सूचना / प्रविधि
रगतमा चिनीको मात्रा नाप्ने दाबी गर्ने स्मार्ट घडी र रिङ्ग प्रयोग नगर्न एफडीएकाे चेतावनी
छाला नछेडिकन चिकित्सा उद्देश्यका लागि रगतमा चिनीको मात्रा नाप्ने दाबी गर्ने स्मार्ट घडी र हातमा लगाउने रिङ्गहरू खतरनाक हुनसक्ने अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बताएको छ । यी उपकरणहरूबाट टाढै रहन एफडीएले सुझाव दिएको न्युयोर्क टाइम्सले लेखेको छ ।
छाला नछेडिकन रगतमा ग्लुकोजको मात्रा नाप्ने कुनै पनि उपकरणलाई आधिकारिकता नदिएको एफडीएले बताएको न्युयोर्क टाइम्सले जनाएको छ । ग्लुकोज निगरानी प्रणालीले जसरी यी उपकरणले रगतमा चिनीको मात्रा सिधै नाप्न नसक्ने खबरमा उल्लेख छ ।
मधुमेह रोग भएका व्यक्तिहरूको शरीरले पर्याप्त हर्माेन इन्सुलिन नबनाउँदा वा शरीर इन्सुलिन प्रतिरोधी नहुँदा उनीहरूले रगतमा चिनीको मात्रालाई प्रभावकारी रूपमा नियमन गर्न सक्दैनन् । यस्तो अवस्थामा उनीहरूले छाडा छेडेरै रगतमा चिनीको मात्रा हेर्नुपर्ने हुन्छ ।
अस्वीकृत स्मार्ट घडी र रिङ्गको प्रयोग गर्दा गलत परिणाम दिने र गम्भीर अवस्था निम्त्याउन सक्ने अमेरिकी मधुमेह सङ्घका डाक्टर रोबर्ट गाब्बेले बताउनुभएको छ । यसले गर्दा बिरामीले औषधिको गलत मात्र प्रयोग गरेर रगतमा चिनीको स्तर खतरनाक हुन सक्ने र बिरामी कोमामा जान सक्ने वा ज्यान पनि जान सक्ने खबरमा उल्लेख छ ।
Facebook Comment
Banner
मोबाइलका लागि २० हजार एमएएच क्षमताको ब्याट्री ल्याउँदै सामसङ
सामसङले स्मार्टफोनका लागि अहिलेसम्मकै शक्तिशाली २०,००० एमएएच क्षमताको ब्याट्री परीक्षण गरिरहेको खबर बाहिरिएको छ । चिनियाँ स्मार्टफोन ब्रान्डहरूले ८००० एमएएचभन्दा ठुला ब्याट्री भएका फोन बजारमा ल्याएका बेला सामसङको ब्याट्री निर्माण गर्ने सहायक कम्पनी सामसङ एसडीआईले यो नयाँ प्रयोग सुरु गरेको हो । हालै सार्वजनिक भएको सामसङको फ्ल्यागशिप फोन ग्यालेक्सी एस २५ अल्ट्रामा ५,००० एमएएचको मात्र ब्याट्री प्रयोग गरिएको छ । यस्तो अवस्थामा सामसङले विकास गरिरहेको यो विशाल ब्याट्रीले स्मार्टफोनको ब्याट्री ब्याकअपको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्लेषण गरिएको छ ।
Banner
९,००० एमएएच क्षमताको विशाल ब्याट्रीसहित नयाँ स्मार्टफोन ल्याउँदै साओमी
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले ब्याट्री प्रविधिमा ठूलो फड्को मार्ने तयारी गरेको छ। कम्पनीले आफ्नो आगामी एक स्मार्टफोनमा ९,००० एमएएच क्षमताको विशाल ब्याट्री समावेश गर्ने योजना बनाइरहेको छ।
चर्चित वेइबो टिपस्टर डिजिटल च्याट स्टेसनका अनुसार, उक्त फोनमा १०० वाट क्षमताको फास्ट चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ। यसले बजारमा स्मार्टफोन ब्याट्री क्षमताको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
ठुलो ब्याट्री, तीव्र चार्जिङ
यो ठूलो ब्याट्री र शक्तिशाली फास्ट चार्जिङको संयोजनले साओमीको नयाँ डिभाइसलाई अन्य प्रतिस्पर्धी कम्पनीहरूका मोडलभन्दा धेरै अगाडि पुर्याउने अनुमान गरिएको छ।
यस्तै, साओमीले हाल १०,००० एमएएच ब्याट्री भएको प्रोटोटाइप फोनमा पनि काम गरिरहेको चर्चा छ। यदि यो दाबी सत्य सावित भयो भने, यो अहिले सम्मकै सबैभन्दा ठूलो ब्याट्री भएका स्मार्टफोनमध्ये एक हुनेछ।
रेड्मी टर्बो ५ हुन सक्ने अनुमान
कुन मोडलमा यस्तो ब्याट्री आउने भन्नेबारे यकिन जानकारी नआए पनि, केही स्रोतहरूले यसलाई रेड्मी टर्बो ५ मोडलसँग जोडेर हेरेका छन्।
तर पछिल्ला रिपोर्टहरूले उक्त मोडलमा ७,५०० एमएएच ब्याट्री मात्र हुने उल्लेख गरेका छन्, जसले यस दाबीमा केही विरोधाभास देखाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सानो ब्याट्री हुने सम्भावना
विशेषज्ञहरूका अनुसार, चीनमा प्रयोग हुने ठूला ब्याट्री भएका मोडलहरू युरोप र अन्य अन्तर्राष्ट्रिय बजारका लागि ब्याट्री क्षमता घटाएर पठाइने चलन छ।
त्यसैले, साओमीका विश्वव्यापी प्रयोगकर्ताहरूले तत्काल ९,००० एमएएच क्षमताको ब्याट्री भएको फोनको अपेक्षा नगर्न सुझाव दिइएको छ।
साओमीले ९,००० एमएएच क्षमताको ब्याट्री र १०० वाट चार्जिङसहितको स्मार्टफोनमार्फत ब्याट्री प्रविधिमा नयाँ इतिहास रच्ने तयारी गरेको छ। अब कम्पनीले यो प्रविधि कहिले सार्वजनिक गर्छ — त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ।
Banner
फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने वा नगर्नेबारे निर्णय लिन बैठक बस्दै
तोकिएको समयमा पनि सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लाटफर्मबारे आज निर्णय हुने भएको छ ।
सरकारले तोकेको समयभित्र सूचीकरण हुन नआएका फेसबुक, एक्स, अल्फबेट (गुगल), इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने / नगर्नेबारे निर्णय लिन आज बिहान १० बजे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक बस्दै छ । सो बैठकले लिने निर्णयका आधारमा कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ ।
यही ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक कम्पनीहरूलाई एक साताभित्र सूचीकरण अनुरोध गर्ने र उक्त समयभित्र सूचीकरण नहुने प्लाटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले सूचीकरणका लागि दिएको सयम बुधबार राति सकिएको छ । तर, उक्त अवधिमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सूचीकरणका लागि आएका छैनन् । सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login