Banner
सेयर बजारमा ३ हजार अंकको पर्खाइ, किन देखिएन करेक्सन ?

फागुन १ पछि कारोबार भएका हरेक दिन सेयर बजार बढिरहेको छ । कुनै ‘करेक्सन’विना दुई साता लगातार बजार बढ्दा लगानीकर्तामा उत्साह बढेको छ ।
फागुन १ गते २६७८ अंकमा बन्द भएको बजार लगातार बढ्दै अहिले २८९० अंकमा पुगेको छ । दुई साताकै बीचमा बजार करिब ८ प्रतिशत बढेको छ । बजार लगातार बढ्दै जाँदा जोखिम पनि थपिएको छ । यतिबेला ठूला र संस्थागत लगानीकर्ता ‘करेक्सन’ पर्खिए पनि बजारले भने संकेत समेत देखाएको छैन । कारोबार रकमले समेत साथ दिँदै ६ महिनाकै उच्च विन्दुमा पुगेको बजारमा यतिबेला ३ हजार अंकको रेकर्ड तोडिने चर्चा चलिरहेको छ । यसअघि साउन ३१ गते बजार ३ हजार अंकमा पुगेको थियो । त्यतिबेला बजारमा अघिल्लो बुलको उच्चतम रेकर्ड ३१९८ अंक तोड्ने चर्चा चले पनि ३ हजारबाट ओर्लिन थालेको बजार १३ असोजमा २४६४ अंकसम्म झर्यो ।
त्यसपछि बढ्दो गतिमा रहेको बजारमा २ सातादेखि ‘करेक्सन’ नै आएको छैन । त्यस्तै बजारको पूँजीकरण (कुल सेयरको मूल्य) पनि हालसम्मकै उच्च भएको छ । बजारको पूँजीकरण आइतबार ४७ खर्ब ९९ अर्ब पुगेको छ । यसअघि साउन ३१ गते बजारको पूँजीकरण ४७ खर्ब ६५ अर्ब पुगेको थियो ।
यहीं कारण पनि अहिले बजार नेप्से ३ हजार अंक पुग्ने चर्चा चुलिएको छ । बजारमा यस्तो चर्चा चुलिएका बेला भने लगानीकर्ता सचेत हुनुपर्ने आवश्यकता रहेको छ । यसअघि पनि साउन ३१ गते ३ हजार अंक नजिक पुग्दै गर्दा ३ वर्षअघिको ३२०० रेकर्ड तोडिने चर्चा चुलियो ।
यहीं चर्चा चुलिँदै गर्दा धेरै लगानीकर्ता बजार प्रवेश गरे । तर ठूला तथा संस्थागत लगानीकर्ताले बेच्ने मौकाका रुपमा सदुपयोग गरे । जसले गर्दा बजार ओर्लिन थाल्यो । फेरि पनि ३ हजार अंकलाई प्राविधिक विश्लेषण गर्दै आएकाले ठूलो प्रतिरोधक बुझ्ने गरेका छन् । यहीं कारण ३ हजार अंकनजिक पुग्दा बिक्री चाप बढ्न सक्नेछ ।
Facebook Comment
Banner
सरकारका नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय

११ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
साथै शिक्षकका माग सम्बोधनका लागि पहल गर्न प्रतिपक्षी दलहरुसँग सहकार्य गर्ने, शिक्षा ऐन र संघीय निजामती सेवा ऐन जारी गरी संघीयता कार्यान्वयनमा पहलकदमी लिने लगायतका निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।
साथै जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको घटनाको भर्त्सना गर्ने, वैशाख १२ को भूकम्पको स्मरणमा गोरखाको बारपाकमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने र तराई मधेश जागर अभियान वैशाख १७ गते समापनन गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।
यी निर्णयको जानकारी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।
पाण्डेका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक अवस्थाबारे सांसदहरुलाई जानकारी दिँदै माओवादी केन्द्रले खेल्नुपर्ने भूमिकाबारे निर्देशनात्मक मन्तव्य राखेका थिए ।
त्यसक्रममा प्रचण्डले सरकार शिक्षकका मागप्रति संवेदनशील नभएको र गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष सुनाएका थिए । शिक्षामन्त्री फेरबदलले पनि त्यसलाई पुष्टि गरेको भन्दै प्रचण्डले शिक्षकका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन सडक र सदनबाट भूमिका खेल्नुपर्ने बताएका थिए ।
‘शिक्षकका समस्या हल गर्नका लागि अरु प्रतिपक्ष दलहरुसँग पनि सहकार्य, छलफल र सम्वाद गरेर एउटा निचोडमा लैजाने भन्ने भएको छ,’ प्रमुख सचेतक पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘सदन, सरकार र सडकबाट जनताका माग सम्बोधनका लागि पहल गर्ने भन्ने भएको छ ।’
बैठकको सुरुमा गोपीबहादुर अछामीले राष्ट्रिय सभाका र हितराज पाण्डेले प्रतिनिधि सभामा भएका काम र गर्न बाँकी कामबारे जानकारी गराएका थिए ।
Banner
बेपत्ताको युवकको खोजीमा गोताखोर परिचालन

बर्दिया — बुधबार बेलुकी गुलरिया नगरपालिका–५ बबई (भादा) नदी रामबागमा नुहाउन गएका एक युवक बेपत्ता भएपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरेको छ ।
बिहान ५ बजे घटनास्थलमा ४ जना गोताखोरसहित नौ जना बेपत्ता युवाको खोजीमा परिचालित भएका छन् ।
बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग भादा नुहाउन जाँदा बेपत्ता भएको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए ।
अन्यको शकुशल उद्धार गरिएको थियो । बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँकेको शम्सेरगन्जबाट आएका सशस्त्र प्रहरीका गोताखोरले खोजी जारी राखेको उनले बताए ।
Banner
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ ।
विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको हो ।
एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । तर ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छ ।
अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख रहेको सीएनएनले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login