Banner
जेसिज सचिबालय गछियामा बन्ने
सुन्दहरैंचा नगरपालिकामा युबाहरुको अन्तरनिहित प्रतिभालाइ तालिमका माध्यमद्धारा प्रस्फुटन गराइ ब्यक्तित्ब बिकासमा काम गर्दै आइरहेको गछीया जेसिजको सचिबालय तथा बहुआयामीक तालिम हल गछिया स्थित आइतबारेमा बन्ने भएको छ।
बि.स. २०७२ सालमा साबिक कोशीहरैचा र सुन्दरदुलारी मिलेर बनेको सुन्दरहरैचा नगरपालिकामा हाल दुइ बटा जेसिज सक्रीय छन।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालले बजेट निकासा गरि पठाइ सगै नगरपालिकाको समेत थप सहयोगमा मिति २०८१/०९/१० गते उक्त भवन निर्माणका लागी टेण्डर आह्बान भएको हो।
संस्थाका अध्यक्ष ध्रुव निरौलाका अनुसार नगरपालिकाको स्वामीत्वमा रहेको जग्गा संस्था संग भएको दुइ पक्षीय सम्झौता अनुसार पालिकाले जग्गा उपलब्ध गराएपछी भवन निर्माणको प्रकृया शुरु भएको हो। सचिबालय सहितको उक्त भवन बहुआयामिक रहको उनले बताए।
केहि दिन अघी इटहरीमा सम्पन्न नेपाल जेसिजको केन्द्रीय महाधिबेशनमा आएका र गछिया जेसिजको भवन निर्माण स्थल अवलोकन गरेका नेपाल जेसिज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष उत्तर चापागाइले यस्ता प्रकृतिका भवन यस क्षेत्रका लागी गहनाको रुपमा रहेको साथै सबैले यसमा हातेमालो गरि निर्माण गर्नु पर्ने बताउछन् भने केन्द्रिय कार्यालयबाट समेत सहयोग हुने बताए।
यस क्षेत्रमा भवन निर्माण भए संगै यस आसपासका जनता समेत हर्षित भएका छन् स्थानिय समाजसेबी राजेन्द्र कार्कीको भनाइ छ।
सन् २०१४मा स्थापना भएको गछीया जेसिजले लामो समयको प्रतिक्षा र यस क्षेत्रका ब्यक्तिहरुको सकारात्मक सहयोगका कारण जेसिज सचिबालय बनाउन सक्ने अबस्था निर्माण भएको र भवनको डिजाइन,डि.पी.आर. लगायतका काम सम्पन्न भएर ठेक्का आह्वान भए सगै एक बर्ष भित्र भवन निर्माण गरिसक्ने लक्ष्य रहेको निर्माण समितिका सदस्य नबिल बरालको भनाइ रहेको छ।
Facebook Comment
Banner
निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नराख्न कांग्रेस-एमाले सहमत
निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियन नराख्न सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । संघीय निजामती सेवा विधेयकमाथिको छलफल प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा चलिरहेको छ ।
बिहीबारको दफावार छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले दलगत ट्रेड युनियन राख्न नहुने बताएका छन् । ‘अब ट्रेड युनियन पार्टीगत हुन हुँदैन,’ प्रमुख सचेतक घिमिरेले भने ।
समिति सभापति रामहरि खतिवडाले निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नरहने भनाइ व्यक्तिगत कि पार्टीगत भनेर प्रश्न गरेका थिए। जवाफमा प्रमुख सचेतक घिमिरेले भनेका छन्, ‘यो पार्टीकै धारणा हो । चिफ ह्वीपले भनेपछि पार्टीगत नै हो ।’
एमाले मुख्य सचेतक बर्तौलाले पनि एउटा मात्रै आधिकारिक ट्रेड युनियन रहन सक्ने प्रावधान राख्ने प्रस्ताव गरे । यसमा पनि नीतिगत तहमा संलग्न हुने कर्मचारी ट्रेड युनियनमा रहन नसक्ने व्यवस्था हुनुपर्ने बताए । एउटा ट्रेड युनियन रहने कुरा कसरी सम्बोधन गर्ने गरौं,’ बर्तौलाले अघि भने, ‘तर धेरै वटा ट्रेड युनियन रहने कुरा नगरौं ।’
मुख्य सचेतक बर्तौलाले राखेको उक्त धारणा पार्टीको आधिकारिक भएको एमाले सचेतक सुनिता बरालले जानकारी गराइन् ।
