाही गर्न माग गरेका छन्।
शिक्षा नियमावली अनुसार कक्षामा शिक्षक उपस्थित हुँदा विद्यार्थी कुट्न त के छडी लिएर जान पनि पाइँदैन।
विद्यालय हाताभित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमा बालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरीवानाको व्यवस्था कानुनमा रहेको छ।
सम्झाई-बुझाई गर्नुपर्ने ठाउँमा उल्टै मरणासन्न हुने गरी कुटपिट गरिएको घटनाप्रति स्थानीय अभिभावकले आपत्ति जनाएका छन्।
निजी विद्यालयमा गुणस्तरीय शिक्षा दिने नाममा जबरजस्ती कुटपिट गर्ने तथा धम्क्याएर पढाउने प्रवृत्ति अन्त्य गर्न अभिभावकले माग गरेका छन्।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login