Banner
रोनाल्डोको इच्छा आफ्नै क्लबको मालिक बन्ने
क्रिस्टियानो रोनाल्डोले भविष्यमा क्लबको मालिक बन्ने इच्छा व्यक्त गरेका छन् । सक्रिय खेल जीवनबाट सन्यास लिएपछि रोनाल्डोले फुटबल क्लब खरिद गर्ने बताएका हुन् ।
दुबईमा गएराति भएको ग्लोबल सकर अवार्डमा बोल्दै रोनाल्डोले भने, ‘मेरो भनाइ याद राख्नुस, भविष्यमा म कुनै ठूलो क्लबको मालिक बन्नेछु ।’ उनको यो भनाइपछि रोनाल्डोलाई प्रशिक्षक अथवा व्यवस्थापनमा देख्ने समर्थकको सपना भने पूरा हुने छैन ।
कार्यक्रममा रोनाल्डोले, प्रिमियर लिग क्लब म्याचेस्टर सिटीको पछिल्लो फर्मका विषयमा पनि चर्चा गरे । खराब फर्मबाट बाहिर आउने प्रयास गरिरहेको सिटीलाई रोनाल्डोले साथ दिएका छन् । साथै उनले साउदी प्रो लिग, फ्रेन्च लिग वानभन्दा गुणस्तरीय रहेको पनि उल्लेख गरे ।
अवार्ड कार्यक्रममा युवा स्टार लमिन यामल, जुड बेलिङगम, जेरार्ड पिके लगायत उपस्थित थिए ।
Facebook Comment
Banner
दक्षिण कोरियामा विमानस्थलभित्रै विमान दुर्घटना
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ ।
ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।
समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
जेजु विमान दुर्घटनामा परेको हो । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । सो विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो ।
Banner
गछिया जेसीजको अध्यक्षमा नवीन बराल
गछिया जेसीसको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन । सनिवार भएको निर्वाचनमा १०० मतका साथ उनी निर्वाचित भएका हुन । उनका प्रतिसपर्धी पुस्पा ढुङेल सिग्देलले ४१ ले मत प्राप्त गरेको निर्वाचन आयुक्त रबिन सिटौलाले जानकारी दिए । यस्तै कार्यकारीणी उपाध्यक्षमा निस्चल घिमिरे र रोहित लिम्बु निर्वाचित भएका छन । निर्वाचनमा घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भए । ५३ मत प्राप्त गरेका सुधन भट्टराई भने उपबिजेता बनेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षहरुमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल, बिजय ओझा निर्विरोध निर्वाचित हुदा सचिबमा रिजन पोखरेल र जनसम्पर्क अधिकारिका रुपमा देबराज पोखरेल निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त सिटौलाले जानकारी दिए ।
अध्यक्ष पदमा निर्वाचित भएका बरालले गछिया जेसीसका सम्पूर्ण सदस्यको मनोभावना अनुसारको काम गर्ने बताएका छन । निर्वाचनमा हारजीत स्वभाविक रहेको बताएका उनले आफ्नो कार्यकालमा गछिया जेसीसको भवन निर्माण हुने उल्लेख गरे । बरालले नवराज पोखरेललाइ महासचिव, कमल दाहाल कोषाध्यक्ष र कमल ढुंगाना कानूनी सल्लाहकार, सुजन बाह्रकोटी सह सचिब, ज्ञाननाथ ढकाल तालिम आयुक्त र रमा फूयललाई महिला संयोजकका रुपमा मनिनित समेत गरेर आफ्नो बोर्डलाई पूर्णता दिएका छन ।
Banner
जेसिज सचिबालय गछियामा बन्ने
सुन्दहरैंचा नगरपालिकामा युबाहरुको अन्तरनिहित प्रतिभालाइ तालिमका माध्यमद्धारा प्रस्फुटन गराइ ब्यक्तित्ब बिकासमा काम गर्दै आइरहेको गछीया जेसिजको सचिबालय तथा बहुआयामीक तालिम हल गछिया स्थित आइतबारेमा बन्ने भएको छ।
बि.स. २०७२ सालमा साबिक कोशीहरैचा र सुन्दरदुलारी मिलेर बनेको सुन्दरहरैचा नगरपालिकामा हाल दुइ बटा जेसिज सक्रीय छन।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालले बजेट निकासा गरि पठाइ सगै नगरपालिकाको समेत थप सहयोगमा मिति २०८१/०९/१० गते उक्त भवन निर्माणका लागी टेण्डर आह्बान भएको हो।
संस्थाका अध्यक्ष ध्रुव निरौलाका अनुसार नगरपालिकाको स्वामीत्वमा रहेको जग्गा संस्था संग भएको दुइ पक्षीय सम्झौता अनुसार पालिकाले जग्गा उपलब्ध गराएपछी भवन निर्माणको प्रकृया शुरु भएको हो। सचिबालय सहितको उक्त भवन बहुआयामिक रहको उनले बताए।
केहि दिन अघी इटहरीमा सम्पन्न नेपाल जेसिजको केन्द्रीय महाधिबेशनमा आएका र गछिया जेसिजको भवन निर्माण स्थल अवलोकन गरेका नेपाल जेसिज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष उत्तर चापागाइले यस्ता प्रकृतिका भवन यस क्षेत्रका लागी गहनाको रुपमा रहेको साथै सबैले यसमा हातेमालो गरि निर्माण गर्नु पर्ने बताउछन् भने केन्द्रिय कार्यालयबाट समेत सहयोग हुने बताए।
यस क्षेत्रमा भवन निर्माण भए संगै यस आसपासका जनता समेत हर्षित भएका छन् स्थानिय समाजसेबी राजेन्द्र कार्कीको भनाइ छ।
सन् २०१४मा स्थापना भएको गछीया जेसिजले लामो समयको प्रतिक्षा र यस क्षेत्रका ब्यक्तिहरुको सकारात्मक सहयोगका कारण जेसिज सचिबालय बनाउन सक्ने अबस्था निर्माण भएको र भवनको डिजाइन,डि.पी.आर. लगायतका काम सम्पन्न भएर ठेक्का आह्वान भए सगै एक बर्ष भित्र भवन निर्माण गरिसक्ने लक्ष्य रहेको निर्माण समितिका सदस्य नबिल बरालको भनाइ रहेको छ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login