‘ट्रेड युनियनमा आवद्ध भएकाको जवाफदेहीताको कुरा छ । नागरिकको सेवामा परेको असरको कुरा छ । यसबारे अनेक कोणबाट प्रश्न आएका हुन र यसबारे बहस भएका हुन्,’ बरालले भनिन् ।
प्रस्तावित संघीय निजामती सेवामा ट्रेड युनियन रहने सम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १३१ मा छ । जसले हाल अभ्यासमा भएजस्तै राष्ट्रियस्तरका ट्रेड युनियन रहने व्यवस्थालाई निरन्तरता दिएको छ ।
विसं २०६४ सालमा निजामती एनेको दोस्रो संधोधनपछि ट्रेड युनियनले निजामती ऐनमै स्थान पाएको थियो । ऐनको दोस्रो संशोधनलगत्तै विभिन्न आठ वटा राष्ट्रियस्तरका ट्रेड युनियन श्रम विभागमा दर्ता भएका थिए ।
त्यतिबेलादेखि नै राजनीतिक दलसँग आवद्ध रहने गरी ट्रेड युनियन रहने वा नरहनेबारे बहस छ । निजामती सेवा ऐन संशोधन हुने बेलामा यो विषय बढी उठ्ने गरेको छ ।
२०७५ सालमा प्रतिनिधिसभामा आएको निजामती सेवा विधेयकमाथिको छलफलमा पनि यो विषय पेचिलो बनेको थियो । तर उक्त विधेयक २०७८ साल फागुनमा फिर्ता भयो । प्रतिनिधिसभाको चालु अधिवेशनमा ९ महिना अगाडि (२१ फागुन २०८० मा) आएको विधेयकप्रतिको छलफलमा पनि ट्रेड युनियनबारेको प्रावधानलाई चासोका साथ हेरिएको छ ।
तर सत्तारूढ दुई दल कांग्रेस–एमालेका प्रमुख सचेतक र मुख्य सचेतकले नै निजामती कर्मचारीमा अब एउटा मात्रै ट्रेड युनियन रहन सक्नेगरी ऐन निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
Banner
बैंकिङले बढायो सेयर बजार, अधिकांश कम्पनीको मूल्य घट्यो
साता कारोबारको अन्तिम दिन अधिंकाश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको छ ।कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो ।अधिकांश कम्पनी १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रह्यो । मुख्यतः यस दिन ‘हाइक्याप सेक्टर’ बैंकिङ बढ्दा समग्र बजार बढेको छ । सो समूह १.८१ प्रतिशत बढ्यो । हाइक्याप सेक्टर बढेकै कारण अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजार बढेको हो ।
बैंकिङबाहेक व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढे । विकास बैंक २.४८, फाइनान्स २.७०, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०.३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटे ।
आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७.३२, प्रभु बैंकको ५.८ तथा कुथेली बुखरी स्मल हाइड्रोको ५.०५ प्रतिशत मूल्य बढ्यो ।
प्रभुका अलवा मूल्य धेरै बढेका वाणिज्य बैंकहरुमा एनआईएमबी, ग्लोबल आईएमई, कुमारी, नेपाल एसबीआई, कृषि विकास, हिमालयन तथा नेपाल बैंक क्रमशः रहे ।
कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ९.९ तथा सप्तकोशी विकास बैंकको मूल्य ९.४ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
Banner
भोजपुर दुर्घटना अपडेट : १ को मृत्यु, गम्भीर तीन जनालाई काठमाडौं ल्याइयो
भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर रहेको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो। गम्भीर तीन जनालाई हेलिकोप्टरमार्फत् काठमाडौंका लागि पठाइएको छ। भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। अन्यको भोजपुर अस्पतालमा उपचार भइरहेको छ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login