मनोरन्जन
विराज भट्टको ‘१२ गाउँ’मा जोडिए ‘साहो’ भिलेन कनिज

विराज भट्टको आगामी फिल्म ‘१२ गाउँ’मा कलाकारको लाइनअप थपिने क्रम जारी छ । भट्टका छोरा समीरले फिल्मबाट डेब्यु गर्दैछन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यो प्रोजेक्टबाट अभिनय करिअर थाल्दैछिन् ।
फिल्मको लाइनअपलाई लिएर रोचक खबर छ । यो फिल्मको खलपात्रमा दक्षिण भारतीय फिल्म ‘साहो’ फेम्ड अभिनेता कनिज कोइराला अनुबन्धित भएका छन् । निर्माताले यी एक्सन अभिनेता फिल्मसँग जोडिएको जनाएको छ ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा भोलिदेखि गोदावरी रिसोर्ट सञ्चालनमा आउने

नयाँ वर्षको अवसर पारेर भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालित त्रिवेणी रिसोर्टमा सञ्चालकहरू परिवर्तन भएसँगै नाम परिवर्तन गरेर रिसोर्ट सञ्चालन हुने भएको हो ।
रिसोर्ट सञ्चालनको पूर्व सन्ध्यामा आज रिसोर्ट परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आउने भएको हो । १० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रकृति र मनोरञ्जनको उत्कृष्ट संयोजन रहेको हुनाले अतिथिलाई आरामदायी वातावरणमा अद्वितीय अनुभव दिने लक्ष्य राखेको रिसोर्ट सञ्चालक रमेश खड्काले जानकारी दिनुभयो ।
रिसोर्ट परिसरको रेष्टुरेन्टमा नेपाली तथा विदेशी परिकारको स्वाद लिन सकिने तथा लजमा आरामदायी कोठाहरु रहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा बाल उद्यान, बोटिङ तथा सेमिनार हल पनि उपलब्ध रहेका छन् ।
कोशी प्रदेश सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८२ लाई प्रवर्द्धन गर्न रिसोर्टले भूमिका खेल्ने सञ्चालकको भनाइ छ ।
Banner
नेपाल आइडलका किरण भुजेलको ‘तिमी सुस्तरी छेउ आइदेउन’को चर्चा

‘तिमी सुस्तरी छेउ आइदेउन’ भन्दै आए किरण र ममता
नागेन्द्र श्रेष्ठको अर्को शसक्त प्रस्तुती ‘तिमी सुस्तरी छेउ आइदेउन’
नागेन्द्रको तिमी सुस्तरी छेउ आइदेउनमा किरण, ललना, सम्राट र प्रिन्सिखा
नेपाल आइडलका किरण भुजेलको ‘तिमी सुस्तरी छेउ आइदेउन’को चर्चा
काठमाडौं : नेपाल आइडलबाट उदायका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन’ बजारमा ल्याएका छन्। नवीन श्रेष्ठको लेखेका शब्दमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज राहुल प्रधानले गरेका छन्। गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन्।
दुई जोडीको रमाइलो प्रेम कथालाई कलात्मक तरिकाले वर्णन गीतको भिडियो नागेन्द्र श्रेष्ठको अफिसियल युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो। केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठ फिचर्ड छन्। विशाल थापाले खिचेको भिडियोलाई कलर र सम्पादन दिनसन शाहले गरेका छन्।
मनोरन्जन
गायिका एलिना चौहानले साउण्ड टेक्निसियनसँग भनाभन भएको घटनामा आत्मालोचना गरेकी छन् ।

-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login